गण्डक न्यूजमा यहाँलाई हार्दिक स्वागत छ ।
गण्डक न्यूज डटकम सन् २०१७ देखि सञ्चालित प्रेस काउन्सिलमा सूचीकृत र सूचना विभागमा दर्ता गरिएको गण्डक नेपाल मिडिया (प्रा.) लि. को अनलाइन न्यूज पोर्टल हो । मूख्यतः यस प्रदेशको गतिविधिमा केन्द्रित रही पोखराबाट सञ्चालनमा रहेको छ ।
गण्डक न्यूज ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण र अन्तर्वार्ता निरन्तर सम्प्रेषण गरिरहेको छ । यो निरपेक्ष रुपमा निष्पक्षताको नारा दिएर अघि बढेको छ । ‘हामी कोहि एक्लैको होइनौं, हाम्रो कोहि एक मात्र छैन’ भन्ने मूलमन्त्र आत्मसात् गरी समाचार सम्प्रेषण गरिरहेको छ ।
पोखरा । भारतको उत्तरपूर्वी राज्य मणिपुरमा भड्किएको जातीय दंगा नियन्त्रण गर्न भारत सरकारले अर्धसैनिक बल परिचालन गरेको छ ।
गत बुधबारदेखि सुरु भएको दंगा नियन्त्रण गर्न राज्य सरकार असफल भएपछि केन्द्र सरकारले अर्धसैनिक बलका थुप्रै टुकडी त्यहाँ तैनाथ गरेको हो । हिंसामा परी मृत्यु हुनेको संख्या ५४ पुगेको छ । राजधानी इम्फालमा मात्रै करिब २० जनाको मृत्यु भएको छ ।
दंगामा १ सय भन्दा बढी घाइते भएका छन् । दुई समुदायबीच भड्किएको दंगाले भौतिक सम्पतिमा पनि ब्यापक रूपमा क्षति पुर्याइएको छ । ५ सय घर तथा चर्चहरुमा आगो लगाइएको छ । कतिपय भागेर छिमेकी राज्य नागाल्याण्ड पुगेका छन् ।
मणिपुरको बहुसंख्यक समुदायले राजधानी इम्फाल भन्दा बाहिर जग्गा जमिन तथा घर किन्न पाउने गरी विधान सभाले कानून बनाएको थियो । त्यस पश्चात अल्पमतमा रहेको जनजाति समुदाय विरोधमा उत्रिएपछि हिंसा भड्किएको थियो ।
सम्बन्धित खबर
क्यानडा पढ्न जानेलाई दूतावासको सुझाव : विद्यार्थीले सोचेजस्तो छैन, विचार गरेर आउनुस्
पोखराका राजु आचार्यलाई ५० हजार पाउन्डको ह्विट्ली पुरस्कार
रुसी सेनामा भर्ती भएका तनहुँका नौ युवा सम्पर्कविहीन
अमेरिकामा टिकटकमाथि प्रतिबन्ध लगाउने विधेयक कांग्रेसद्वारा पारित
दूधमा पनि बर्ड फ्लूको भाइरस फेला
भारतमा सवारी दुर्घटना हुँदा ७ नेपालीको मृत्यु
यो पनि पढौँ
स्याङ्जामा विवाहकै दिन बेहुलाबेहुली पक्राउ
आँखामा राख्दा पनि नबिझाउने ‘बिनोद सर’ अब सम्झनामा
जनकपुरको होटलमा बेहोस भेटिएकी पोखराकी युवतीको मृत्यु, सँगै बसेका २ युवक फरार
बालकुमारीमा मारिएकाका परिवारलाई कोरियाबाट आर्थिक सहयोग