पोखरा । सञ्चारकर्मी गोविन्द थापा सिञ्जालीद्धारा निर्देशित संस्कृति संरक्षणमा जोड दिएको डकुमेन्ट्री पोखरामा एक कार्यक्रमकाबीच प्रदर्शन गरिएको छ ।
सञ्चारकर्मी सिञ्जालीद्धारा निर्देशित कृष्णचरीत्र, ठाडोभाका, भैरवथानको यात्रा, बाजेबज्यैको पूजा, तलु र रेडियो नेपालको एक परिचय डकुमेन्ट्री चित्रेभञ्ज्याङ पोखरा सम्पर्क मञ्च कास्कीको आयोजनामा प्रदर्शन गरिएको हो ।
डकुमेन्ट्री प्रदर्शन कार्यक्रममा बोल्दै स्याङ्जाको हरिनास गाउँपालिकाका अध्यक्ष खीमनारायण मानन्धरले गाउँपालिका भित्र रहेको कला संस्कृतिलाई संरक्षणमा जोड दिने बताए ।
‘कला संस्कृति हाम्रो सम्पत्ति हो, सम्पत्तिको संरक्षण गर्ने सबैको दायित्व हो, गाउँपालिकाको विकासमा संस्कृतिमा पनि महत्वपूर्ण पक्ष हो, अध्यक्ष मानन्धरले भने, ‘भाषा, कला, संस्कृतिको संरक्षणकोसँगै गाउँपालिकाको विकासमा लागि परेका छौं, अबको युवा पुस्ताले कला संस्कृतिसँगै भाषाको संरक्षणमा विशेष ध्यान पु¥याउनु आवश्यक छ ।’
उनले सबै ठाउँको भाषा, कला, संस्कृति डकुमेन्ट्रीमा मात्र नभएर सबैले संरक्षणमा गर्न आवश्यक रहेको बताए ।
यस्तै कार्यक्रममा पृथ्वीनारायण क्याम्पसका प्रा.डा. कुशुमाकर न्यौपानेले भाषा, कला संस्कृतिमा युवा पुस्ताले विशेष ध्यान पु¥याउन आग्रह गरे ।
‘अहिले भाषा, कला, संस्कृति लोप हुँदै जान थालेको छ, आधुनिकता मिसिदै जाँदा पुर्खाहरुले बचाएर राखेको कला संस्कति भाषा लोप हुने खतरामा छ, अबको युवापुस्ताहरुले संस्कृति संरक्षणमा विशेष ध्यान पुर्याउन आवश्यक छ ।’ उनले भने ।
साहित्यकार र कलाकार सम्मानित
चित्रेभञ्ज्याङ पोखरा सम्पर्क मञ्च कास्कीले साहित्यकार र कलाकारहरुलाई सम्मान गरेको छ ।
मञ्चले सञ्चारकर्मी सिञ्जालीद्धारा निर्देशित डकुमेन्ट्री प्रदर्शनको अवसरमा कला संस्कृतिको संरक्षणमा योगदान पु¥याउने साहित्यकार, कलाकार र समाजसेवीलाई सम्मान गरेको हो ।
नेपाल आदिवासी जनजाति महासंघ कास्कीका पूर्वअध्यक्ष कृष्णबहादुर थापामगर, लोकदोहोरी गायक पुरुषोत्तम न्यौपाने, कवि इन्द्रबहादुर राना‘प्रतिक’, रेडियो नेपाल गण्डकी प्रदेशका प्रमुख सुरेन्द्र प्रसाद यादव, समाजसेवी महेशकुमार थापा, मगर एनआरएन डङकङका सदस्य रीवीका मगर, समाजसेवी कृष्णप्रसाद शर्मा, नेत्रबहादुर थापा, हुमाकुमारी थापा र लिलम्वर थापालाई मञ्चले सम्मान गरेको हो ।
लोकदोहोरी गायक पुरुषोत्तम न्यौपाने र कवि इन्द्रबहादुर राना ‘प्रतिक’लाई १० र ५ हजारसहित सम्मान गरेको हो ।
सम्बन्धित खबर
मर्दी हिमाल पदयात्रामा गएका पोखराका तीन युवक बादलडाँडा क्षेत्रबाट सम्पर्कविहीन
बिक्रेतालाई ग्यास सञ्चित गरेर नराख्न आग्रह
पोखराको फिर्केखोला अतिक्रमण मुक्त बनाउने अभियान बीचमै रोकेपछि महानगरलाई ध्यानाकर्षण
संघीय कानुनसँग बाझिएपछि गण्डकी प्रदेश प्रमुख भट्टले प्रमाणीकरण नगरी फिर्ता गरे गाँजा विधेयक
लोकगीतमै नेपालीपन देख्ने जनकविकेशरी थापाको योगदान अविष्मरणीयः प्रदेश प्रमुख भट्ट
पोखराको पालिखेचोकमा मोटरसाइकल दुर्घटना, पर्वतका २४ वर्षीय सुनारको मृत्यु
यो पनि पढौँ
प्रतिभाका सबिन देशभरमै तेस्रो, गण्डकीमा पहिलो
मर्दी हिमाल पदयात्रामा गएका पोखराका तीन युवक बादलडाँडा क्षेत्रबाट सम्पर्कविहीन
दुई किशोरीलाई गेस्ट हाउसमा लगेर सामूहिक बलात्कार गरेको आरोपमा दुई जना पक्राउ
पाकिस्तानमा हिमपहिरोमा हराइरहेका निम्सदाइ सहित अन्य पाँच नेपाली जीवित भेटिने आशा कमजोर, युक्तको शव निकालियो