पोखरा । नेपाल प्रज्ञा प्रतिष्ठानका पूर्व उपकुलपति डा. जगमान गुरुङले दिएको अभिव्यक्ति प्रति नौंचु पैंगीलामा परिवारद्वारा आपत्ति जनाएको छ । गत बैशाख २२ गते बुद्धपुर्णिमाको दिनमा कास्कीको याङ्जाकोटमा आयोजित एक कार्यक्रममा गुरुङले नौंचु पैंगीलामा गुरुङहरुको मानमर्दनमा ठेस पुर्याउने अभिव्यक्ति दिएका थिए ।
नौंचु पैंगीलामा गुरुङ ताङतिङद्वारा सोमबार प्रेस विज्ञप्ति जारी गर्दै डा.जगमान गुरुङले माफी माग्नु पर्ने कुरा समेत जनाएको छ । ‘उहाँ जस्तो नेपाल सरकारको सार्वजनिक पद धारण गरिसकेको व्यक्तिले प्रचलित कानून र संविधान विपरित आधारहीन भ्रामक कुराहरु गरेर कुनै जातीय, समुदाय विशेष र गाउँलाई होच्याउने, मान मर्दन गर्ने कार्य, जातीय विद्वेष र सामाजिक सद्भभ बिथोल्ने खालको गैर संवैधानिक छ ।’ प्रेस विज्ञप्तिमा लेखिएको छ। उनले नौंचु पैंगीलामा गुरुङलाई ‘तोल्च्यो पैंगीलामा’ भनेर होच्याएको साथै विगतमा ताङतिङका बासिन्दाले जाल साजी गरी याङ्जाकोट गाउँका खर्क, सिमाना हडपेको भाम्रक कुरा गरेर समुदायमा विवाद सिर्जना गर्न खोजेको आरोप छ।
नौंचु पैंगीलामा गुरुङ ताङतिङका अध्यक्ष विर्जमान गुरुङले डा. जगमानले भनाई फिर्ता लिएर माफी नमागे आफ्नो समाजले जुनसुकै कदम चाल्ने चेतावानी समेत दिएका छन्। त्यस्तै गरि गण्डकीका सांसद तथा पूर्व मन्त्री वेद बहादुर गुरुङद्वारा डा. जगमानको उक्त भनाई प्रति खेद प्रकट गरेका छन् । वेद बहादुरले गत बैसाख ३० गते आफ्नो सामाजिक संजालमा यसै घटनालाई लक्षित गरि स्टाटस लेखेका छन् ।
संस्कृतिविद डा. गुरुङले नौंचु पैंगीलामा गुरुङ बारे आपत्तिजनक अभिव्यक्ति मात्र नभई मादी गाउँपालिकाको केन्द्रको विषयलाई लिएर सर्वोच्च अदालतलाई चुनौती त्यस्तै जातीय तथा क्षेत्रीय द्वन्द्व सृजना गर्ने खालको भनाई राखेका थिए । उनको भनाईको सामाजिक संजालमा चौतर्फी विरोध भएको थियो ।

सम्बन्धित खबर
सडकबाट ट्रिपर खस्दा एक जनाको मृत्यु, चालक फरार
श्याम स्मृति फुटबल प्रतियोगिता २६ वर्षपछि पुनः सञ्चालनमा
सरकारी विज्ञापन नीतिविरुद्ध स्याङ्जाका पत्रकारको दबाब, प्रधानमन्त्रीलाई हस्ताक्षरसहित मागपत्र
पूर्वविद्यार्थीको पहलमा भीरकोटका दुई विद्यालयमा कम्प्युटर सहयोग
बेगनास तालमा पौडी खेल्ने क्रममा डुबेर युवकको मृत्यु
नेपाल पत्रकार महासंघ स्याङ्जाद्वारा तीन पूर्व अध्यक्षलाई सम्मान
यो पनि पढौँ
उच्चतम् ४ जीपीए ल्याउने २८ जना विद्यार्थीले रोजे प्रतिभा मावि
शान्ति निकेतनमा कक्षा ११ का पहिलो ब्याचका विद्यार्थीलाई स्वागत र अभिमुखीकरण
प्रतिभाले नयाँ विद्यार्थीलाई सपथ खुवाउँदै गर्यो स्वागत
बेगनास तालमा पौडी खेल्ने क्रममा डुबेर युवकको मृत्यु