पोखरा । पोखराको लेकसाइडस्थित फेवा किनारमा रहेको रत्न मन्दिर खुल्ला गरिएको छ । गणतन्त्र दिवसको दिन सोमबार विशेष कार्यक्रमबीच संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री सुदन किरातीले रत्नमन्त्री खुल्ला गरेका हुन् ।
मन्दिर परिसर सर्वसाधारणका लागि खुला भए पनि मुख्य भाग भने अहिले नै खुला नहुने बताइएको छ । यसको मुख्य भवनमा ११ कोठा छन् भने नेपाल ट्रष्टको नाममा कास्कीमा १ सय ७४ रोपनी जग्गा छ ।
पूर्व राजपरिवारका सदस्य पोखरा आउँदा रत्न मन्दिरमा बस्ने गर्दथे । राजा महेन्द्रले रानी रत्नको नाममा बि.सं. २०१३ मा पोखरामा दरबार निर्माण गरेका हुन् ।
रत्नमन्दिर खुल्ला भएसँगै अब सर्वसाधरण तथा पर्यटकले प्रत्यक्ष अवलोकन गर्न पाउने भएका छन् । रत्न मन्दिर खुल्ला गर्ने अभियानमा साथ तथा सहयोग गर्ने सम्पूर्णप्रति पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्यले आभार व्यक्त गरेका छन् । ‘रत्न मन्दिर सर्वसाधरण तथा पर्यटकका लागि खुल्ला हुन महत्वपूर्ण उपलब्धि हो,’ उनले भने ।
यसको स्वामित्व नेपाल ट्रस्टमा आए पनि अहिलेसम्म यो सर्वसाधारणको लागि खुला भएको थिएन । पोखराका स्थानीय र पर्यटन व्यवसायीले रत्न मन्दिर र हिमागृह खुला गर्न बारम्बार माग गर्दै आएका थिए । राजतन्त्र हटेको डेढ दशकपछि रत्न मन्दिर खुला भएकाे हाे ।

सम्बन्धित खबर
र्याफ्टिङमा पोखराको अपर सेतीमा पर्यटकको आकर्षण
पोखरा–दुबई उडानको एक वर्षको टिकट बुकिङ खुला
पोखरा बस दुर्घटनाको छानबिन गर्न महानगरले बनायो समिति
पोखरामा स्कुल बस दुर्घटना, ४ विद्यार्थीसहित ५ जनाको मृत्यु
गण्डकी प्रदेश प्रमुख भट्ट समक्ष अख्तियारको प्रतिवेदन पेस
नवप्रवर्तन र प्रविधिमैत्री शिक्षाका लागि एसओएस गण्डकी र एआईसीएनबीच सहकार्य
यो पनि पढौँ
पोखरामा स्कुल बस दुर्घटनाः थप एक जना विद्यार्थी रहेनन्
जीबी राईको अडियो प्रायोजित हुन सक्छ : हर्क साम्पाङ
युरोपभर अस्थिरता : फ्रान्स, बेल्जियम, इटली र पोर्चुगलमा प्रदर्शन
स्याङ्जामा ४७ वर्षीय पुरुष मृत फेला