पोखरा । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) कास्कीले नागरिकता विधेयक प्रमाणीकरण र भारतको ‘अखण्ड भारत’ नक्सामा नेपालको भूमी समेटिएको विरोधमा पोखरामा प्रदर्शन गरेको छ ।
राष्ट्रिय प्रजातान्त्रिक भूपू संगठन कास्की र राष्ट्रिय प्रजातान्त्रिक युवा संगठन कास्कीको आयोजनामा बिहिवार पृथ्वीचोकमा राँको सहितको ‘राष्ट्रवादी प्रदर्शन’ गरिएको हो ।

राप्रपाले नागरिकता विधेयक प्रमाणीकरण र भारतको ‘अखण्ड भारत’ नक्सामा नेपालको लुम्बिनी, कपिलवस्तु र विराटनगर समेटिएको विरोधमा आयोजना गरिएको राँको सहितको ‘राष्ट्रवादी प्रदर्शन’ गरिएको राप्रपा कास्कीका प्रवक्ता अरुण गिरीले जानकारी गराए । गिरीले सरकार नसच्चिए आन्दोलनका कार्यक्रम थप चर्किने चेतावनी दिए ।

सरकारले एक पछि अर्को गल्ती गरिरहेको र शरणार्थी प्रकरणमा मुछिएकाहरुलाई छुटाउने खेल भइरहेको उनले बताए ।
“दलाल सरकार मुर्दावाद, भारतीय विस्तारवाद मुर्दावाद, लुम्बीनी कपिलवस्तु हाम्रो हो, गणतन्त्रका दलाल होशियार, हाम्रो राजा हाम्रो देश प्राण भन्दा प्यारो छ, हिन्दु राष्ट्र नेपाल जिन्दावाद, संघीयता खारेज गर, छया! गणतन्त्र गनायो भारतीयलाई नेपाली बनायो, हामीलाई शरणार्थी बनायो, गणतन्त्र चाहिँदैन नेपाल बेच्न पाइदैन” लगायतका नारा सहित राप्रपाले प्रदर्शन गरेको हो ।
सम्बन्धित खबर
पोखराको फिर्केखोला अतिक्रमण मुक्त बनाउने अभियान बीचमै रोकेपछि महानगरलाई ध्यानाकर्षण
संघीय कानुनसँग बाझिएपछि गण्डकी प्रदेश प्रमुख भट्टले प्रमाणीकरण नगरी फिर्ता गरे गाँजा विधेयक
लोकगीतमै नेपालीपन देख्ने जनकविकेशरी थापाको योगदान अविष्मरणीयः प्रदेश प्रमुख भट्ट
पोखराको पालिखेचोकमा मोटरसाइकल दुर्घटना, पर्वतका २४ वर्षीय सुनारको मृत्यु
पत्रकार केशव पाठकसहित सात जना प्रदेश खेलकुद पदकबाट विभुषित
बाल यौन दुर्व्यवहार आरोपमा पोखरा १२ स्थित सरस्वती आविका प्रअ रानाभाट पक्राउ
यो पनि पढौँ
प्रतिभाका सबिन देशभरमै तेस्रो, गण्डकीमा पहिलो
दुई किशोरीलाई गेस्ट हाउसमा लगेर सामूहिक बलात्कार गरेको आरोपमा दुई जना पक्राउ
पाकिस्तानमा हिमपहिरोमा हराइरहेका निम्सदाइ सहित अन्य पाँच नेपाली जीवित भेटिने आशा कमजोर, युक्तको शव निकालियो
बसले ठक्कर दिँदा सुनकोशीमा खसेकाे कारभित्र ४ यात्रु रहेको खुल्यो