भारतीय पक्षले नेपाली भूमि अनाधिकृत रुपमा जाँच गरेको बारे छानबिन गर्न रास्वपा सांसदको माग

भारतीय पक्षले नेपाली भूमि अनाधिकृत रुपमा जाँच गरेको बारे छानबिन गर्न रास्वपा सांसदको माग

Dormani Aryal

काठमाण्डौ। राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद डोरप्रसाद अर्यालले भारतीय पक्षले प्रशासनलाई थाहै नदिइ नेपालको भूमि नापजाँच गरेकोबारे सत्यतथ्य छानविन गर्न सरकारसँग माग गरेका छन्।

आइतबार प्रतिनिधिसभा बैठकको शून्य समयमा बोल्दै उनले असार १ गते भारतीय प्राविधिकहरूको टोलीले एकतर्फी रुपमा कञ्चनपुरस्थित भुजेला, गड्डा चौकी हुँदै सुकासालसम्मको जमिनमा नापजाँच गर्दा नेपालका सुरक्षाकर्मीहरूले सुईंकोसमेत नपाएको भन्दै उनले आपत्ति जनाएका हुन्।

अर्यालले सर्भेका सामानसहित आएका भारतीय प्राविधिकहरु नेपाल प्रवेश गर्दा पनि सिमानामा सुरक्षार्थ खटिएका सुरक्षाकर्मीले सुईंको नपाएको भन्दै ‘उनीहरुलाई जागिर खानका लागि मात्र सीमामा खटाइएको हो?’ भन्दै प्रतिप्रश्न गरे।

गण्डकी प्रदेशको अग्रणी अनलाइन गण्डक न्यूज विभिन्न प्लाटफर्ममा उपलब्ध छन्। सामाजिक सञ्जालहरूमा हाम्रो च्यानल सब्स्क्राइब गर्न यहाँ क्लिक गर्नुहोस्। जहाँ तपाईँ फेसबुक, ट्विटर, इन्स्टाग्राम, यूट्युब लगायतमा पनि हाम्रा सामाग्री हेर्न सक्नुहुन्छ। नयाँ खबर थाहा पाउनका लागि गण्डक न्यूज र हाम्रो अर्को आधिकारिक वेबसाइट गण्डकी न्यूज भिजिट गर्दै गर्नुहोला। साथै, माथि समाचार पढेपछि तपाईँको प्रतिक्रिया के छ? व्यक्त गर्नुहोला।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ


This will close in 4 seconds