नेपाली कांग्रेस कोशी प्रदेश संसदीय दलका नेता उद्धव थापा कोशी प्रदेशको मुख्यमन्त्री नियुक्त भएका छन्। सत्ता गठबन्धनका दलहरू नेपाली कांग्रेस (२९), नेकपा (माओवादी केन्द्र) (१३ सभामुखसहित), नेकपा एकीकृत समाजवादी (४) र जनता समाजवादी पार्टी (१) को समर्थनमा कांग्रेस नेता थापा मुख्यमन्त्री बनेका हुन्।
प्रदेश प्रमुख पर्शुराम खापुङले थापालाई संविधानको धारा १६८ को उपधारा २ अनुसार दुई वा दुईभन्दा बढी दलको समर्थनमा मुख्यमन्त्री नियुक्त गरेका हुन्। झापा अर्जुनधारा नगरपालिकाको शनिश्चरेका बासिन्दा थापा २०७९ मंसिरको प्रदेश सभा निर्वाचनमा समानुपातिक सूचीबाट सांसद बनेका थिए। उनी अहिले नेपाली कांग्रेसको कोशी प्रदेश सभापतिसमेत छन्।
कोशीमा कांग्रेसबाट मुख्यमन्त्री बन्ने थापा पहिलो व्यक्ति हुन्। यसअघिका चारै जना मुख्यमन्त्री कम्युनिष्ट पार्टी थिए। उनी अघिका चार जना मुख्यमन्त्रीहरूमध्ये शेरधन राई, भीम आचार्य र हिक्मत कार्की एमालेका र राजेन्द्र राई नेकपा एकीकृत समाजवादीका हुन्।
गठबन्धन दलहरूसँग प्रदेश सभामा जम्मा ४७ मत छ। यो ९३ सदस्यीय प्रदेशसभाको बहुमत संख्या हो। यद्यपि यो संख्यामा सभामुख बाबुराम भण्डारीको पनि गणना माओवादी केन्द्रले गरेको छ। दाबी पेश गर्नेबेलामा दलका नेताहरुले हस्ताक्षर गरे पुग्ने भए पनि विश्वासको मत लिने बेलामा भने सभामुखको भूमिका के हुने भन्ने अन्योल छ।
भर्खरै सत्ताबाट बहिगर्मित एमालेले मात्रै होइन, संविधानविद्हरूले पनि सदनमा बराबरी मत भए मात्रै सभामुखले निर्णायक मत दिन पाउने भनिरहेका छन्। संविधानले पनि सोही कुरा भनेका कारण राप्रपा फ्याक्टर प्रदेशमा निर्णायक सावित हुने भएको हो।
सम्बन्धित खबर
पोखरा विमानस्थलका आयोजना प्रमुख बिनेश मुनंकर्मीविरुद्ध साढे २ करोडको भ्रष्टाचार मुद्दा
प्रतिनिधिसभा पुनर्स्थापना माग्दै कांग्रेस सांसदले दायर गरेको रिटमाथि सुनुवाइ हुँदै
राहदानी दुरुपयोगसम्बन्धी रवि लामिछानेविरुद्धको मुद्दामा सुनुवाइ स्थगित
एमालेको मतदानमा प्यानलको लिस्ट लान पाइने, मोबाइल लान नपाइने
एमाले महाधिवेशन : मतदान जारी, लामबद्ध प्रतिनिधि
निर्वाचित सरकारलाई शक्ति हस्तान्तरण गर्न आतुर छौं : प्रधानमन्त्री
यो पनि पढौँ
पोखरा रंगशालामा पनि फ्लडलाइट जडान गरिनेछः कुलमान घिसिङ
पोखरेललाई फकाउँदै ओली- घच्चमच्च भएको भए सरी, विरोधीले लखेटेका बेला साथ खोजेको हुँ
एमालेका युवराज र अष्टलक्ष्मीसहित तीन शीर्ष नेताले सक्रिय राजनीति छाडे
नवनियुक्त ४ मन्त्रीले लिए शपथ, को हुन् नयाँ मन्त्री?