काठमाडौं । संयुक्त राजनीतिक दलित संघर्ष समितिले गृहमन्त्री नारायणकाजी श्रेष्ठसँग दलित समुदायमाथि बढ्दै गएको हिंसाविरुद्ध उचित प्रशासनिक पहल चाल्न आग्रह गरेको छ ।
आइतबार एक ज्ञापनपत्र बुझाउँदै संघर्ष समितिले पछिल्लो समय दलितमाथि भेदभावका घटना भैरहनुले संविधान र कानुनको उपहास भएको जनाउँदै उपप्रधानमन्त्रीसमेत रहेका श्रेष्ठको ध्यानाकर्षण गराएको हो ।
तातोपानी गाउँपालिका–४, जुम्लामा अन्तरजातीय प्रेमविवाह गरेको आरोपमा दलित समुदायका मुकुन्द नेपालीको घरमा आगजनी हुनु, आरुघाट, गोरखाका सन्तोष नेपालीलाई अन्तरजातीय विवाहकै कारण जबर्जस्ति करणी मुद्दामा फसाइनु, भगवापुर, सिरहामा दलितहरूमाथि धम्की र कुटपिट जारी रहनु तथा बैतडी, कास्की, रूपन्देही, दाङलगायतका जिल्लामा शृङ्खलाबद्ध भेदभावका घटना भइरेहको संघर्ष समितिको भनाइ छ ।
“अन्तरजातीय प्रेम र विवाह बढ्दै जाँदा त्यसलाई बालविवाह, अपहरण र जबरजस्ती करणीका नाममा दलितहरूलाई फसाउने आपराधिक काम हुँदै आएको छ । तसर्थ प्रशासन र न्यायिक क्षेत्रले अन्तरजातीय प्रेम र विवाहलाई जातीय विभेद र उत्पीडनको संवेदनशीलताबाट बुझ्न जरुरी छ,” ज्ञापनपत्रमा भनिएको छ ।
सम्बन्धित खबर
मित्रराष्ट्रहरूसँग सरकारले माग्यो सहयोग
बाढी गएको चार दिनपछि टिमुरे-रसुवागढी क्षेत्रमा सरकारको उपस्थिति, चाउचाउ पुग्यो
अञ्जानमै कैद भएको दृश्य, त्यही पहिरोले ल्याएको थियो भोटेकोशीमा बाढी
बाढी प्रभावित क्षेत्रमा फोटो र भिडियो खिच्न नजानू : प्रहरी
मृत्य हुने पुष्टिको संख्या ६२६ पुग्यो, दुई हजार बढी बेपत्ता
नेपालका रवीन्द्र ढाँट इतिहास रच्दै रोड टु युएफसी सिजन–५ को फाइनलमा
यो पनि पढौँ
पोखराको मुख्यबजार क्षेत्रमै नालीमा बगे आमाछोरी
प्रार्थनाकै समयमा १६ सय ५० विद्यार्थी पढ्ने त्रिभुवन त्रिशुली मावि बगायो
पोखरामा नालीको भेलले बगाएका आमा र छोरीको ज्यान रहेन
गण्डकीमा एमालेका चार मन्त्रीको सामूहिक राजीनामा रोकियो