प्रधानमन्त्री पुष्पकमल दाहालले पत्नी सीता दाहालले मृत्यु पनि निकै शान्त रोजेको बताएका छन्।
प्रधानमन्त्री निवास बालुवाटारमा आज बिहान आयोजित श्रद्धाञ्जली सभालाई सम्बोधन गर्दै उनले आफ्नी धर्मपत्नी सीता दाहालको निधनमा समवेदना प्रकट गर्ने सबैलाई धन्यवाद दिएका छन्। उनले छोरी ज्ञानु र छोरा प्रकाश गुमाउँदा शरीरले साथ दिँदासम्म सीताले त्यसको पीडा सामना गरेको बताए।
दाहालले भने,’पछिल्ला वर्षमा हामीले एक छोरी र छोरा दुई सन्तानको असामयिक र अकल्पनीय मृत्यु व्यहोर्यौँ। शरीरले साथ दिँदासम्म यो पीडामा उनी पनि दृढताका साथ उभिनै रहिन्। र, त्यो पीडाको सामना गरिरहिन्।’
प्रचण्डले सीता विरामी भएपछि राज्यबाट कुनै सुविधा नलिईकनै उनलाई उपचारका लागि आफूहरू लागिपरेको पनि बताए।
सीता थला परेपछि अन्तिम अवस्था दुःखदायी हुन्छ कि भन्ने लागेको भन्दै उनले मृत्यु शान्त रोजेको बताए।
‘उनी थला नै परेपछि उनको अन्तिम अवस्था दुःखदायी र कष्टप्रद हुन्छ कि भन्ने हामीलाई चिन्ता थियो। अन्तिम अवस्थामा अस्पतालकाले आईसीयू वा भेन्टिलेटरमा पीडादायी मृत्युवरण देख्नुपर्छ कि भन्ने हामीलाई चिन्ता थियो। तर, बाँच्दासम्म अरूलाई पीडा दिन नजानेकी सीताले मृत्यु पनि निकै शान्त रोजिन्’ उनले भने।
सम्बन्धित खबर
मधेशको मुख्यमन्त्रीमा कांग्रेसका यादव नियुक्त
प्रतिनिधि सभा निर्वाचन: शनिबारदेखि समानुपातिकको प्रक्रिया सुरु, प्रत्यक्षको मनोनयन माघ ६ मा
नागरिक उड्डयन प्राधिकरणका महानिर्देशक अधिकारी र पूर्वनिर्देशक भण्डारी पक्राउ
नेपालले पर्यटनबाट लाभ लिन पहिले त राजनीति नै ठीक हुनुपर्छः वीरेन्द्र बहादुर बस्नेत
लाभका पदमा बसेर पार्टीलाई लेबी नतिरे कांग्रेसबाट उम्मेदवार बन्न नपाइने, ३ नाम मात्र सिफारिस गर्न पाइने
हर्क साम्पाङको पार्टीको सिद्धान्त – जेनजी पुस्तालाई हप्तामा तीन दिन मात्र पढ्न दिने
यो पनि पढौँ
पोखराका मेयरको घरमा आगजनी र लुटपाट गर्ने रास्वपाका वडा सभापतिसहित ४ जना कारागार चलान
कास्कीका प्रमोद ढकाललाई यौन दुरुपयोग गरेको अभियोगमा बेलायतमा २५ वर्षको जेल सजाय
प्रेमीको हत्या गरेपछि २० वर्षीया युवतीले गरिन् शवसँग बिहे
एभरग्रीन एकेडेमीका विद्यार्थीले प्रस्तुत गरे ‘कल्चरल शो’