प्रधानमन्त्री पुष्पकमल दाहालले पत्नी सीता दाहालले मृत्यु पनि निकै शान्त रोजेको बताएका छन्।
प्रधानमन्त्री निवास बालुवाटारमा आज बिहान आयोजित श्रद्धाञ्जली सभालाई सम्बोधन गर्दै उनले आफ्नी धर्मपत्नी सीता दाहालको निधनमा समवेदना प्रकट गर्ने सबैलाई धन्यवाद दिएका छन्। उनले छोरी ज्ञानु र छोरा प्रकाश गुमाउँदा शरीरले साथ दिँदासम्म सीताले त्यसको पीडा सामना गरेको बताए।
दाहालले भने,’पछिल्ला वर्षमा हामीले एक छोरी र छोरा दुई सन्तानको असामयिक र अकल्पनीय मृत्यु व्यहोर्यौँ। शरीरले साथ दिँदासम्म यो पीडामा उनी पनि दृढताका साथ उभिनै रहिन्। र, त्यो पीडाको सामना गरिरहिन्।’
प्रचण्डले सीता विरामी भएपछि राज्यबाट कुनै सुविधा नलिईकनै उनलाई उपचारका लागि आफूहरू लागिपरेको पनि बताए।
सीता थला परेपछि अन्तिम अवस्था दुःखदायी हुन्छ कि भन्ने लागेको भन्दै उनले मृत्यु शान्त रोजेको बताए।
‘उनी थला नै परेपछि उनको अन्तिम अवस्था दुःखदायी र कष्टप्रद हुन्छ कि भन्ने हामीलाई चिन्ता थियो। अन्तिम अवस्थामा अस्पतालकाले आईसीयू वा भेन्टिलेटरमा पीडादायी मृत्युवरण देख्नुपर्छ कि भन्ने हामीलाई चिन्ता थियो। तर, बाँच्दासम्म अरूलाई पीडा दिन नजानेकी सीताले मृत्यु पनि निकै शान्त रोजिन्’ उनले भने।
सम्बन्धित खबर
मित्रराष्ट्रहरूसँग सरकारले माग्यो सहयोग
बाढी गएको चार दिनपछि टिमुरे-रसुवागढी क्षेत्रमा सरकारको उपस्थिति, चाउचाउ पुग्यो
अञ्जानमै कैद भएको दृश्य, त्यही पहिरोले ल्याएको थियो भोटेकोशीमा बाढी
बाढी प्रभावित क्षेत्रमा फोटो र भिडियो खिच्न नजानू : प्रहरी
मृत्य हुने पुष्टिको संख्या ६२६ पुग्यो, दुई हजार बढी बेपत्ता
नेपालका रवीन्द्र ढाँट इतिहास रच्दै रोड टु युएफसी सिजन–५ को फाइनलमा
यो पनि पढौँ
पोखराको मुख्यबजार क्षेत्रमै नालीमा बगे आमाछोरी
प्रार्थनाकै समयमा १६ सय ५० विद्यार्थी पढ्ने त्रिभुवन त्रिशुली मावि बगायो
पोखरामा नालीको भेलले बगाएका आमा र छोरीको ज्यान रहेन
गण्डकीमा एमालेका चार मन्त्रीको सामूहिक राजीनामा रोकियो