गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले सक्ने भए संसदीय दल नेता फेर्न चुनौती दिएका छन्। नेपाली कांग्रेसका केन्द्रीय सदस्यसमेत रहेका पाण्डेले महामन्त्री गगन थापालाई लक्षित गर्दै बिहीबारको केन्द्रीय समिति बैठकमा संसदीय दल नेता छान्ने र हटाउने विधानकै व्यवस्था रहेको बताए।
‘संसदीय दल नेता छान्ने र हटाउने विधानकै व्यवस्था छ। यो अभ्यास गर्न सभापतिले पनि रोक्न सक्नुहुन्न,’ उनले भने, ‘तर कुन समयमा संसदीय दल नेता चयन गर्ने र हटाउने हो? संसदीय दल नेता हटाउँछु भन्दै हिँडेर अतिरञ्जित नगरौं। पार्टीका बारेमा नेगेटिभ भ्रम फैलने गरी अतिरञ्जित नगरौँ । ’
उनले कांग्रेस एक मात्र रहेकोले यो डुब्दा सभापति देउवामात्र नभई महामन्त्री थापा र आफू पनि डुब्ने बताएका थिए। उनी देउवाका प्रिय पात्र हुन् ।
उनले महामन्त्री थापाले ल्याएको कार्यतालिका राम्रो भए पनि लागु गर्ने चुनौती रहेको बताए। ‘यो कार्यतालिका राम्रो छ तर लागु हुन्छ कि हुँदैन? सभापति, महामन्त्री, केन्द्रीय कार्यालय, केन्द्रीय सदस्य कसले लागु गर्ने हो तौकौं, नत्र सभापतिले लागु गर्नुभएन भन्ने कुरा आउँछ,’ उनले भने।
उनले २२ विभाग थप गर्न प्रस्ताव गरेकोमा ३ विभागका नाम यसअघिकै विभागसँग मिल्दो रहेको पनि बताए। साथै, उनले सातै प्रदेश सभा र सरकारका गतिविधि पनि केन्द्रीय समितिले जानकारीमा राख्ने गर्नुपर्ने बताए। उनले कांग्रेसका नीति कार्यक्रम, परम्परा, पार्टी पद्धतीबारे पनि नयाँ कार्यकर्तालाई प्रशिक्षण दिनुपर्ने बताए।
सम्बन्धित खबर
आफूमाथि प्रश्न गर्ने सांसदलाई अर्थमन्त्रीको चेतावनी- तपाईंहरूका काण्ड पनि खुल्नेछन्
एमाले अध्यक्ष ओली अस्पताल भर्ना
बालेननिकट नेतासँग कोशी प्रदेश सभापतिमा हारेपछि सरिनले छाडिन् रास्वपा
घर भत्काइएका सुकुम्बासीसँग गृहमन्त्री सुधनले माफी मागे
प्रधानमन्त्रीले गरेको गल्ती अरूले सच्याउन मिल्दैन: हर्क सम्पाङ
अघिल्ला सरकारले ल्याएका गरिबमुखी कार्यक्रमलाई निरन्तरता दिएका छौँ: अर्थमन्त्री वाग्ले
यो पनि पढौँ
उच्चतम् ४ जीपीए ल्याउने २८ जना विद्यार्थीले रोजे प्रतिभा मावि
शान्ति निकेतनमा कक्षा ११ का पहिलो ब्याचका विद्यार्थीलाई स्वागत र अभिमुखीकरण
प्रतिभाले नयाँ विद्यार्थीलाई सपथ खुवाउँदै गर्यो स्वागत
बेगनास तालमा पौडी खेल्ने क्रममा डुबेर युवकको मृत्यु