गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले सक्ने भए संसदीय दल नेता फेर्न चुनौती दिएका छन्। नेपाली कांग्रेसका केन्द्रीय सदस्यसमेत रहेका पाण्डेले महामन्त्री गगन थापालाई लक्षित गर्दै बिहीबारको केन्द्रीय समिति बैठकमा संसदीय दल नेता छान्ने र हटाउने विधानकै व्यवस्था रहेको बताए।
‘संसदीय दल नेता छान्ने र हटाउने विधानकै व्यवस्था छ। यो अभ्यास गर्न सभापतिले पनि रोक्न सक्नुहुन्न,’ उनले भने, ‘तर कुन समयमा संसदीय दल नेता चयन गर्ने र हटाउने हो? संसदीय दल नेता हटाउँछु भन्दै हिँडेर अतिरञ्जित नगरौं। पार्टीका बारेमा नेगेटिभ भ्रम फैलने गरी अतिरञ्जित नगरौँ । ’
उनले कांग्रेस एक मात्र रहेकोले यो डुब्दा सभापति देउवामात्र नभई महामन्त्री थापा र आफू पनि डुब्ने बताएका थिए। उनी देउवाका प्रिय पात्र हुन् ।
उनले महामन्त्री थापाले ल्याएको कार्यतालिका राम्रो भए पनि लागु गर्ने चुनौती रहेको बताए। ‘यो कार्यतालिका राम्रो छ तर लागु हुन्छ कि हुँदैन? सभापति, महामन्त्री, केन्द्रीय कार्यालय, केन्द्रीय सदस्य कसले लागु गर्ने हो तौकौं, नत्र सभापतिले लागु गर्नुभएन भन्ने कुरा आउँछ,’ उनले भने।
उनले २२ विभाग थप गर्न प्रस्ताव गरेकोमा ३ विभागका नाम यसअघिकै विभागसँग मिल्दो रहेको पनि बताए। साथै, उनले सातै प्रदेश सभा र सरकारका गतिविधि पनि केन्द्रीय समितिले जानकारीमा राख्ने गर्नुपर्ने बताए। उनले कांग्रेसका नीति कार्यक्रम, परम्परा, पार्टी पद्धतीबारे पनि नयाँ कार्यकर्तालाई प्रशिक्षण दिनुपर्ने बताए।
सम्बन्धित खबर
मधेशको मुख्यमन्त्रीमा कांग्रेसका यादव नियुक्त
प्रतिनिधि सभा निर्वाचन: शनिबारदेखि समानुपातिकको प्रक्रिया सुरु, प्रत्यक्षको मनोनयन माघ ६ मा
नागरिक उड्डयन प्राधिकरणका महानिर्देशक अधिकारी र पूर्वनिर्देशक भण्डारी पक्राउ
नेपालले पर्यटनबाट लाभ लिन पहिले त राजनीति नै ठीक हुनुपर्छः वीरेन्द्र बहादुर बस्नेत
लाभका पदमा बसेर पार्टीलाई लेबी नतिरे कांग्रेसबाट उम्मेदवार बन्न नपाइने, ३ नाम मात्र सिफारिस गर्न पाइने
हर्क साम्पाङको पार्टीको सिद्धान्त – जेनजी पुस्तालाई हप्तामा तीन दिन मात्र पढ्न दिने
यो पनि पढौँ
पोखराका मेयरको घरमा आगजनी र लुटपाट गर्ने रास्वपाका वडा सभापतिसहित ४ जना कारागार चलान
कास्कीका प्रमोद ढकाललाई यौन दुरुपयोग गरेको अभियोगमा बेलायतमा २५ वर्षको जेल सजाय
प्रेमीको हत्या गरेपछि २० वर्षीया युवतीले गरिन् शवसँग बिहे
एभरग्रीन एकेडेमीका विद्यार्थीले प्रस्तुत गरे ‘कल्चरल शो’