नेकपा एमालेका सचिव एवम् गण्डकी प्रदेश कमिटीका इन्चार्ज गोकर्ण विष्टले एमालेलाई जुरुक्कै उठाउने गरी कार्यक्षेत्रमा एवम् जनताको घर घरमा गएर खटिने बताएका छन् । विगतका घटनाबाट पाठ सिक्दै आफूहरुले एमालेलाई बहुमत सहितको पार्टीको रूपमा स्थापित गर्ने विष्टले उद्घोष गरेका हुन् ।
नेपाल कम्युनिस्ट पार्टीका संस्थापक पुष्पलाल श्रेष्ठको ४५ औं स्मृति दिवसको अवसरमा नेकपा एमाले कास्कीले आयोजनामा गरेकाे ‘नेपालको कम्युनिस्ट आन्दोलन कमरेड पुष्पलालको योगदान’ विषयक प्रवचन कार्यक्रमलाई सम्बोधन गर्दै सचिव विष्टले विगतमा गरेका कामसँगै आफ्ना योजना र विकासका खाका जनतालाई बुझाउन सबैलाई आग्रह गरे।
कार्यक्रममा स्थायी कमिटी सदस्य खगराज अधिकारीले पुष्पलालको योगदानको चर्चा गर्दै पुष्पलालकाे विचार कयौं दशकसम्म सान्दर्भिक रहने उल्लेख गरे । अधिकारीले नेपाली राजनीतिको पहिलो र नेतृत्वदायी पार्टी कम्युनिस्ट पार्टी भएको दाबी गर्दै त्यसको नेतृत्व अहिले एमालेले गरिरहेको बताउदै भोलि पनि नेतृत्व एमालेले नै गर्ने उल्लेख गरे ।
कास्की इन्चार्ज तथा स्थायी कमिटी सदस्य थममाया थापाले विकास र समृद्धिको खाका निर्माणका लागि पुष्पलालको योगदान अतुलनीय रहेको बताइन् ।
एमाले कास्कीका अध्यक्ष मन बहादुर गुरुङको अध्यक्षतामा सम्पन्न कार्यक्रममा स्वागत उपाध्यक्ष तेजनारायण अधिकारी र संचालन सचिव बैन बहादुर अधिकारीले गरेका थिए ।
सम्बन्धित खबर
मित्रराष्ट्रहरूसँग सरकारले माग्यो सहयोग
बाढी गएको चार दिनपछि टिमुरे-रसुवागढी क्षेत्रमा सरकारको उपस्थिति, चाउचाउ पुग्यो
अञ्जानमै कैद भएको दृश्य, त्यही पहिरोले ल्याएको थियो भोटेकोशीमा बाढी
बाढी प्रभावित क्षेत्रमा फोटो र भिडियो खिच्न नजानू : प्रहरी
मृत्य हुने पुष्टिको संख्या ६२६ पुग्यो, दुई हजार बढी बेपत्ता
नेपालका रवीन्द्र ढाँट इतिहास रच्दै रोड टु युएफसी सिजन–५ को फाइनलमा
यो पनि पढौँ
पोखराको मुख्यबजार क्षेत्रमै नालीमा बगे आमाछोरी
प्रार्थनाकै समयमा १६ सय ५० विद्यार्थी पढ्ने त्रिभुवन त्रिशुली मावि बगायो
पोखरामा नालीको भेलले बगाएका आमा र छोरीको ज्यान रहेन
गण्डकीमा एमालेका चार मन्त्रीको सामूहिक राजीनामा रोकियो