पोखरामा आज दिउँसो भएको दुर्घटनामा एक युवतीको ज्यान गएको छ । सभागृहचोकमा दिउँसो साढे २ बजे ट्रकले स्कुटरलाई ठक्कर दिँदा तनहुँकी युवतीको मृत्यु भएको हो ।
ज्यान जानेमा स्कुटर चालक तनहुँ म्याग्दे ४, छाङ घर भएकी २० वर्षीया वर्षा कुमाल रहेकी छिन् । बागमती प्रदेश ०३–००१ क ०२६३ नम्बरको ट्रकले वर्षा सवार ग २२ प ७९५१ नम्बरको स्कुटरलाई पछाडिबाट ठक्कर दिएको वडा प्रहरी कार्यालय बैदामका प्रमुख डिएसपी वेदप्रकाश जोशीले जानकारी दिए ।
बाइक र ट्रक पृथ्वीचाेकबाट सभागृहचोकतर्फ एकै दिशामा अघि बढिरहेका थिए । वर्षा सभागृहबाट घुमेर न्यूराेडतर्फ अघि बढ्ने क्रममा थिइन् भने मालबाहक ट्रक सिधै सिर्जनाचाेकतिर अघि बढेकाे थियाे । तीब्र गतिकाे ट्रक ब्रेक नलगाई लापरबाही ढंगले अघि बढेको सिसिटिभी फुटेजमा देखिन्छ ।
ट्रककाे टायरले किचेर गम्भिर घाइते भएकी वर्षालाई तत्काल गण्डकी मेडिकल कलेज लगिएकोमा १० मिनेटपछि नै चिकित्सकले मृत घोषणा गरेको प्रहरीले जनाएको छ ।
वर्षको टाउको र ढाँडमा गम्भिर चोट लागेको थियो । ट्रक चालक धादिङ थार्के ८ घर भएका ३४ वर्षीय रामकुमार खतिवडा, ट्रक र स्कुटरलाई प्रहरीको नियन्त्रणमा रहेको डिएसपी जोशीले जानकारी दिए ।

सभागृह चोकमै यसअघि कलेज गइरहेकी पोखरा १५, नयाँ गाउँकी १८ वर्षीया अञ्जना पाइजाको ट्रकले किचेर मृत्यु भएको थियाे । यस्तै, सभागृहचाेकमै बसको ठक्करबाट एक बृद्धाको पनि मृत्यु भएको थियाे। मृत्यु हुनेमा म्याग्दीको अन्नपूर्ण गाउँपालिका–५ घर भइ लेकसाइड बस्दै आएकी ७५ वर्षीया सुनमाया तिलिजा रहेकी थिइन् ।
सम्बन्धित खबर
पोखराको फिर्केखोला अतिक्रमण मुक्त बनाउने अभियान बीचमै रोकेपछि महानगरलाई ध्यानाकर्षण
संघीय कानुनसँग बाझिएपछि गण्डकी प्रदेश प्रमुख भट्टले प्रमाणीकरण नगरी फिर्ता गरे गाँजा विधेयक
लोकगीतमै नेपालीपन देख्ने जनकविकेशरी थापाको योगदान अविष्मरणीयः प्रदेश प्रमुख भट्ट
पोखराको पालिखेचोकमा मोटरसाइकल दुर्घटना, पर्वतका २४ वर्षीय सुनारको मृत्यु
पत्रकार केशव पाठकसहित सात जना प्रदेश खेलकुद पदकबाट विभुषित
बाल यौन दुर्व्यवहार आरोपमा पोखरा १२ स्थित सरस्वती आविका प्रअ रानाभाट पक्राउ
यो पनि पढौँ
प्रतिभाका सबिन देशभरमै तेस्रो, गण्डकीमा पहिलो
दुई किशोरीलाई गेस्ट हाउसमा लगेर सामूहिक बलात्कार गरेको आरोपमा दुई जना पक्राउ
पाकिस्तानमा हिमपहिरोमा हराइरहेका निम्सदाइ सहित अन्य पाँच नेपाली जीवित भेटिने आशा कमजोर, युक्तको शव निकालियो
बसले ठक्कर दिँदा सुनकोशीमा खसेकाे कारभित्र ४ यात्रु रहेको खुल्यो