मोरोक्कोमा शक्तिशाली भूकम्प, २९६ को मृत्यु, सयौँ घाइते

मोरोक्कोमा शक्तिशाली भूकम्प, २९६ को मृत्यु, सयौँ घाइते

Earthquake

पोखरा । अफ्रिकी मुलुक मोरोक्कोमा शक्तिशाली भूकम्प गएको छ । आज बिहानै गएको ६ दशमलव ८ रेक्टरस्केलको भूकम्पमा परी कम्तिमा २९६ जनाको मृत्यु भएको छ ।

अन्तर्राष्ट्रिय सञ्चारमाध्यमका अनुसार भूकम्पमा परी १५३ जना गम्भीर घाइते भएका छन् ।

भग्नावशेषबाट मानिसलाई निकाल्न उद्दार कार्य भइरहेको छ । मृतक र घाइतेको संख्या बढ्ने अनुमान गरिएको छ ।

भूकम्पको केन्द्र विन्दू हाइ एटलस माउन्टेन रहेको छ । निरन्तर पराकम्पन आएकाले मानिसहरु घर बाहिर आएर बसेका छन् ।

अमेरिकी भूवैज्ञानिक सर्वेक्षणका अनुसार १२० वर्षमा पहिलो पटक उक्त क्षेत्रमा यतिठूलो भूकम्प आएको हो ।

गण्डकी प्रदेशको अग्रणी अनलाइन गण्डक न्यूज विभिन्न प्लाटफर्ममा उपलब्ध छन्। सामाजिक सञ्जालहरूमा हाम्रो च्यानल सब्स्क्राइब गर्न यहाँ क्लिक गर्नुहोस्। जहाँ तपाईँ फेसबुक, ट्विटर, इन्स्टाग्राम, यूट्युब लगायतमा पनि हाम्रा सामाग्री हेर्न सक्नुहुन्छ। नयाँ खबर थाहा पाउनका लागि गण्डक न्यूज र हाम्रो अर्को आधिकारिक वेबसाइट गण्डकी न्यूज भिजिट गर्दै गर्नुहोला। साथै, माथि समाचार पढेपछि तपाईँको प्रतिक्रिया के छ? व्यक्त गर्नुहोला।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ