काठमाडौं । हृदयघातका कारण निधन भएका एमाले नेता सुवासचन्द्र नेम्वाङका छोरा सुहाङले पार्टीले बाबुको अपूरा सपना पूरा गर्नका लागि आफूहरुलाई आत्मबल प्रदान गर्ने विश्वास व्यक्त गरेका छन् ।
समवेदना प्रकटका लागि पार्टी उपाध्यक्ष विष्णु पौडेलसहित पुगेका नेताहरुलाई आभार व्यक्त गर्दै उनले बाबुले पूरा गर्न बाँकी रहेको कामहरु पूरा गर्न पार्टीले सपोर्ट र आत्मबल दिनेमा आफू विश्वस्त रहेको बताए ।
‘हजुरहरु यहाँ हामीलाई आत्मबल प्रदान गर्न आउनु भएकोमा म एकदम आभारी छु, हाम्रो परिवार आभारी छ । उहाँले गर्नुभएका र अब गर्नपर्ने धेरै कामहरुका लागि यसरी नै आत्मबल प्रदान गरिराख्ने र त्यसलाई सम्पन्न गर्न हामीलाई सपोर्ट र आत्मबल प्रदान गर्नुहुनेछ भन्न चाहन्छु,’– उनले भने ।
एमाले पार्टी पंति र राजनीति वृत्तमा पनि सुहाङले पिताको बाटो पछ्याउने आँकलन गर्न थालिएको छ । नेम्वाङकाे निर्वाचन क्षेत्रमा कहिल्यै उनी हारेनन् । उनकाे निधनपछि उपनिर्वाचनमा सुहाङले चासाे देखाएकाे बुझ्न सकिन्छ ।
सुहाङ पनि कानुन व्यवसायी हुन् । यद्यपि उनी अहिलेसम्म राजनीतिमा सक्रिय छैनन् । राजनीतिलाई पेशा नभएर सेवाको दृटिकोणले हेर्नुपर्ने उनको बुझाइ छ । एक अन्तर्वार्तामा उनले राजनीतिमा जान सकिने बताएका छन् ।
सम्बन्धित खबर
मैले चुनाव हार्नुपर्ने कारण छैन, लमजुङबाट चुनाव जितेरै आउँछु : पृथ्वीसुब्बा गुरुङ
संसद पुनर्स्थापनाको चलखेल भइरहेको रवि लामिछानेको दाबी
सामाजिक सञ्जाल नियमनसम्बन्धी विधेयक संसदबाट फिर्ता लिन सरकारको निर्णय
सिंहदरबार पुग्न होइन, सिंहदरबार बदल्न घण्टीमा भोट माग्दैछुः रवि लामिछाने
मौसमले साथ नदिए हिमाली जिल्लामा दोस्रो चरणमा निर्वाचन : प्रधानमन्त्री
बालेनलाई निर्वाचन आयोगले सोध्यो दोस्रोपटक स्पष्टीकरण
यो पनि पढौँ
स्याङ्जाको बैंकमा सुरक्षा गार्डमाथि चक्कु प्रहार, एक युवक पक्राउ
कान चुँडाएर सुन लुट्ने गिरोह पक्राउ, मुख्य नाइके जेन-जी आन्दोलनमा हिरासतबाट भागेका तामाङ
सुनकाे मूल्य आज घट्यो
बाहिरियो वर्षा र हिमपात गराउने प्रणाली, यस्तो छ आगामी मौसम पूर्वानुमान