नेकपा (एमाले) ले मंगलबार दिवंगत उपाध्यक्ष तथा संविधानसभा अध्यक्ष सुवासचन्द्र नेम्वाङको निधनमा सातै प्रदेशमा स्मृति सभा आयोजना गर्यो । स्मृति सभालाई सम्बोधन गर्न स्वर्गीय नेम्वाङको गृह जिल्ला इलाममा उपाध्यक्ष रामबहादुर थापा बादल पुगेका थिए ।
नेम्वाङको गृह जिल्ला इलाममा आयोजित कार्यक्रममा उपाध्यक्ष बादलसँगै नेम्वाङ पुत्र सुहाङ पनि सहभागी भए । सुहाङले उक्त समृति सभालाई सम्बोधन गर्दै पार्टीले अवसर दिए राजनीतिमा आउने संकेत गरेका छन् ।
उनले राजनीतिक परिवारमा जन्मँदैमा आफूले अवसर पाउनुपर्छ भन्ने नठानेको बताए । तर, बुबाको अधुरा सपना पूरा गर्न भने लागिरहने उनले बताए । उनले घुमाउरो रुपमा राजनीतिमा आउने संकेत गरेका हुन् ।
‘म राजनीतिमा सक्रिय छैन, तर म बुबासँग हुर्केको हुँ, म राजनीतिक परिवारमा जन्मिएको र हुर्किएको हुँ, राजनीतिक परिवारमा हुर्किएँ भन्दैमा उसैले अवसर पाउनुपर्छ भन्ने म कदापि ठान्दिन,’- उनले भने ।
बुबाले सधैँ लोकतन्त्र, संविधान र कानुनको शासन मजबुद होस् भन्ने चाहेको सुहाङले बताए । उनले इलामका जनतासँग हातेमालो गरेर अगाडि बढ्नसमेत आग्रह गरे । इलामको विकासका लागि सल्लाह, सुझाव र सहयोगको अपेक्षा गरेको पनि उनले बताए ।
नेम्वाङको निधनसँगै इलाममा एमालेको राजनीतिक विरासत धान्न पनि असन्न उपनिर्वाचनमा एमालेले सुहाङलाई अगाडि सार्ने आम सर्वसाधरणको बुझाइ छ । आफूले कहिल्यैपनि इलामवासीको शीर निहुरिन नदिने पनि उनले प्रतिवद्धता व्यक्त गरे । सुहाङ कानुन व्यवसायी हुन् ।
‘अहिलेसम्म बुवाले देशको परिवारको र इलामबासीको शीर निहुरिन दिनु भएन’, उनले भने, ‘म पनि बुवाले अपूरा छाडेका कामहरु अगाडि बढाउन तयार छु। मेरो परिवार र मैले कहिले पनि तपाईंहरुको शीर निहुरिन दिन्नौँ ।’
सम्बन्धित खबर
नेपाललाई चीन विरुद्ध लड्न अमेरिकाले उपयोग गर्दैछः चित्रबहादुर केसी
नयाँ सरकारको पर्खाइमा सिंहदरबार, धमाधम तयार पारिँदै मन्त्रालयहरू
राइड सेयरिङका १ सय ७५ चालक प्रहरी कारबाहीमा
प्रधानमन्त्रीमा बालेनको शपथ शीतल निवासमै हुने, राष्ट्रपति कार्यालयले थाल्यो तयारी
‘मुस्लिम समुदायको सशक्तिकरणका लागि थप प्रभावकारी कार्यक्रम आवश्यक’
कांग्रेसमा समानान्तर गतिविधि सुरू, खड्का-कोइराला समूहले पूरानै ‘केन्द्रीय समिति’ बैठक बोलाउने
यो पनि पढौँ
पोखरामा गाडीको ठक्करबाट पैदलयात्रीको मृत्यु
रास्वपाका नवनिर्वाचित दुई सांसदविरुद्ध सर्वोच्चमा रिट
कर्मचारीलाई शहरी विकास मन्त्रीको बिदाइ सम्बोधन– ‘म हारेँ, तपाईंहरूले जित्नुभयो, खुसी मनाउनुस्, भोज खानुस्’
आगामी तीन दिन भारी वर्षा र हुरीको सम्भावना, सचेत रहन आग्रह