संविधान दिवस २०८० को अवसरमा बुधबार ६७० कैदीबन्दी छुटे । राष्ट्रपति रामचन्द्र पौडेलले फौजदारी कसुरमा जेल जीवन भुक्तान गरिरहेका उनीहरूलाई आममाफी दिएपछि उनीहरू जेल मुक्त भएका हुन् ।
यसरी जेल मुक्त हुनेहरूमा जघन्य अपराधमा जेल बसेकाहरू समेत छुटेको खुलेको छ । त्यसमध्ये एकजना गुन्डागर्दीका रूपमा चर्चित नाम नेपालगन्जका योगराज ढकाल उर्फ रिगल पनि छुटेका छन् ।
रिगल व्यक्ति हत्या प्रकरणमा दोषी ठहर भई सर्वस्वसहित जेल जीवन भोगिरहेका अपराधी हुन् । उनी राष्ट्रपतिले आममाफी दिएपछि बुधबार छुटेका छन् ।
रिगल जेलमुक्त भएपछि उनका समर्थकले स्वागत गरेका थिए । दाङको घोराहीस्थित जिल्ला कारगारमा रहेका उनलाई समर्थकहरूले स्कर्टिङ गरी नेपालगञ्ज पुर्याएका थिए । उनलाई तरुण दलका स्थानीय नेता तथा कार्यकर्ताहरूले स्वागत गरेका थिए । घोराहीका जेलरले रिगलले पचास प्रतिशत सजाय भुक्तान गरेको जानकारी दिए ।
रिगल २०७२ साल असार २८ बाँकेको नेपालगञ्जमा दिउँसै खुडा प्रहार गरी हत्या गरेको अभियोगमा दोषी ठहर भएका थिए । रिगलको समूहले सो दिन बाँकेको नेपालगञ्जका २९ वर्षीय चेतन मानन्धरमाथि खुडा प्रहार गरेको थियो । मानन्धरको उपचारका क्रममा निधन भएपछि रिगल फरार भएका थिए । सो समूहका ११ जनालाई प्रहरीले पक्राउ गरेको थियो ।
प्रहरीले गुण्डागर्दी गर्नेमाथि काठमाडौंमा इन्काउन्टर गर्न थालेपछि २०७२ भदौमा उनले अदालतसमक्ष आत्मसमर्पण गरेका थिए । प्रहरी स्रोतका अनुसार उनी २०७४ मा प्रहरीको इन्काउन्टरमा मारिएका कुमार घैटेका सहयोगी समेत हुन् । रिगललाई हत्यामा दोषी ठहर गर्दै जिल्ला अदालत बाँकेले २०७५ वैशाखमा सर्वस्वसहित जन्मकैदको सजाय सुनाएको थियो । रिगल नेपालगञ्जमा गुण्डागर्दीमा संलग्न थिए । रिगल तरुण दल बाँके क्षेत्र नम्बर ३ को क्षेत्रीय सभापतिसमेत थिए ।

कानुनतः फौजदारी कसुरअन्तर्गत हिंसासम्बन्धी सजाय तोकिएकाको हकमा कैद मिनाहा गर्न नमिल्ले उल्लेख छ । तर, रिगलको हकमा राष्ट्रपतिले सो व्यवस्थालाई लत्याउँदै आममाफी दिएका छन् । उनी पछिल्लो समय दाङस्थित घोराही कारागारमा सजाय भोगिरहेका थिए ।
यसअघि रिगल मकवानपुरको भीमफेदी कारागार हुँदै सुन्धारास्थित केन्द्रीय कारागार पुगेका थिए । व्यक्ति हत्यामा दोषी ठहर भइ सर्वस्वसहित जेल पुगेका रिगल ५० प्रतिशत समेत नबसी आममाफी पाउनुको अन्तर्य भने नेपाली कांग्रेससँग जोडिन्छ ।
रिगललाई नेपाली कांग्रेसका नेताकै दबाबमा राष्ट्रपतिले माफी दिएका हुन् । काँग्रेसले प्रचण्डलाई दबाब दिएपछि सरकारले रिगलकाे नामसहित सिफारिस गरेको हो । उसो त उनी जेल पर्नुअघि पार्टीको तरुणदल विभागमा सक्रिय थिए ।
आश्चार्यको कुरा ढकाललाई दाङदेखि नेपालगन्जसम्म कांग्रेस कार्यकर्ताले स्कर्टिङ गरेर लगेको देखिन्छ । रिगललाई पार्टीको कार्यकर्ताले स्कर्टिङ गरेको भिडियो सामाजिक सञ्जालभरी भाइरल भएको छ ।
सम्बन्धित खबर
प्रस्तावित प्रधानन्यायाधीश शर्माविरुद्ध उजुरी आह्वान, १० दिनको समयसीमा
रास्वपाले आफ्ना सांसदलाई आजदेखि संसदीय अभ्यास र नेतृत्व विकास सम्बन्धी प्रशिक्षण दिँदै
सर्वोच्चले भन्यो– ‘सुकुमवासीलाई जबर्जस्ती नहटाउनू’
सुधारको नाममा राज्यका संस्थाहरू क्रमश: व्यक्ति केन्द्रित बनाइँदैछ: ओली
हर्कको श्रम संस्कृति पार्टीमा सुदन, बने वरिष्ठ नेता
प्रधानन्यायाधीश सिफारिसमा आपत्ति जनाउँदै हर्कले भने- चुपचाप घण्टी छापको करामत !
यो पनि पढौँ
कास्कीको रुपामा बुबाको हत्या गरेको आरोपमा छोरा पक्राउ
पाेखरामा सुकुम्बासीको आन्दोलन घोषणा
पोखरा विमानस्थल भ्रष्टाचार प्रकरणमा पूर्वमन्त्री कार्कीसहित १४ जनाविरुद्ध मुद्दा दायर
सुदनको आरोप- ‘बालेनमा हिटलर र मुसोलिनी बन्ने सपना जागेको देखिन्छ’