नेकपाका महासचिव नेत्रविक्रम चन्द विप्लवका छोरा डा. प्रकाश चन्दले बुधबार डा. मान्यता थापासँग जनवादी विवाह गरेका छन्। उ
नेकपाको मुख्य पार्टी कार्यालय कपिलवस्तुको शिवगढीमा प्रकाशले चितवनकी डा. मान्यता थापासँग विवाह गरेको पार्टी स्रोतहरुले सार्वजनिक गरेका थिए।
कम्युनिष्ट पार्टीमा आबद्ध दुवैको तडक भडकबिना सीमित आफन्तको उपस्थितिमा जनवादी विवाह भएको थियो। तर, ‘पूँजीवादी संस्कृति’ को प्रभावबाट मुक्त रहन भने सकेन । ‘जनवादी बिहे’ भन्दा अगाडि उनीहरूले ईंगेजमेन्ट गरेका थिए, जुन चितवनको एउटा पार्टी प्यालेसमा झकिझकाउ सजावटसहित औँठी साटासाट भएको थियो ।
ईंगेजमेन्टसँगै हल्दी समारोह पनि गरिएको थियो । विवादमा परिने डरले विप्लव भने ईंगेजमेन्टमा सहभागी भएनन् । दुलही तर्फबाट यो समारोहको व्यवस्थापन गरेको बुझिएको छ । समारोहमा दुलहीपट्टिका परिवार तथा दुलाहा-दुलहीका साथीभाइहरू सरिक थिए ।
विवाहपछि रिसेप्सन पनि राखिएको छ । आमरूपमा विवाहपछिको रिसेप्सन दुलाहाको परिवारले आयोजना गर्छन् । तर, यहाँ दुलहीको आमाको नाममा निमन्त्रणा बाँडिएको छ । निमन्त्रणा कार्डमा उल्लेख भए अनुसार भरतपुरको केन्द्रीय बसपार्कमा रहेको सेरिन बुटिक होटलमा आज ४ बजेदेखि ८ बजेसम्म रिसेप्सन आयोजना गरिएको हो ।
प्रकाश र मान्यता दुवैले चितवन मेडिकल कलेजबाट एमबीबीएस पास गरेका हुन् । उनीहरू दुवैले काम भने थालेका छैनन् । उनीहरू पार्टीका तर्फबाट स्वास्थ्य शिविरहरू चलाउने गर्छन् ।
बेहुला प्रकाशले २५ हजारको प्रेम कोष पनि खडा गर्ने जानकारी दिए । ‘बच्चा जन्मिएपछि जीवन कोष खडा होला । त्यसले परिआउँदा काम लाग्छ । हामी समाजलाई सँगसँगै रूपान्तरण गर्ने अभियानमा छौं ।’ – उनले भने । दुवैले भाषण गरेपछि उद्घोषकले ‘सी जातिको संस्कृति अनुसार’ भन्दै विवाहको प्रमाणपत्र हस्तान्तरण गर्न आग्रह गरे । विप्लवले छोरा र बुहारी दुवैलाई प्रमाणपत्र दिए । आगन्तुकले उठेर ताली बजाए ।
प्रकाश र मान्यताबीच चितवन मेडिकल कलेजमा एमबिबिएस अध्ययन गर्दा ८ बर्षअघिबाट प्रेम सम्बन्ध बसेको थियो। त्यसैलाई उनीहरुले विवाहमा परिणत गरेका हुन्।
बिहीबार थापा पक्षले भव्य होटलमा पार्टी आयोजना गरेको छ। जनवादी विवाह गरेको भनेर प्रचार गरिए पनि मान्यताका परिवारले बिहीबार चितवनस्थित एक बुटिक होटलमा विवाहको पार्टी आयोजना गरेको हो।

सम्बन्धित खबर
प्रधानमन्त्री कार्कीको बिदाइ सम्बोधन: नयाँ सरकारलाई शुभकामना, देशको उज्यालो भविष्य देखिरहेको छु
आजै मन्त्रीकाे नाम टुंग्याउने तयारी, पार्टी कार्यालयबाट एउटै गाडीमा निस्किए रवि–बालेन
रविको प्रस्तावमा बालेन बने रास्वपा संसदीय दलको नेता, प्रधानमन्त्री बन्न बाटो खुल्यो
नयाँ सांसदहरूले लिए सपथ, ४७ जनाले लिए मातृभाषामा शपथ
रास्वपाले ल्याएको दुई तिहाइ जादुगरले हात हल्लाउँदा परेवा निकालेजस्तो: ओली
सार्वजनिक नगर्दै बाहिरियो जेन-जी आन्दोलनसम्बन्धी जाँचबुझ आयोगको प्रतिवेदन [पूर्णपाठ]
यो पनि पढौँ
पोखरामा गाडीको ठक्करबाट पैदलयात्रीको मृत्यु
पोखराको शान्ति निकेतनले अत्याधुनिक भवनबाट ११ र १२ कक्षा सञ्चालनमा ल्याउँदै
पोखरामा रवि, जिबीलाई मुद्दा हाल्ने व्यक्ति आफै पनि सहकारी ठगी आरोपमा पक्राउ
राष्ट्रिय परिचयपत्र बनाउन अब फाराम भर्नु नपर्ने