नेकपा (एमाले) का महासचिव शंकर पोखरेलले अन्तर्राष्ट्रिय विमान कम्पनीले पोखरामा उडान अनुमति माग्दा सरकारले कुनै कुनै ‘रेस्पोन्स’ नगरेको आरोप लगाएका छन् ।
एमाले गण्डकीको पहिलो अधिवेशनको सोमबार पोखरामा उद्घाटन गर्दै महासचिव पोखरेलले गठबन्धन सरकारले नचाहेकै कारण पोखरा विमानस्थलबाट अन्तर्राष्ट्रिय उडानको सुरुवात हुन नसकेको बताए । उनले भने, ‘चिनियाँ लगानी भएका कारणले पोखरा अन्तर्राष्ट्रिय विमानस्थलले नेपाललाई आर्थिक संकटमा पार्यो भन्ने देखाउनका लागि विमानस्थल चल्न नदिएर आफ्नो अभिष्ट पूर्ति गर्न खोज्दै छन् ।’
विमानस्थल चलाउन नदिएर सरकार जनता र राष्ट्रविरुद्धमा उभिएको आरोप उनको छ । महासचिव पोखरेलले अविलम्ब प्रक्रिया अगाडि बढाउन सरकारको खबरदारी समेत गरे । ‘जुनजुन अन्तर्राष्ट्रिय विमान कम्पनीले सञ्चालन अनुमति मागेका छन् त्यसका बारेमा अबिलम्ब प्रक्रिया अगाडि बढाउनुपर्दछ,’ उनले भने, ‘ अन्तर्राष्ट्रिय विमानस्थललाई सञ्चालनमा ल्याउने खालको कामको नेतृत्व गर्नुपर्छ ।’
उनले सरकार एकातिर भ्रष्टाचारको विरुद्धमा भएको भ्रम सिर्जना गर्ने कोसिसमा रहेको र अर्कोतिर सरकारकै संयन्त्रको योजनामा विमानस्थलबाट सुन तस्करीमा संलग्न रहेको समाचार आउने गरेको उल्लेख गरे । ‘कहिलेकाहीँ उनीहरू अमुक घटनामा छानबिन गर्छौं भनेर प्रतिपक्षतर्फ इशारा गर्छन् । हामी भन्न चाहन्छौं, जुनसुकै घटनामा छानबिन गर, हामी तयार छौं,’ उनले भने, ‘हामी एउटै कुरा भन्छौं, हरेक घटना छानबिन गर, अन्त्यमा सत्ताको नेतृत्व गरेका गठबन्धनका नेता नै जेल जानेछन्, एमाले होइन । किनकि उनीहरू भ्रष्टाचारका हिमायती हुन् । भ्रष्टाचार उनीहरूको शासकीय चरित्र हो ।’
नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली प्रधानमन्त्री भएको बेला जनतामा आशाको सञ्चार भएको उनको दाबी छ । ‘जतिबेला यो मूलुकमा संकट उत्पन्न हुन्छ त्यो संकट निवारण गर्ने सामथ्र्य नेकपा एमाले र त्यसका अध्यक्षका रुपमा रहनुभएका केपी शर्मा ओलीसँग मात्र छ’, सरकारमा एमाले आउनुपर्ने भावभंगीसहित उनले भने ।
माओवादी सशस्त्र द्वन्दको बेला पनि ओलीले मुलुकलाई शान्तिको बाटोमा ल्याउन अगुवाइ गरेको महासचिव पोखरेलको दाबी छ । शान्ति प्रक्रियासँगै संघीयता कार्यन्वयनमा पनि एमालेले नेतृत्वदायी भूमिका खेलेको बताए ।
अहिले एमालेका विरुद्ध चौतर्फी घेराबन्दी भइरहेको उनले आरोप लगाए । ‘यस्तो अवस्थामा देश र जनतालाई नयाँ बाटोतर्फ अगाडि बढाउने जिम्मेवारी हाम्र्रो पार्टीको काँधमा रहेको छ । जतिबेला हाम्रो पार्टीले नेतृत्व गरिराखेको थियो लगातार ३ वर्ष उच्च आर्थिक वृद्धिदर हासिल ग¥यौं । तर, जब हामीलाई सरकारबाट हटाउने काम भयो आज मुलुक चौतर्फी संटकमा छ ।’
खराब मौसमका कारण अधिवेशनको उद्घाटन सत्रमा अध्यक्ष केपी ओली, वरिष्ठ उपाध्यक्ष इश्वर पोखरेल भने सहभागी हुन सकेनन् ।महासचिव पोखरेलले मौसमको खराबीको कारणले यात्रालाई स्थगित गर्नुपरेको जानकारी अधिवेशनको उद्घाटन समारोहमा गराएका थिए ।
नेकपा एमाले गण्डकी प्रदेश कमिटीका अध्यक्ष नवराज शर्माको अध्यक्षतामा भएको उद्घाटन सत्रमा उपमहासचिव पृथ्वीसुब्बा गुरुङ, सचिव एवं गण्डकी इन्चार्ज गोकर्ण विष्ट, सचिव पद्मा अर्याल, स्थायी समिति सदस्य खगराज अधिकारी, थममाया थापालगायतले बोलेका थिए । अमरसिंहचौरमा भएको अधिवेशन समारोहमा विभिन्न चार स्थानबाट झाँकीसहितको र्याली पुगेको थियो । अधिवेशनको बन्दसत्र सोमबार बेलुकादेखि नै पोखरा सभागृहमा सुरु भएको छ ।
सम्बन्धित खबर
नागरिक उड्डयन प्राधिकरणका महानिर्देशक अधिकारी र पूर्वनिर्देशक भण्डारी पक्राउ
नेपालले पर्यटनबाट लाभ लिन पहिले त राजनीति नै ठीक हुनुपर्छः वीरेन्द्र बहादुर बस्नेत
लाभका पदमा बसेर पार्टीलाई लेबी नतिरे कांग्रेसबाट उम्मेदवार बन्न नपाइने, ३ नाम मात्र सिफारिस गर्न पाइने
हर्क साम्पाङको पार्टीको सिद्धान्त – जेनजी पुस्तालाई हप्तामा तीन दिन मात्र पढ्न दिने
निकट सात भाइलाई देउवाको सन्देश- महाधिवेशन हुन्छ, नेतृत्वका लागि एक जनाको नाम टुंगो लगाउनुस्
‘विदेशमा रहेका नेपालीलाई मतदान र अन्तर–निर्वाचन क्षेत्र मतदानको व्यवस्था गर्न नसकिने’
यो पनि पढौँ
पोखराका मेयरको घरमा आगजनी र लुटपाट गर्ने रास्वपाका वडा सभापतिसहित ४ जना कारागार चलान
कास्कीका प्रमोद ढकाललाई यौन दुरुपयोग गरेको अभियोगमा बेलायतमा २५ वर्षको जेल सजाय
प्रेमीको हत्या गरेपछि २० वर्षीया युवतीले गरिन् शवसँग बिहे
एभरग्रीन एकेडेमीका विद्यार्थीले प्रस्तुत गरे ‘कल्चरल शो’