नेकपा (एमाले) का महासचिव शंकर पोखरेलले अन्तर्राष्ट्रिय विमान कम्पनीले पोखरामा उडान अनुमति माग्दा सरकारले कुनै कुनै ‘रेस्पोन्स’ नगरेको आरोप लगाएका छन् ।
एमाले गण्डकीको पहिलो अधिवेशनको सोमबार पोखरामा उद्घाटन गर्दै महासचिव पोखरेलले गठबन्धन सरकारले नचाहेकै कारण पोखरा विमानस्थलबाट अन्तर्राष्ट्रिय उडानको सुरुवात हुन नसकेको बताए । उनले भने, ‘चिनियाँ लगानी भएका कारणले पोखरा अन्तर्राष्ट्रिय विमानस्थलले नेपाललाई आर्थिक संकटमा पार्यो भन्ने देखाउनका लागि विमानस्थल चल्न नदिएर आफ्नो अभिष्ट पूर्ति गर्न खोज्दै छन् ।’
विमानस्थल चलाउन नदिएर सरकार जनता र राष्ट्रविरुद्धमा उभिएको आरोप उनको छ । महासचिव पोखरेलले अविलम्ब प्रक्रिया अगाडि बढाउन सरकारको खबरदारी समेत गरे । ‘जुनजुन अन्तर्राष्ट्रिय विमान कम्पनीले सञ्चालन अनुमति मागेका छन् त्यसका बारेमा अबिलम्ब प्रक्रिया अगाडि बढाउनुपर्दछ,’ उनले भने, ‘ अन्तर्राष्ट्रिय विमानस्थललाई सञ्चालनमा ल्याउने खालको कामको नेतृत्व गर्नुपर्छ ।’
उनले सरकार एकातिर भ्रष्टाचारको विरुद्धमा भएको भ्रम सिर्जना गर्ने कोसिसमा रहेको र अर्कोतिर सरकारकै संयन्त्रको योजनामा विमानस्थलबाट सुन तस्करीमा संलग्न रहेको समाचार आउने गरेको उल्लेख गरे । ‘कहिलेकाहीँ उनीहरू अमुक घटनामा छानबिन गर्छौं भनेर प्रतिपक्षतर्फ इशारा गर्छन् । हामी भन्न चाहन्छौं, जुनसुकै घटनामा छानबिन गर, हामी तयार छौं,’ उनले भने, ‘हामी एउटै कुरा भन्छौं, हरेक घटना छानबिन गर, अन्त्यमा सत्ताको नेतृत्व गरेका गठबन्धनका नेता नै जेल जानेछन्, एमाले होइन । किनकि उनीहरू भ्रष्टाचारका हिमायती हुन् । भ्रष्टाचार उनीहरूको शासकीय चरित्र हो ।’
नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली प्रधानमन्त्री भएको बेला जनतामा आशाको सञ्चार भएको उनको दाबी छ । ‘जतिबेला यो मूलुकमा संकट उत्पन्न हुन्छ त्यो संकट निवारण गर्ने सामथ्र्य नेकपा एमाले र त्यसका अध्यक्षका रुपमा रहनुभएका केपी शर्मा ओलीसँग मात्र छ’, सरकारमा एमाले आउनुपर्ने भावभंगीसहित उनले भने ।
माओवादी सशस्त्र द्वन्दको बेला पनि ओलीले मुलुकलाई शान्तिको बाटोमा ल्याउन अगुवाइ गरेको महासचिव पोखरेलको दाबी छ । शान्ति प्रक्रियासँगै संघीयता कार्यन्वयनमा पनि एमालेले नेतृत्वदायी भूमिका खेलेको बताए ।
अहिले एमालेका विरुद्ध चौतर्फी घेराबन्दी भइरहेको उनले आरोप लगाए । ‘यस्तो अवस्थामा देश र जनतालाई नयाँ बाटोतर्फ अगाडि बढाउने जिम्मेवारी हाम्र्रो पार्टीको काँधमा रहेको छ । जतिबेला हाम्रो पार्टीले नेतृत्व गरिराखेको थियो लगातार ३ वर्ष उच्च आर्थिक वृद्धिदर हासिल ग¥यौं । तर, जब हामीलाई सरकारबाट हटाउने काम भयो आज मुलुक चौतर्फी संटकमा छ ।’
खराब मौसमका कारण अधिवेशनको उद्घाटन सत्रमा अध्यक्ष केपी ओली, वरिष्ठ उपाध्यक्ष इश्वर पोखरेल भने सहभागी हुन सकेनन् ।महासचिव पोखरेलले मौसमको खराबीको कारणले यात्रालाई स्थगित गर्नुपरेको जानकारी अधिवेशनको उद्घाटन समारोहमा गराएका थिए ।
नेकपा एमाले गण्डकी प्रदेश कमिटीका अध्यक्ष नवराज शर्माको अध्यक्षतामा भएको उद्घाटन सत्रमा उपमहासचिव पृथ्वीसुब्बा गुरुङ, सचिव एवं गण्डकी इन्चार्ज गोकर्ण विष्ट, सचिव पद्मा अर्याल, स्थायी समिति सदस्य खगराज अधिकारी, थममाया थापालगायतले बोलेका थिए । अमरसिंहचौरमा भएको अधिवेशन समारोहमा विभिन्न चार स्थानबाट झाँकीसहितको र्याली पुगेको थियो । अधिवेशनको बन्दसत्र सोमबार बेलुकादेखि नै पोखरा सभागृहमा सुरु भएको छ ।
सम्बन्धित खबर
प्रधानन्यायाधीशमा तोडियो वरिष्ठताको परम्परा, बालेन सरकारले चौथो वरीयताका शर्मालाई प्रधानन्यायाधीश बनाउँदै
काठमाडौं जिल्लामा मात्रै २६ सय ८७ घरमा चलाइयो डोजर, झण्डै साढे १५ हजार विस्थापित
पोखरा विमानस्थल भ्रष्टाचार प्रकरणमा पूर्वमन्त्री कार्कीसहित १४ जनाविरुद्ध मुद्दा दायर
बालेनले आफ्ना मान्छेलाई प्रधानन्यायाधीश बनाउन अनेक जालझेल गर्दैछन्ः गगन थापा
स्थलमार्गबाट नेपाल आउने पर्यटकवाहक सवारी साधन अब अनलाइनबाटै दर्ता गर्न सकिने
कर्मचारीलाई १५-१५ दिनमा तलब भुक्तानी दिन महालेखाको निर्देशन
यो पनि पढौँ
कास्कीको रुपामा बुबाको हत्या गरेको आरोपमा छोरा पक्राउ
पाेखरामा सुकुम्बासीको आन्दोलन घोषणा
थापाथलीका अर्का सुकुम्बासीले पनि गरे आत्महत्या, एक महिला बेहोस
सुदनको आरोप- ‘बालेनमा हिटलर र मुसोलिनी बन्ने सपना जागेको देखिन्छ’