मापदण्ड नपुगेका बालगृहहरूलाई कानुनी दायरामा आउन निर्देशन

मापदण्ड नपुगेका बालगृहहरूलाई कानुनी दायरामा आउन निर्देशन

balgriha 4

पोखरा । जिल्ला समन्वय समिति कास्कीले बालगृहहरूसंग बार्षिक समिक्षा सहित अन्तक्रिया कार्यक्रम सम्पन्न गरेको छ। शुक्रबार कास्कीका विभिन्न गैर सरकारी संस्थाहरूद्वारा सञ्चालित बालगृहको अवस्था सञ्चालित परियोजनाको बार्षिक समिक्षा सहित कठिनाइ र निराकरणका उपाय सम्बन्धमा अन्तक्रिया गरिएको हो ।

कार्यक्रममा जिल्ला समन्वय समिति कास्कीका प्रमुख लिलाधर पौडेलले यशअघि आफुहरूले बालगृहहरूको स्थलगत अनुगमन गरेको र सो क्रममा देखिएका कमिकमजोरी सुधारका प्रदान गरेका सुझाव कार्यान्वयनको निम्ति ध्यानाकर्षण गराउदै पूर्ण कार्यन्वयन गराउने उद्देश्य सहित कार्यक्रम आयोजना गरिएको उल्लेख गरे।

पौडेलले कास्कीका अधिकाम्स बाल गृह थप बाल मैत्री हुनुपर्नेमा जोड दिदै मापदण्डको पूर्ण पालना गर्न निर्देशन दिए।

कास्कीका कतिपय बालगृह न्युनतम पूर्बाधार बिनै सञ्चालन भएको पाइएको हुँदा निश्चित समयावधि दिएर सुधार गर्न आग्रह गरीने र निर्देशन पालना नभएको पाइएमा कडा कारबाही हुने बताए।

कार्यक्रममा प्रदेश बाल अधिकार परिषदका समन्वय अधिकारी बद्री वाग्ले, गैरसरकारी संस्था महा संघका केन्द्रिय अध्यक्ष राम प्रसाद सुवेदी, गैरसरकारी संस्था महासंघ गण्डकीका अध्यक्ष गोपाल खड्का, गैरसरकारी संस्था महासंघ कास्कीका अध्यक्ष डाक्टर बुद्धि बहादुर थापा, जिल्ला प्रशासन कार्यालय कास्कीका शाखा अधिकृत नवराज बराल, लगाएतले मन्तव्य ब्यक्त गरेका थिए।

सो अवसरमा थ्री एन्जल्स नेपाल, अन्नपूर्ण एसोसिएसन नेपाल, असहाय बाल उपकार संघ, हेप्पी होम, लिटल बेल्स प्रतिज्ञा भुमि, स्टार चिल्ड्रेन, ॐ शिव शक्ति कल्याणी होम, कोपिला बालगृह, हिमालय लाइफ नेपाल, बालहितकारी परियोजना नेपाल, सृजना बालगृह लगायतका करिब २ दर्जन बालगृह सञ्चालक संस्थाहरूले बार्षिक समिक्षा प्रस्तुत गरेको जिल्ला समन्वय अधिकारी नबराज बरालले जानकारी दिए।

प्रमुख लिलाधर पौडेलको अध्यक्षतामा सम्पन्न कार्यक्रममा स्वागत उप–प्रमुख सरिता माल र सञ्चालन जिल्ला समन्वय अधिकारी नबराज बरालले गरेका थिए।

गण्डकी प्रदेशको अग्रणी अनलाइन गण्डक न्यूज विभिन्न प्लाटफर्ममा उपलब्ध छन्। सामाजिक सञ्जालहरूमा हाम्रो च्यानल सब्स्क्राइब गर्न यहाँ क्लिक गर्नुहोस्। जहाँ तपाईँ फेसबुक, ट्विटर, इन्स्टाग्राम, यूट्युब लगायतमा पनि हाम्रा सामाग्री हेर्न सक्नुहुन्छ। नयाँ खबर थाहा पाउनका लागि गण्डक न्यूज र हाम्रो अर्को आधिकारिक वेबसाइट गण्डकी न्यूज भिजिट गर्दै गर्नुहोला। साथै, माथि समाचार पढेपछि तपाईँको प्रतिक्रिया के छ? व्यक्त गर्नुहोला।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ


This will close in 4 seconds