युवा पुस्तामाझ भाइरल थेगो ‘उडी उडी चुप्पा’ बोलमा बनेको नयाँ गीतको म्यूजिक भिडियो सार्वजनिक भएको छ । सार्वजनिक भिडियोमा लक्ष्मण भण्डारी, चन्द्र गुरुङसँगै टिकटकबाट भाइरल भएका मोडलद्वय बिना राउत र आभा थापाले अभिनय गरेका छन् । भिडियोलाई पछिल्लो समयका चर्चित कोरियोग्राफर तथा निर्देशक मौसम हिमालीले निर्देशन गरेका हुन् ।
‘सार्वजनिक गीतको भिडियोमा निर्देशकले दुई जोडीको गज्जबको रोमान्स प्रस्तुत गरेका छन् । गीतको भावसँग मिल्ने गरि मोडल छनौट र कोरियोग्राफिको डिजाइन गरिएको हो । युवा पुस्तामाझ चर्चित थेगोमा आधारित रहेर बनेको गीत भएका कारण यो गीत पनि युवापुस्तामाझ चर्चित हुने अपेक्षा छ ।’ निर्देशक मौसम हिमालीले भने ।
लक्ष्मण भण्डारी युट्युब च्यानलबाट सार्वजनिक गीत उडी उडी चुप्पालाई तेजु मगर र उषा लामिछाने थापा मगरले संयुक्त रुपमा गाएका हुन् । गायक तेजु मगरकै संगीत रहेको गीतलाई हिरण मगरले लेखेका हुन् । एलबी डान्स एण्ड जुम्बाको प्रस्तुतीमा भिडिओ निर्माण भएको हो ।
मोडल समेत रहेका लक्ष्मण भण्डारीले काठमाडौंमै एलबी डान्स एन्ड जुम्बा कक्षा संचालन गरिरहेका छन् । उनी आफै मोडल सँगै नृत्य प्रशिक्षक समेत हुन् । लक्ष्मण यसअघि राजेशपायल राईको चर्चित गीत समयको खेलमा समेत अभियन गरेका थिए ।
नृत्य, मोडलिङ र अभिनयमा करिअर बनाउन संघर्षरत भण्डारीले पछिल्लो पटक सार्वजनिक भएको यो गीतबाट आफू निकै आशाबादी रहेको सुनाए । ‘चर्चित थेगोमा बनेको गीत, उत्कृष्ट कास्टिङ केमेस्ट्रि र मेकिङ भएका कारण यो भिडिओलाई दर्शकहरुले रुचाउनेमा म पूर्ण रुपमा विश्वस्त छु ।’ भण्डारीले भने, ‘आगामी दिनमा पनि दर्शकहरुलाई मन पर्ने यस्तै थुप्रै सृजनाहरु लिएर आईरहने नै छु ।’
लक्ष्मणजस्तै गीतमा अभिनय गरेका चन्द्र गुरुङ, विना राउत र आभा थापा पनि भिडिओबाट आफूहरु निकै आशाबादी रहेको प्रतिक्रिया दिए । सार्वजनिक भिडियोलाई राजेश घिमिरेले छायाँकन गरेका हुन् भने नविन घर्तीमगर यसका सम्पादक हुन् ।
सम्बन्धित खबर
‘बालेन शाह नेतृत्वको सरकार धेरै लामो समयसम्म जान्छ जस्तो लाग्दैन’
गुण्डुमा ओलीले भने– ‘लोभीपापी’ले पार्टी फुटाउन सक्छन्
दुई मन्त्रीलाई अँगालो मारेकाे फाेटाे सार्वजनिक गर्दै बालेनले लेखे– देश बनाउने टोली
कार्यालय समयमा फेसबुक चलाउन कर्मचारीलाई निषेध
अर्थमन्त्रीको बोलीमा ‘दुई तिहाइ’ को दम्भ
परराष्ट्रमन्त्री खनाल आइतबार चीन जाँदै, भारत भ्रमणमा जस्तो सीमाबारे चुप नबस्न ओलीको सुझाव
यो पनि पढौँ
शान्ति निकेतनमा कक्षा ११ का पहिलो ब्याचका विद्यार्थीलाई स्वागत र अभिमुखीकरण
बेगनास तालमा पौडी खेल्ने क्रममा डुबेर युवकको मृत्यु
एमाले अध्यक्ष ओली अस्पताल भर्ना
सडकबाट ट्रिपर खस्दा एक जनाको मृत्यु, चालक फरार