युवा पुस्तामाझ भाइरल थेगो ‘उडी उडी चुप्पा’ बोलमा बनेको नयाँ गीतको म्यूजिक भिडियो सार्वजनिक भएको छ । सार्वजनिक भिडियोमा लक्ष्मण भण्डारी, चन्द्र गुरुङसँगै टिकटकबाट भाइरल भएका मोडलद्वय बिना राउत र आभा थापाले अभिनय गरेका छन् । भिडियोलाई पछिल्लो समयका चर्चित कोरियोग्राफर तथा निर्देशक मौसम हिमालीले निर्देशन गरेका हुन् ।
‘सार्वजनिक गीतको भिडियोमा निर्देशकले दुई जोडीको गज्जबको रोमान्स प्रस्तुत गरेका छन् । गीतको भावसँग मिल्ने गरि मोडल छनौट र कोरियोग्राफिको डिजाइन गरिएको हो । युवा पुस्तामाझ चर्चित थेगोमा आधारित रहेर बनेको गीत भएका कारण यो गीत पनि युवापुस्तामाझ चर्चित हुने अपेक्षा छ ।’ निर्देशक मौसम हिमालीले भने ।
लक्ष्मण भण्डारी युट्युब च्यानलबाट सार्वजनिक गीत उडी उडी चुप्पालाई तेजु मगर र उषा लामिछाने थापा मगरले संयुक्त रुपमा गाएका हुन् । गायक तेजु मगरकै संगीत रहेको गीतलाई हिरण मगरले लेखेका हुन् । एलबी डान्स एण्ड जुम्बाको प्रस्तुतीमा भिडिओ निर्माण भएको हो ।
मोडल समेत रहेका लक्ष्मण भण्डारीले काठमाडौंमै एलबी डान्स एन्ड जुम्बा कक्षा संचालन गरिरहेका छन् । उनी आफै मोडल सँगै नृत्य प्रशिक्षक समेत हुन् । लक्ष्मण यसअघि राजेशपायल राईको चर्चित गीत समयको खेलमा समेत अभियन गरेका थिए ।
नृत्य, मोडलिङ र अभिनयमा करिअर बनाउन संघर्षरत भण्डारीले पछिल्लो पटक सार्वजनिक भएको यो गीतबाट आफू निकै आशाबादी रहेको सुनाए । ‘चर्चित थेगोमा बनेको गीत, उत्कृष्ट कास्टिङ केमेस्ट्रि र मेकिङ भएका कारण यो भिडिओलाई दर्शकहरुले रुचाउनेमा म पूर्ण रुपमा विश्वस्त छु ।’ भण्डारीले भने, ‘आगामी दिनमा पनि दर्शकहरुलाई मन पर्ने यस्तै थुप्रै सृजनाहरु लिएर आईरहने नै छु ।’
लक्ष्मणजस्तै गीतमा अभिनय गरेका चन्द्र गुरुङ, विना राउत र आभा थापा पनि भिडिओबाट आफूहरु निकै आशाबादी रहेको प्रतिक्रिया दिए । सार्वजनिक भिडियोलाई राजेश घिमिरेले छायाँकन गरेका हुन् भने नविन घर्तीमगर यसका सम्पादक हुन् ।
सम्बन्धित खबर
एमालेका युवराज र अष्टलक्ष्मीसहित तीन शीर्ष नेताले सक्रिय राजनीति छाडे
राष्ट्रपतिको प्रधानमन्त्रीलाई सुझाव– निर्वाचनको मितिमा दायाँबायाँ नहुने गरी ध्यान केन्द्रित गर्नू
पोखरा रंगशालामा पनि फ्लडलाइट जडान गरिनेछः कुलमान घिसिङ
अख्तियार पूर्वसचिव भीम उपाध्यायलगायतविरुद्ध सर्वोच्च पुग्यो
पोखरेललाई फकाउँदै ओली- घच्चमच्च भएको भए सरी, विरोधीले लखेटेका बेला साथ खोजेको हुँ
हाइकिङ निस्कँदा जंगलमा अचानक ढलेका भारतीय राजदूत श्रीवास्तवको मुटुको शल्यक्रिया
यो पनि पढौँ
चरक मेमोरियल हस्पिटलको १३ औं वार्षिकोत्सवमा विविध कार्यक्रम
‘पोखरा विन्टर फेष्ट’ आगामी शनिबार, चर्चित भारतीय कलाकार सञ्जु राठोडको प्रस्तुती रहने
इन्धनबाट चल्ने गाडीहरु विस्थापन हुँदा सयौँ मजदुरहरु पलायन हुने स्थिति आयोः श्रेष्ठ
पोखरेललाई फकाउँदै ओली- घच्चमच्च भएको भए सरी, विरोधीले लखेटेका बेला साथ खोजेको हुँ