काठमाडौं । आश्विन शुक्ल पूर्णिमामा कार्तिक ११ गते शनिबार खण्डग्रास चन्द्रग्रहण लाग्ने नेपाल पञ्चांग निर्णायक विकास समितिले जनाएको छ।
राति १:१९ बजे स्पर्श हुने चन्द्रग्रहणको सुतक दिउँसो ४:१९ बजेदेखि सुरु हुने समितिका सदस्य समेत रहेका धर्मशास्त्रविद् प्राडा देवमणि भट्टराईले जानकारी दिए। राति २:३८ बजे ग्रहणको मोक्ष अर्थात समाप्त हुने समितिले स्वीकृति दिएका पात्रोमा उल्लेख छ।
आजको खण्डग्रास चन्द्रग्रहण नेपालमा स्पष्ट देखिनेछ । ग्रहण एसिया अफ्रिका र युरोपबाट पनि देखिनेछ जनाइएको छ । आजको चन्द्रग्रहण हेर्दा कुनै सावधानी अपनाउन पर्ने छैन, यसै खुला ठाउँबाट स्पष्ट देख्न सकिन्छ । नेपालबाट यसपछि २०८१ भदौमा मात्रै चन्द्रग्रहण देखिनेछ ।
आजको चन्द्रग्रहणसम्बन्धी जानकारी
- कात्तिक ११ गते राति १:२० मा ग्रहणको प्रारम्भ हुने र समाप्ति राति २:३८ मा हुने
- चन्द्रमाको पूर्वपट्टिको भाग काटिएको जस्तोमात्रै देखिने
- यो ग्रहण १ घण्टा १८ मिनेटसम्म देख्न सकिने
- नेपालबाट यसपछि २०८१ भदौमा मात्रै चन्द्रग्रहण देखिने
- चन्द्रग्रहण हेर्दा कुनै सावधानी अपनाउन नपर्ने, यसै खुला ठाउँबाट स्पष्ट देख्न सकिने
- शनिबारको कोजाग्रत पूर्णिमाको पूजामा यसले कुनै असर नपार्ने शास्त्रीय निर्णय
- धर्मशास्त्रलाई मान्ने हो भने मिथुन, कर्कट, वृश्चिक, कुम्भ राशिले बाहेक अरुले हेर्न नहुने
सम्बन्धित खबर
प्रस्तावित प्रधानन्यायाधीश शर्माविरुद्ध उजुरी आह्वान, १० दिनको समयसीमा
रास्वपाले आफ्ना सांसदलाई आजदेखि संसदीय अभ्यास र नेतृत्व विकास सम्बन्धी प्रशिक्षण दिँदै
सर्वोच्चले भन्यो– ‘सुकुमवासीलाई जबर्जस्ती नहटाउनू’
सुधारको नाममा राज्यका संस्थाहरू क्रमश: व्यक्ति केन्द्रित बनाइँदैछ: ओली
हर्कको श्रम संस्कृति पार्टीमा सुदन, बने वरिष्ठ नेता
प्रधानन्यायाधीश सिफारिसमा आपत्ति जनाउँदै हर्कले भने- चुपचाप घण्टी छापको करामत !
यो पनि पढौँ
कास्कीको रुपामा बुबाको हत्या गरेको आरोपमा छोरा पक्राउ
पाेखरामा सुकुम्बासीको आन्दोलन घोषणा
पोखरा विमानस्थल भ्रष्टाचार प्रकरणमा पूर्वमन्त्री कार्कीसहित १४ जनाविरुद्ध मुद्दा दायर
सुदनको आरोप- ‘बालेनमा हिटलर र मुसोलिनी बन्ने सपना जागेको देखिन्छ’