काठमाडौँ उपत्यका मेयर्स फोरम काठमाडौँ महानगरपालिकाका मेयर बालेन शाहलाई आफ्नो अभिव्यक्ति प्रमाणित गरेर देखाउन चुनौती दिएको छ । शुक्रबार एक विज्ञप्ति जारी गर्दै मेयर्स फोरमले मेयर बालेनले दिएको अभिव्यक्ति अशोभनीय, अमर्यादित, खेदपूर्ण र भ्रमपूर्ण रहेको ठहर गरेको हो ।
मेयर बालेनले निजी कम्पनीबाट पैसा खाएर उपत्यका मेयर फोरमको बैठक बोलाइएको गम्भीर आरोप लगाएका थिए । यही कात्तिक १४ गते ललितपुर महानगरपालिकाको अध्यक्षतामा बसेको फोरमको बैठक बिचैमा छाडेर बाहिरिएका शाहले सामाजिक सञ्जालमार्फत यस्तो आरोप लगाएका थिए ।
बालेनको अभिव्यक्तिपछि शुक्रबार उपत्यका मेयर्स फोरमका महासचिव तथा चन्द्रागिरि नगरपालिकाका नगर प्रमुख घनश्याम गिरीले विज्ञप्ति जारी गर्दै भनेका छन्,‘बैठकमा प्रस्तावित पहिलो ऐजेण्डा नेपवेष्ट, जसलाई फोहोरमैला व्यवस्थापन गर्न लगानी बोर्डले अन्तर्राष्ट्रिय बोलपत्र विधिद्वारा छनौट गरिएको संस्था, जसलाई काठमाडौँ महानगरपालिकाले समेत २०७८/११/१३ मा स्वीकृतिका लागि संघीय मामिला तथा स्थानीय विकास मन्त्रालयमा पत्राचार गरिसकेको थियो । सो सन्दर्भमा काठमाडौँ उपत्यकाको फोहोरमैला व्यवस्थापन दीर्घकालीन एवं एकीकृत रूपमा कसरी व्यवस्थापन गर्न सकिन्छ भन्ने उद्देश्यले छलफल गर्न लागिएको उक्त बैठकको विषयलाई लिएर काठमाडौँ महानगरपालिकाका प्रमुख बालेन्द्र साहज्यूले २०८० कार्तिक १५ गते सामाजिक सञ्जाल मार्फत् दिनुभएको अभिव्यक्ति अत्यन्तै अशोभनीय अमर्यादित, खेदपूर्ण र भ्रमपूर्ण छ । उक्त अभिव्यक्ति प्रमाणित गरी देखाउन समेत चुनौती दिइन्छ ।’
यस्तै, महासचिव गिरीले उपत्यका मेयर्स फोरमको कामकारवाहीप्रति विश्वस्त रहन आग्रह गरेका छन् ।

सम्बन्धित खबर
अर्थमन्त्रीको बोलीमा ‘दुई तिहाइ’ को दम्भ
परराष्ट्रमन्त्री खनाल आइतबार चीन जाँदै, भारत भ्रमणमा जस्तो सीमाबारे चुप नबस्न ओलीको सुझाव
आफूमाथि प्रश्न गर्ने सांसदलाई अर्थमन्त्रीको चेतावनी- तपाईंहरूका काण्ड पनि खुल्नेछन्
एमाले अध्यक्ष ओली अस्पताल भर्ना
बालेननिकट नेतासँग कोशी प्रदेश सभापतिमा हारेपछि सरिनले छाडिन् रास्वपा
घर भत्काइएका सुकुम्बासीसँग गृहमन्त्री सुधनले माफी मागे
यो पनि पढौँ
शान्ति निकेतनमा कक्षा ११ का पहिलो ब्याचका विद्यार्थीलाई स्वागत र अभिमुखीकरण
प्रतिभाले नयाँ विद्यार्थीलाई सपथ खुवाउँदै गर्यो स्वागत
बेगनास तालमा पौडी खेल्ने क्रममा डुबेर युवकको मृत्यु
सचिवको एसएमएसमाथि प्रधानमन्त्री पदमा रहेकाबाट गरिएको ‘मजाक’लाई मन्त्री, सांसदको साथ