शनिबार निधन भएका पुतली बाजे (कलिन स्मिथ) लाई अन्तिम श्रद्धाञ्जलीका लागि पृथ्वीनारायण क्याम्पस परिसरमा राखिने भएको छ ।
पोखराका मेयर धनराज आचार्यका अनुसार सोमबार पूर्वान्ह १० बजेदेखि क्याम्पस स्थित पुतली संग्रहालयको प्रांगणमै उनको शव श्रद्धाञ्जलीका लागि राखिने भएको हो ।
मेयर आचार्यले स्व. कलिन स्मिथप्रति माया, सद्भाव र सम्मान प्रकट गर्न र अन्तिम बिदाई कार्यक्रममा सहभागी हुन अनुरोध गरेका छन् ।
मेयर आचार्यले भने– ‘जब उहाँ नेपाल आउनुभयो त्यसपछि नेपाल नै घर बनाउनुभयो । जीवनको ५७ वर्ष नेपाल र अझै पोखरा नै उहाँको घर बन्यो । नेपाली भएर मर्न पाउँ भन्ने चाहना राख्नुभएका उहाँको हामी र हाम्रो देशप्रति अगाध माया रह्यो । अन्तिम श्रद्धाञ्जलीका लागि आम पोखरेलीलाई म सहभागी हुनुहुन अनुरोध गर्दछु ।’
पृथ्वी नारायण क्याम्पसको अन्नपूर्ण संग्रहालयमा वैज्ञानिक रुपले पुतलीहरुको संरक्षण गर्ने व्यक्ति उनी नै हुन् । जहाँ उनको देह राखी श्रद्धाञ्जली अर्पण गरिँदैछ ।
पेटको रोगबाट ग्रसित स्मिथ लामो समयदेखि हरियो खर्क अस्पताल, पोखरामा उपचाररत थिए । जहाँ उनले शनिबार बिहान करिब ३ बजे ८७ वर्षको उमेरमा देह त्याग गरे ।
वि.सं.१९९३ मंसिर ९ मा बेलायतमा जन्मेका कलिन २०२२ माघमा ३० वर्षको उमेरमा पोखरा आएका थिए । उनले नागरिकता पाउन नेपाल छिरेको ५४ वर्ष कुर्नुपर्यो ।
२०७६ साल कात्तिक २९ गते मन्त्रिपरिषद् बैठकले स्मिथलाई सम्मानार्थ नागरिकता दिने निर्णय गर्यो । मन्त्रिपरिषदको उक्त निर्णय अनुसार २०७६ मंसिर १६ गते पुतली बाजेले कास्की प्रशासनबाट नागरिकता पाए ।

नेपाल सरकारबाट सम्मानार्थ नागरिकता पाउनेमा उनी भूगोलविद टोनी हेगन, सगरमाथा आरोही एडमन्ड हिलारी पछिका तेस्रा व्यक्ति बने । हरेक भेटमा जो कोहीसँग पनि पुतली बाजेले नेपाली नागरिक भएर मर्न पाउँ भन्ने इच्छा जाहेर गर्थे ।
“जीवन त नेपालमै बिताइयो, नागरिकता पाइयो भने नेपाली भएर मरिन्थ्यो, म क्रिश्चियन हुँ । तर मेरो लास सेतीमा जलाइदिनू है,” उनी भन्थे ।
उनले ४० जिल्लामा गएर करिव २५ हजार पुतली संग्रह गरी हरेकको नामकरण गरे । नेपालमा पाइने ६६० प्रजातीका पुतली मध्ये उनले करिव ५५० प्रजातीका पुतली भेट्टाए ।

बीबीसीले उनको बारेमा प्रकाशित गरेको लेखः
सम्बन्धित समाचारः
रहेनन् ‘पुतली बाजे’, ८७ वर्षमा अस्ताए
सम्बन्धित खबर
एन प्याब्सनको बृहत् बाल प्रतिभा पहिचान महोत्सव तथा खेलकुद, १५ सय विद्यार्थी प्रतिस्पर्धा गर्दै
पोखराका मेयरको घरमा आगजनी र लुटपाट गर्ने रास्वपाका वडा सभापतिसहित ४ जना कारागार चलान
पश्चिमाञ्चल इन्जिनियरिङ क्याम्पसमा पहिलो सेमेस्टरका नयाँ विद्यार्थीलाई अभिमुखीकरण
पोखरा उद्योग व्यापार मेलाको आकर्षण: क्यान इन्फोटेक-२०८२, UNV ले गर्यो सहकार्य
पर्यटन प्रवर्द्धन गर्न पोखरामा दाइँ महोत्सव
शान्ति निकेतन विद्यालयमा वार्षिक खेलकुद महोत्सव सुरु
यो पनि पढौँ
पोखराका मेयरको घरमा आगजनी र लुटपाट गर्ने रास्वपाका वडा सभापतिसहित ४ जना कारागार चलान
कास्कीका प्रमोद ढकाललाई यौन दुरुपयोग गरेको अभियोगमा बेलायतमा २५ वर्षको जेल सजाय
प्रेमीको हत्या गरेपछि २० वर्षीया युवतीले गरिन् शवसँग बिहे
एभरग्रीन एकेडेमीका विद्यार्थीले प्रस्तुत गरे ‘कल्चरल शो’