शनिबार निधन भएका पुतली बाजे (कलिन स्मिथ) लाई अन्तिम श्रद्धाञ्जलीका लागि पृथ्वीनारायण क्याम्पस परिसरमा राखिने भएको छ ।
पोखराका मेयर धनराज आचार्यका अनुसार सोमबार पूर्वान्ह १० बजेदेखि क्याम्पस स्थित पुतली संग्रहालयको प्रांगणमै उनको शव श्रद्धाञ्जलीका लागि राखिने भएको हो ।
मेयर आचार्यले स्व. कलिन स्मिथप्रति माया, सद्भाव र सम्मान प्रकट गर्न र अन्तिम बिदाई कार्यक्रममा सहभागी हुन अनुरोध गरेका छन् ।
मेयर आचार्यले भने– ‘जब उहाँ नेपाल आउनुभयो त्यसपछि नेपाल नै घर बनाउनुभयो । जीवनको ५७ वर्ष नेपाल र अझै पोखरा नै उहाँको घर बन्यो । नेपाली भएर मर्न पाउँ भन्ने चाहना राख्नुभएका उहाँको हामी र हाम्रो देशप्रति अगाध माया रह्यो । अन्तिम श्रद्धाञ्जलीका लागि आम पोखरेलीलाई म सहभागी हुनुहुन अनुरोध गर्दछु ।’
पृथ्वी नारायण क्याम्पसको अन्नपूर्ण संग्रहालयमा वैज्ञानिक रुपले पुतलीहरुको संरक्षण गर्ने व्यक्ति उनी नै हुन् । जहाँ उनको देह राखी श्रद्धाञ्जली अर्पण गरिँदैछ ।
पेटको रोगबाट ग्रसित स्मिथ लामो समयदेखि हरियो खर्क अस्पताल, पोखरामा उपचाररत थिए । जहाँ उनले शनिबार बिहान करिब ३ बजे ८७ वर्षको उमेरमा देह त्याग गरे ।
वि.सं.१९९३ मंसिर ९ मा बेलायतमा जन्मेका कलिन २०२२ माघमा ३० वर्षको उमेरमा पोखरा आएका थिए । उनले नागरिकता पाउन नेपाल छिरेको ५४ वर्ष कुर्नुपर्यो ।
२०७६ साल कात्तिक २९ गते मन्त्रिपरिषद् बैठकले स्मिथलाई सम्मानार्थ नागरिकता दिने निर्णय गर्यो । मन्त्रिपरिषदको उक्त निर्णय अनुसार २०७६ मंसिर १६ गते पुतली बाजेले कास्की प्रशासनबाट नागरिकता पाए ।

नेपाल सरकारबाट सम्मानार्थ नागरिकता पाउनेमा उनी भूगोलविद टोनी हेगन, सगरमाथा आरोही एडमन्ड हिलारी पछिका तेस्रा व्यक्ति बने । हरेक भेटमा जो कोहीसँग पनि पुतली बाजेले नेपाली नागरिक भएर मर्न पाउँ भन्ने इच्छा जाहेर गर्थे ।
“जीवन त नेपालमै बिताइयो, नागरिकता पाइयो भने नेपाली भएर मरिन्थ्यो, म क्रिश्चियन हुँ । तर मेरो लास सेतीमा जलाइदिनू है,” उनी भन्थे ।
उनले ४० जिल्लामा गएर करिव २५ हजार पुतली संग्रह गरी हरेकको नामकरण गरे । नेपालमा पाइने ६६० प्रजातीका पुतली मध्ये उनले करिव ५५० प्रजातीका पुतली भेट्टाए ।

बीबीसीले उनको बारेमा प्रकाशित गरेको लेखः
सम्बन्धित समाचारः
रहेनन् ‘पुतली बाजे’, ८७ वर्षमा अस्ताए
सम्बन्धित खबर
मर्दी हिमाल पदयात्रामा गएका पोखराका तीन युवक बादलडाँडा क्षेत्रबाट सम्पर्कविहीन
बिक्रेतालाई ग्यास सञ्चित गरेर नराख्न आग्रह
पोखराको फिर्केखोला अतिक्रमण मुक्त बनाउने अभियान बीचमै रोकेपछि महानगरलाई ध्यानाकर्षण
संघीय कानुनसँग बाझिएपछि गण्डकी प्रदेश प्रमुख भट्टले प्रमाणीकरण नगरी फिर्ता गरे गाँजा विधेयक
लोकगीतमै नेपालीपन देख्ने जनकविकेशरी थापाको योगदान अविष्मरणीयः प्रदेश प्रमुख भट्ट
पोखराको पालिखेचोकमा मोटरसाइकल दुर्घटना, पर्वतका २४ वर्षीय सुनारको मृत्यु
यो पनि पढौँ
प्रतिभाका सबिन देशभरमै तेस्रो, गण्डकीमा पहिलो
मर्दी हिमाल पदयात्रामा गएका पोखराका तीन युवक बादलडाँडा क्षेत्रबाट सम्पर्कविहीन
दुई किशोरीलाई गेस्ट हाउसमा लगेर सामूहिक बलात्कार गरेको आरोपमा दुई जना पक्राउ
पाकिस्तानमा हिमपहिरोमा हराइरहेका निम्सदाइ सहित अन्य पाँच नेपाली जीवित भेटिने आशा कमजोर, युक्तको शव निकालियो