पोखराको सारङकोटस्थित नयाँ गाउँ रिसोर्टले विशेष अफर ल्याएको छ । रिसोर्टले नेपालीको दोस्रो ठूलो महान चाड तिहारलाई लक्षित गर्दै आकर्षक प्याकेजसहितको छुट अफर ल्याएको जानकारी दिएको छ ।
उक्त अफर अन्तर्गत जोडीका लागि ३ हजार ५०० रूपैयाँमै डिनर, ब्रेकफास्ट र नाइटस्टे प्याकेज ल्याएको बताएको छ । एक व्यक्तिका लागि भने २ हजार ५०० रुपैयाँमा उक्त प्याकेज पाइने र रिसोर्टमा नाइटस्टे गर्ने गेस्टहरूका लागि विभिन्न एड्भेन्चर एक्टिभिटीमा ५० प्रतिशत भन्दा धेरै छुट दिने रिसाेर्टका सञ्चालक विष्णु धितालले जानकारी दिए ।
उक्त रिसोर्टबाट साराङकोटको प्राकृतिक सौन्दर्यसहित मनमोहक हिमश्रृंखला, फेवाताल, पोखरा उपत्यका, फेवाताल लगायतको दृश्यावलोकन गर्न सकिन्छ । करिब २०० रोपनी क्षेत्रफलमा फैलियको रिसोर्टमा एग्रो टुरिजम तथा एड्भेन्चर गतिविधिको आनन्द लिन सकिन्छ ।
अर्गानिक खानाको साथै रिसोर्टमै पालेको कालिज, लोकल कुखुरा, खसीबोका, खरायो लगायतको मासुबाट बनेको उत्कृष्ट परिकार पाइने धितालले बताए । साथै, स्थानीय गाईभैँसीको दही, घिउ, महीको स्वाद लिन सकिने छ भने रिसोर्टको फर्ममै उत्पादन भएको मह समेत खान सकिने उनकाे दाबी छ ।
९ वटा छुट्टा छुट्टै भिल्ला, रेस्टुरेन्ट, टी–हाउस रहेको रिसोर्टमा ५० जनासम्म सजिलै बास बस्न सकिनेछ । रिसोर्टको अन्य आकर्षणको रूपमा सिंगल स्वीङ, एरोप्लेन स्वीङ, स्काईट्री वाक, रेन्बो ब्रिज जस्ता एड्भेन्चर कार्य गर्न सकिन्छ । बालबालिकाका लागि छुट्टै चिल्ड्रेन पार्क समेत रहेको उक्त रिसोर्टमा प्राकृतिक रूपमा बनेको एड्भेन्चर गुफा, बाघको ओडार लगायत अवलोकन गर्न सकिने रिसाेर्टले जनाएको छ ।
सम्बन्धित खबर
सडकबाट ट्रिपर खस्दा एक जनाको मृत्यु, चालक फरार
श्याम स्मृति फुटबल प्रतियोगिता २६ वर्षपछि पुनः सञ्चालनमा
सरकारी विज्ञापन नीतिविरुद्ध स्याङ्जाका पत्रकारको दबाब, प्रधानमन्त्रीलाई हस्ताक्षरसहित मागपत्र
पूर्वविद्यार्थीको पहलमा भीरकोटका दुई विद्यालयमा कम्प्युटर सहयोग
बेगनास तालमा पौडी खेल्ने क्रममा डुबेर युवकको मृत्यु
नेपाल पत्रकार महासंघ स्याङ्जाद्वारा तीन पूर्व अध्यक्षलाई सम्मान
यो पनि पढौँ
उच्चतम् ४ जीपीए ल्याउने २८ जना विद्यार्थीले रोजे प्रतिभा मावि
शान्ति निकेतनमा कक्षा ११ का पहिलो ब्याचका विद्यार्थीलाई स्वागत र अभिमुखीकरण
प्रतिभाले नयाँ विद्यार्थीलाई सपथ खुवाउँदै गर्यो स्वागत
बेगनास तालमा पौडी खेल्ने क्रममा डुबेर युवकको मृत्यु