पोखरा । छैठौं संस्करणको मिस मगर नेपाल–२०२३ का अन्तिम १० प्रतिस्पर्धीले सेल्फ ट्यालेण्ट राउण्डमा आ–आफ्ना विभिन्न प्रस्तुती राखेका छन् ।
शनिबार होटल पोखरा ग्राण्डमा आयोजित सेल्फ ट्यालेण्ट राउण्ड कार्यक्रममा अधिकांशले नृत्य प्रस्तुत गरे भने केही कविता वाचन, अभिनय र विषयगत प्रस्तुती राखे । पूर्वको उदयपुरदेखि पश्चिमको सुर्खेतसम्मका मिस मगर नेपालका प्रतियोगीले आ–आफ्ना अन्तरनिहित प्रतिभा प्रस्तुत गरेका हुन् । सेल्फ ट्यालेण्ट राउण्डको प्रमुख निर्णायकमा मेजन पुन, निर्णायकत्रयमा गोविन्द पुन, शान्ति श्रीस र दिलीप राना रहेका थिए ।
कार्यक्रमको उद्घाटन गर्दै गण्डकी प्रदेश प्रहरी प्रमुख प्रहरी नायब महानिरीक्षक बुद्धिराज गुरुङले अहिलेका युवा पुस्तालाई विदेश पलायन हुने सपना नदेख्न सुझाव दिए । आफ्नै देशमा बसेर केही गर्ने सोंच बनाउनुपर्ने आवश्यकता औंल्याउँदै उनले पैसालाई मात्रै सबैथोक ठान्न नहुने धारणा व्यक्त गरे । आफ्नो मातृभाषा, संस्कार, संस्कृतिबारे युवा पुस्तालाई सचेत बनाउने उद्देश्यले मिस मगरको आयोजना गरेकोमा खुशी लागेको जनाउँदै प्रहरी नायब महानिरीक्षक गुरुङले मगर समुदायलाई नीति निर्माण तहमा पु¥याउन स्वदेशमै बस्ने वातावरण बनाउनुपर्ने बताए।
नेपाल मगर संघका केन्द्रीय कोषाध्यक्ष पूर्णबहादुर रानाले मगर समुदायको पहिचानलाई स्थापित गर्न यस्ता कार्यक्रमले सहयोग पुग्ने बताउँदै युवा पुस्तामा आफ्नो पहिचानप्रति चासो जगाउनुपर्ने आवश्यकता औंल्याए । नेपाल मगर संघ, गण्डकी प्रदेशकी अध्यक्ष तारामाया थापाले मिस मगर प्रतियोगीहरूलाई देशको नेतृत्व गर्ने जनशक्ति बन्ने गरी अघि बढ्न शुभकामना दिए । नेपाल मगर संघ, कास्कीका सचिव लालबहादुर रानाले मगर समुदायको हितमा हुने कार्यका लागि नेपाल मगर संघ सधैं साथमा रहेको धारणा व्यक्त गरे ।
कार्यक्रममा मिस मगर नेपालका कार्यक्रम निर्देशक सुरज थापाले कार्यक्रमका बारेमा बोलेका थिए भने मिस मगर नेपालका निर्देशक तथा नेपाल मगर संघ, कास्कीका संस्कृति बिभाग प्रमुख शिव थापाले स्वागत गरेका थिए ।
कार्यक्रम संयोजक रूद्रबहादुर श्रीसको अध्यक्षतामा भएको कार्यक्रमको सञ्चालन मिस मगर नेपाल २०२२ की थर्ड रनरअप तथा कोरियोग्राफर प्रियंका गर्बुजाले गरेकी थिइन् ।
“मगर भाषा, संस्कृतिको उत्थान, प्रतिभाको प्रस्फुटन, हाम्रो अभियान” भन्ने मूल नाराका साथ एसटी क्रियशनद्वारा आयोजित छैठौं संस्करणको मिस मगर नेपालको ग्राण्ड फिनाले भने यही कात्तिक २४ गते होटल पोखरा ग्राण्डीमै भब्य साँस्कृतिक कार्यक्रम सहित हुने कार्यक्रम संयोजक रूद्रबहादुर श्रीसले जानकारी दिए । सोल फेशन काठमाण्डौ र आई.एफ.सी. फेशन कलेज पोखराद्धारा निर्माण गरिएको कलात्मक पोशाकमा सजिएर उत्कृष्ट १० प्रतियोगिहरुले करिब एक महिना सम्म सिकेका कुराहरुलाई ग्राण्ड फिनालेमा प्रस्तुत गर्दैछन् । सुस्मिता पुन, सनम गर्बुजा, मिलन थापा र प्रियंका गर्बुजाको कोरियोग्राफी रहने मिस मगर नेपाल २०२३ को अन्तिम प्रतिस्पर्धीका रुपमा बबिता बाकाबल, विनु राना, दिवा पाइजा, एलिना थापा, चिना पुन, दीक्षा थापा, सलिना राना, उमा पुन, कविता थापा र खगी थापारहेका छन् ।
सम्बन्धित खबर
कृषि एम्बुलेन्स पाएपछि वालिङका किसानलाई राहत
मर्दी हिमाल पदयात्रामा गएका पोखराका तीन युवक बादलडाँडा क्षेत्रबाट सम्पर्कविहीन
बिक्रेतालाई ग्यास सञ्चित गरेर नराख्न आग्रह
स्याङ्जाका कृषकलाई साढे दुई करोडभन्दा बढी अनुदान
ग्यास कृत्रिम अभाव सिर्जना नगर्न प्रशासनको आग्रह
स्याङ्जामा वर्षभर १७६ व्यवसायको अनुगमन, ९० हजार रुपैयाँ जरिवाना
यो पनि पढौँ
प्रतिभाका सबिन देशभरमै तेस्रो, गण्डकीमा पहिलो
मर्दी हिमाल पदयात्रामा गएका पोखराका तीन युवक बादलडाँडा क्षेत्रबाट सम्पर्कविहीन
दुई किशोरीलाई गेस्ट हाउसमा लगेर सामूहिक बलात्कार गरेको आरोपमा दुई जना पक्राउ
पाकिस्तानमा हिमपहिरोमा हराइरहेका निम्सदाइ सहित अन्य पाँच नेपाली जीवित भेटिने आशा कमजोर, युक्तको शव निकालियो