काठमाण्डौ। प्रहरीले देशका विभिन्न स्थानबाट जुवातास खेल्दै गरेका २८ जनालाई नगदसहित पक्राउ गरेको छ।
चाडबाड लागेसँगै देशका विभिन्न स्थानमा अवैध जुवातास खेल्दै गरेका उनीहरूलाई झन्डै ३ लाख बढी रकम सहित प्रहरीले पक्राउ गरेको।
यसरी पक्राउ पर्नेहरूमा लमजुङ, चितवन, पर्सा र सुर्खेत जिल्लाका छन्।
प्रहरीका अनुसार लमजुङको मध्यनेपाल नगरपालिका-६ मिलनटोल बस्ने लक्ष्मण कुँवरको घरमा जुवातास खेलिरहेको अवस्थामा कुँवरसमेत ८ जनालाई गएराति प्रहरीले पक्राउ गरेको छ ।
ईलाका प्रहरी कार्यालय भोर्लेटारबाट खटिएको प्रहरीले उनीहरूलाई नगद १ लाख ६० हजार ६ सय ८५ रूपैयाँ १ बुक ताससहित पक्राउ गरेको हो ।
यस्तै, चितवनको भरतपुर महानगरपालिका-१८ शसिनगरस्थित बिमल पराजुलीको गोठमा कौडा खेलिरहेको अवस्थामा सोही महानगरपालिका-१८ बस्ने ४६ वर्षीय प्रकाश विष्ट समेत ११ जनालाई गएराति प्रहरीले पक्राउ गरेको छ ।
ईलाका प्रहरी कार्यालय फुलबारी, ईलाका प्रहरी कार्यालय चनौली र अस्थायी प्रहरी चौकी शारदानगरबाट संयुक्त रूपमा खटिएको टोलीले उनीहरूलाई नगद ३७ हजार ६ सय २५ रूपैयाँ र १६ थान कौडासहित पक्राउ गरेको हो ।
यता, पर्सा बहुदरमाई गाउँपालिका-४ बहुअरीस्थित बाँसघारीबाट कौडा खेलिरहेको अवस्थामा सोही ठाउँ बस्ने ३२ वर्षीय जोलेन्द्र प्रसाद यादव समेत २ जनालाई शनिबार राति प्रहरीले पक्राउ गरेको छ ।
प्रहरी चौकी डकैलाबाट खटिएको प्रहरीले उनीहरूलाई नगद १४ हजार ८ सय ५ रूपैयाँ र कैडा १ थानसहित पक्राउ गरेको हो । भने, सुर्खेत वीरेन्द्रनगर नगरपालिका-१२ कहरे खोला बस्ने ३१ वर्षीय टंक प्रसाद पौडेलको घरमा जुवातास खेलिरहेको अवस्थामा पौडेलसमेत ७ जनालाई गएराति प्रहरीले पक्राउ गरेको छ ।
जिल्ला प्रहरी कार्यालय सुर्खेतबाट खटिएको प्रहरीले उनीहरूलाई नगद ९५ हजार ८ सय २० रूपैयाँ र ३ बुक ताससहित पक्राउ गरेको हो ।
पक्राउ परेका सबैमाथि आवश्यक अनुसन्धान भइरहेको प्रहरीले बताएको छ ।
सम्बन्धित खबर
पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीलाई एमालेले बनायो सम्मानित वरिष्ठ नेता
डोल्पाको जुफालमा अवतरणका क्रममा सीता एयरको विमानको चक्का फुत्कियो
रास्वपा पपुलिजम र अराजकताको जगमा उभिएको शक्ति हो, सफल हुँदैन: प्रदीप ज्ञवाली
बालेनबाट कार्यवाहक प्रधानमन्त्री पाएको भोलिपल्टै राष्ट्रपति भेट्न पुगे अर्थमन्त्री वाग्ले
ठूलो पानी पर्ने भएकोले उच्च सतर्कता अपनाउन आग्रह
ट्राफिकसँगकाे विवादपछि त्रिपुरेश्वरमा चालकले बसमा आगो लगाए
यो पनि पढौँ
ट्राफिकसँगकाे विवादपछि त्रिपुरेश्वरमा चालकले बसमा आगो लगाए
पोखराबाट आजदेखि फ्लाई दुबईको नियमित उडान, पानीको फोहराले स्वागत गरिँदै
एलपी ग्यास प्रतिसिलिन्डर २ हजार ६० रुपैयाँ भन्दा बढीमा बेच्न नपाइने
अमेरिका जान लागेका प्रधानमन्त्री एवं वरिष्ठ नेता बालेनलाई रास्वपाले दियो यस्तो निर्देशन