राजा ल्याउन खोज्ने चेष्टा नगर्न नेकपा एसका अध्यक्ष नेपालको चेतावनी

राजा ल्याउन खोज्ने चेष्टा नगर्न नेकपा एसका अध्यक्ष नेपालको चेतावनी

madhav-kumar-nepal

सुर्खेत । नेकपा एकिकृत समाजवादीका अध्यक्ष माधव कुमार नेपालले राष्ट्रपतिलाई दोष दिएर राजा ल्याउन खोज्ने चेष्टा नगर्न चेतावनी दिएका छन् ।

विरेन्द्रनगरमा आज आयोजित पत्रकार सम्मेलनमा बोल्दै अध्यक्ष नेपालले यस्तो चेतावनी दिएका हुन् । सरकारले गलत काम गरे सरकारका विरुद्ध उभिनुपर्नेमा व्यवस्थाको विरुद्ध उभिने काम भएको उनको भनाई छ ।

राजावादीहरुले ठुलो हुंकार गरेर काठमाडौंमा आन्दोलन गरेपनि त्यो उपलब्धी विहिन भएको भन्दै अध्यक्ष नेपालले व्यवस्था माथि गरिएको प्रहार सैह्य नहुने चेतावनी दिए ।

अर्को प्रसंगमा उनले देशमा आर्थिक समस्या रहेको स्वीकार गर्दै अर्थतन्त्र जुन गतिमा अघि बढ्नुपर्ने हो त्यो अनुसार अघि बढ्न नसकेको बताए ।

गण्डकी प्रदेशको अग्रणी अनलाइन गण्डक न्यूज विभिन्न प्लाटफर्ममा उपलब्ध छन्। सामाजिक सञ्जालहरूमा हाम्रो च्यानल सब्स्क्राइब गर्न यहाँ क्लिक गर्नुहोस्। जहाँ तपाईँ फेसबुक, ट्विटर, इन्स्टाग्राम, यूट्युब लगायतमा पनि हाम्रा सामाग्री हेर्न सक्नुहुन्छ। नयाँ खबर थाहा पाउनका लागि गण्डक न्यूज र हाम्रो अर्को आधिकारिक वेबसाइट गण्डकी न्यूज भिजिट गर्दै गर्नुहोला। साथै, माथि समाचार पढेपछि तपाईँको प्रतिक्रिया के छ? व्यक्त गर्नुहोला।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ


This will close in 4 seconds