नेपाली चलन र संस्कृति सच्चिकै अनुपम र मौलिक छन । किनकि ती सबै संस्कृतिभित्र नेपालीपन त छन नै,साथमा त्यसको समय सान्दर्भिकता पनि उत्ति नै उचो पाईन्छ । आज साउन १५ गते नेपालीहरुको सास्कृतिक परम्परा अनुसार आज खिर खाएर मनाइदै छ । कृषिप्रधान देश भएकाले कृषकले धान रोपेर काम सकेपछि खुसियाली स्वरुप खिर खाने चलन चलेको हो ।
मानव सभ्यतासंगै मानव र दूधको एउटा नमेटिने सम्बन्ध छ र यसबाट बन्ने कैंयन मिठा परिकारहरू विशेषतः शुद्धता, स्वास्थ्य र विशिष्ट स्वादकालागि विश्व समूदायमैं प्रिय बन्न सफल छ । यस्तै परिकारहरूमध्ये अन्न र दूधको अनुपम समिश्रण यस परिकारमा भोजन, पोषण नै यसको अाकर्षण हो । सेतो दूध र सेतो चामल मिसाइएको यो भोजनको सम्बन्ध देवताहरुले प्राचिनकालमा गरेको समुन्द्रमन्थनसंग सम्बन्धित छ, त्यसबेलादेखि अहिलेसम्म दूधलाई शुद्धिकरण गर्ने तत्व र पोषण मिसिएको बहूगुणी अमृतकै रुपमा लिइन्छ ।

ज्योतिषी कमल पौडेल
आर्यूवेदमा समेत खिरलाई प्राचिन भोजनको रूपमा ब्याख्या गरिएको छ । खिर शब्दपनि संस्कृत शब्द ‘क्षिरमा’बाट आएको मानिन्छ । क्षिरमा अर्थात् दूध र अन्नबाट बनेको परिकार भन्ने अर्थ लाग्दछ । रोमन सभ्यतामा पनि खिरलाई खानाको एउटा अपरिहार्य तत्वकारुपमा सेवन गरिने चलन छ । यसलाई ‘पायस’ तथा कतैकतै यसलाई ‘तस्मै’ पनि भनिन्छ । वैदिक सनातन संस्कारमा पितृहरुलाई चढाउन पायस अर्थात् दूध र अन्नको मिश्रणका रुपमा खिर पकाउने चलन छ ।
खेतिपातिको काम सकेपछि मीठो खाने कुरा तत्कालिन समयमा खिर भएकाले यो चलन बसेको संकृतिविदहरुले बताएपनि कहिले देखि सुरु भएको भन्न भने सकेका छैनन । यो समयमा घरघरमा दुधको मात्रा बढी पनि हुने गर्दछ |
साउन १५ का दिन आज बजारमा दुघको माग बढेको छ । अघिपछिको तुलनामा आज दोब्बर दुघ विक्री भएको दुघ व्यापारीहरु बताएका छन् । उपत्यकामा आज साउन १५ मा खिर खाने चलन भएपनि देशका विभिन्न भागमा भने साउन महिनाभरी एक दिन खिर खानुपर्छ भन्ने मान्यता रहेको छ ।
सम्बन्धित खबर
स्याङ्जामा औलोको जोखिम न्यून, चार वर्षमा भेटिए पाँच संक्रमित
बिरुवामा निःशुल्क आँखा शिविरबाट पाँच सयभन्दा बढीले पाए सेवा
गाउँमै विशेषज्ञ सेवा, मुटुरोगीलाई राहत
भीरकोट नगर अस्पतालमा सुधारको लहर, दैनिक सयभन्दा बढी बिरामी पुग्न थाले
स्याङ्जामा एक सय ६० क्षयरोगी उपचारमा, पाँच जनाको मृत्यु
भीरकोटमा निःशुल्क स्वास्थ्य शिविर, झण्डै पाँच सयले पाए सेवा
यो पनि पढौँ
कास्कीको रुपामा बुबाको हत्या गरेको आरोपमा छोरा पक्राउ
पाेखरामा सुकुम्बासीको आन्दोलन घोषणा
पोखरा विमानस्थल भ्रष्टाचार प्रकरणमा पूर्वमन्त्री कार्कीसहित १४ जनाविरुद्ध मुद्दा दायर
सुदनको आरोप- ‘बालेनमा हिटलर र मुसोलिनी बन्ने सपना जागेको देखिन्छ’