पोखरा । नेपालका प्रतिष्ठित जुत्ता उत्पादक कम्पनीहरुले पोखराको सिद्धार्थचोकमा आफ्नै संयुक्त आउटलेट शोरुम सञ्चालनमा ल्याएका छन् । हालै सञ्चालनमा आएको ‘फुटवयर जोन’ सिद्धार्थचोकमा कम्पनीहरुले ‘फुटवयर जोन एक्स्चेन्ज अफर’ सार्वजनिक गरेका छन् ।
पुस २ गतेदेखि लागु भएको यो अफर पोखराको लागि अत्यन्त नयाँ रहेको सञ्चालक रामकृष्ण प्रसाईंले बताए । अफर अन्तर्गत कुनैपनि लेडिज जुत्ता चप्पल रु. एक हजारसम्मको किनमेल गर्दा १० प्रतिशत छुट प्रदान हुनेछ । कुनैपनि पुरानो लेडिज जुत्ता चप्पल ल्याई रु. एक हजारदेखि माथिको लेडिज जुत्ता चप्पल खरिद गर्दा पुरानो जुत्ताको ३ सय रुपैयाँ मूल्यांकन गरि नयाँ जुत्ताको रकमबाट घटाइने छ ।
कुनैपनि जेन्स जुत्ताको खरिद गर्दा १५ सयसम्मको किनमेल गर्दा १० प्रतिशत छुट प्रदान हुनेछ । कुनैपनि जेन्स जुत्ता चप्पलको १५ सय भन्दा माथिको किनमेल गर्दा पुरानो जुत्ता ल्याइ साटेमा पुरानो जुत्ताको मूल्य ५ सय रुपैयाँ मूल्यांकन गरि नयाँ जुत्ता किन्दा घटाइने छ र थप १० प्रतिशत नगद छुट पनि प्रदान गरिने बताइएको छ । यो अफर एकजोर नयाँ जुत्ता किन्दा एक जोर पुरानो जुत्ताको मात्र मुल्यांकन गरिने प्रसाईंले जानकारी दिए ।
यो फ्याट्री आउट लेटमा नेपालमै उत्पादित १० कम्पनीका ३० ब्राण्डका ३ हजार भन्दा धेरै मोडलमा लेडिज, जेन्स बच्चा सबै उमेर र वर्गलाई आवश्यक जुत्ता चप्पल एउटै छानामुनी उपलब्ध रहेको प्रसाईं बताउँछन् ।
‘यो फ्याट्री आउट लेट संचालन भएपछि उपभोक्तालाई अत्यन्त सुलभ मूल्यमा गुणस्तरीय जुत्ता चप्पलहरु एउटै छानामुनि उपलब्ध भइरहेको छ,’ उनले भने, ‘एक्स्चेन्ज अफरबाट धेरै ग्राहक लाभान्वित हुनेमा हामी विश्वस्त छौं । घरमा पुराना फाल्ने तयारीमा रहेका जुत्ता चप्पलले पनि मूल्य पाउनेछ ।’
सम्बन्धित खबर
स्याङ्जामा ‘मुनाल (बतासे प्रेम)’ लोकार्पण
स्याङ्जामा औलोको जोखिम न्यून, चार वर्षमा भेटिए पाँच संक्रमित
चट्याङ लागेर स्याङ्जामा एक जनाको मृत्यु
११ वर्षीया बालिकामाथि यौन दुर्व्यवहार आरोपमा स्याङ्जाका एक पुरुष पक्राउ
औषधि बजारलाई व्यवस्थित बनाउनु पर्दछः प्रदेश प्रमुख भट्ट
दुई प्रदेश जोड्ने राम्दी पुल निर्माण अन्तिम चरणमा
यो पनि पढौँ
सुदनले साधारण सदस्य समेत नरहने गरी पार्टी छाडे
यी सहकारीमा ऋण तिर्नुछ ? १५ दिनभित्र नतिरे सम्पत्ति लिलाम हुने (सहकारीको सूचीसहित)
भारत नरकको ढोका हो: अमेरिकी राष्ट्रपति ट्रम्प
सरकारले हटायो काठमाडौं महानगरका अव्यवस्थित बस्ती