पोखरा । गत वर्ष माघ १५ गते पोखरा महानगरपालिका वडा नं. १३ काहुँखोलास्थित भाडामा बस्दै आएको घरमा आत्मदाह प्रयास गरेका कृष्णबहादुर क्षेत्रीलाई कास्की प्रहरीले पक्राउ गरेको गरेको छ ।
उनलाई बुधबार बिहान ११ बजे पक्राउ गरी जिल्ला अदालतमा पेश गरेको जिल्ला प्रहरी कार्यालय, कास्कीले जानकारी दिएको छ । जिल्ला अदालत कास्कीले कृष्णलाई फैसला बमोजिमको सजाया भुक्तान गर्न कारागार पठाएको छ ।
१० वर्ष कैद सजायमा अदालतको आदेश बमोजिम क्षेत्रीले अझै ९ वर्ष ११ महिना १८ दिन कैद र १ लाख ४ हजार जरिवाना भुक्तान गर्न बाँकी रहेको प्रहरीले जनाएको छ ।
कास्कीको मादी गाउँपालिका वडा नं.६ निवासी वर्ष ४४ का कृष्णबहादुर क्षेत्रीले गत वर्ष २०७९ माघ १५ गते काहुँखोलास्थित आफू भाडामा बसेको घरको बाथरुममा शरीरमा पेट्रोल छर्किएर आगो लगाएर आत्मदाहको प्रयास गरेका थिए ।
घटना विवरणः
त्यही समयमा कृष्णबहादुरलाई बचाउने प्रयास गरेकी भनिएकी घरधनी ४० वर्षीया संगीता सापकोटा घाइते भएकी थिइन् । उनको उपचारका क्रममा भोलिपल्ट अर्थात माघ १६ गते मृत्यु भएको थियो । सापकोटाकै घरमा भाडामा स्टेशनरी पसल सञ्चालन गर्दै आएकाे क्षेत्रीले आगो लगाएर आत्महत्या प्रयास गरेको र सापकोटाले उनलाई बचाउन गएको बताइएकाे थियो ।
आगलागीमा परी संगीता ८० प्रतिशत बढी भाग जलेर गम्भिर घाइते भएकी थिइन् । आगलागीबाट घाइते दुवैलाई उद्धार गरी तत्काल उपचारका लागि पश्चिमाञ्चल क्षेत्रीय अस्पताल लगिएको थियो । आगोले २५ प्रतिशत शरीर जलेर घाइते भएका कृष्णबहादुर भने उपचारपछि घर फर्किएका थिए । तर, कास्की प्रहरीले घटना शंकास्पद भएको भन्दै अनुसन्धान थाल्यो ।
मृतक संगिताका श्रीमानसहितका टाेली जिल्ला प्रहरी कार्यालय पुगेर कृष्ण विरूद्ध किटानी जाहेरी दिए । त्यसक्रममा प्रहरीले पेट्रोल छर्किएर आगो लगाइ घरधनी संगीताको हत्या गरेको र आफूले पनि आत्महत्याको प्रयास गरेको भन्दै मुद्धा चलायो ।
सोही मुद्धामा जिल्ला अदालतले गत भदौ १८ गते कृष्णबहादुरलाई दोषी ठहर गरिदियो । अदालतले उनलाई ज्यानसम्बन्धी कसूरमा १० वर्ष कैद र १ लाख ४ हजार रुपैयाँ जरीवानाको फैसला गरेको थियो ।
सबेरै घरमा काेहि नभएका बेला भित्रबाट चुकुल लगाएर घरभेटीमाथि आगाे लगाएकाे र आफूमाथि आगाे लगाएकाे परिवारकाे आशंका थियो । ती आफन्तले हामीसँग त्यतिबेला भनेका थिए– ‘जाे आत्मदाह गर्न खाेजेका हुन्, उसकाे चाहिँ २५% शरीर जल्ने, बचाउन जानेकाे शरीर ८०% बढी कसरी जल्छ ? त्यसैले हत्या भएकाे निश्कर्षमा किटानी जाहेरी दिएका छाैँ ।
सम्बन्धित समाचारः
पोखरामा एक पुरुषद्वारा आत्मदाहको प्रयास, बचाउने क्रममा घरभेटी पनि घाइते
पोखरामा जलेर घाइतेमध्ये घरभेटीको मृत्यु, अर्का घाइते कृष्ण विरूद्ध किटानी जाहेरी
सम्बन्धित खबर
१८ वर्षअघि गर्भवती महिलाको मृत्यु प्रकरणमा एक महिला थुनामा, अर्की धरौटीमा छुटिन्
बालिका बेचबिखनको आरोपमा एक जना कारागार चलान
बालेनसँगको बैठकबाट निस्किएलगत्तै समातिए किस्पाङ गाउँपालिका अध्यक्ष तामाङ
बाढीका मृतकको गहना लुट्नेहरू पक्राउ, हुनसक्छ ७ वर्षसम्म जेल
गरिमा चौधरीको हत्याका मुख्य अभियुक्त नाबालकको बयान भिडियो बाहिरिएपछि तरङ्ग
दुई किशोरीलाई गेस्ट हाउसमा लगेर सामूहिक बलात्कार गरेको आरोपमा दुई जना पक्राउ
यो पनि पढौँ
ट्राफिकसँगकाे विवादपछि त्रिपुरेश्वरमा चालकले बसमा आगो लगाए
पोखराबाट आजदेखि फ्लाई दुबईको नियमित उडान, पानीको फोहराले स्वागत गरिँदै
एलपी ग्यास प्रतिसिलिन्डर २ हजार ६० रुपैयाँ भन्दा बढीमा बेच्न नपाइने
अमेरिका जान लागेका प्रधानमन्त्री एवं वरिष्ठ नेता बालेनलाई रास्वपाले दियो यस्तो निर्देशन