काठमाडौँ । निर्वाचन आयोगले राष्ट्रिय सभा सदस्य निर्वाचनका लागि मतदाताको अन्तिम नामावली प्रकाशन गरेको छ । आगामी माघ ११ गते हुने निर्वाचनका लागि सात वटै प्रदेशमा खुलेका निर्वाचन अधिकृतको कार्यालयबाट आइतबार अन्तिम मतदाता नामावली प्रकाशन भएको हो ।
आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले सात वटै प्रदेशबाट आइतबार एकैसाथ मतदाताको नामावली प्रकाशित भएको बताए । उनका अनुसार कोशीमा प्रदेशसभा सदस्य ९३ र स्थानीय तहका प्रमुख/उपप्रमुख तथा अध्यक्ष/उपाध्यक्ष २७४ गरी जम्मा ३६७ जना मतदाता कायम भएका छन् । कोशीमा जम्मा १० हजार १३५ मतभार कायम भएको छ ।
मधेस प्रदेशमा प्रदेश सभा सदस्य १०७ र स्थानीय तहका प्रमुख/उपप्रमुख तथा अध्यक्ष/उपाध्यक्ष २६७ गरी जम्मा ३७४ जना मतदाता कायम भएका छन् । यहाँ कुल मतभार १० हजार ७४४ छ ।
त्यस्तै, वाग्मती प्रदेशमा ११० जना प्रदेशसभा सदस्य र स्थानीय तहका प्रमुख/उपप्रमुख तथा अध्यक्ष/उपाध्यक्ष २३७ जना गरी जम्मा ३४७ जना मतदाता कायम भएका छन् भने मतभार १० हजार ३३३ छ ।
गण्डकी प्रदेशमा प्रदेशसभा सदस्य ६० र स्थानीय तहका प्रमुख/उपप्रमुख तथा अध्यक्ष/उपाध्यक्ष १७० गरी २३० मतदाता कायम भएका छन् । यहाँ कुल मतभार ६ हजार ४१० कायम भएको छ ।
लुम्बिनी प्रदेशमा प्रदेश सभा सदस्य ८७ र स्थानीय तहका प्रमुख/उपप्रमुख तथा अध्यक्ष/उपाध्यक्ष २१८ गरी जम्मा ३०५ मतदाता कायम भएका छन् । मतभार ८ हजार ७५३ कायम भएको छ । त्यस्तै, कर्णाली प्रदेशमा प्रदेश सभा सदस्य ४० र स्थानीय तहका प्रमुख/उपप्रमुख तथा अध्यक्ष/उपाध्यक्ष १५६ गरी १९६ मतदाता कायम भएका छन् । यहाँ मतभार ५०८४ छ ।
त्यस्तै, सूदुरपश्चिम प्रदेशमा प्रदेश सभा सदस्य ५२ र स्थानीय तहका प्रमुख/उपप्रमुख तथा अध्यक्ष/उपाध्यक्ष १७६ गरी २२८ जना मतदाता कायम भएका छन् । यहाँ ६ हजार १०० मतभार कायम भएको छ ।
प्रवक्ता पौडेलका अनुसार यसपटक प्रदेश सभा सदस्यको मतभार ५३ छ भने स्थानीय तहका प्रमुख/उपप्रमुख तथा अध्यक्ष/उपाध्यक्षको मतभार १९ रहेको छ । प्रदेश सभा सदस्यको कूल मतभार २९ हजार ९७ र गाउँपालिकाका अध्यक्ष र उपाध्यक्ष तथा नगरपालिकाका प्रमुख र उपप्रमुखको कूल मतभार २८ हजार ४६२ गरी जम्मा ५७ हजार ५५९ मतभार कायम भएको छ ।
सम्बन्धित खबर
रौतहटमा रास्वपा उम्मेदवार सवार गाडीको ठक्करबाट ४ वर्षीया बालिकाको मृत्यु, उम्मेदवार र चालक फरार
दल र उम्मेदवारले २५ हजारभन्दा बढी नगद सहयोग लिन नपाइने, पुराना खाताको रकम नयाँमा सार्नुपर्ने
लोकतान्त्रिक अभ्यासलाई सुदृढ गर्न आगामी निर्वाचन महत्त्वपूर्ण: उपराष्ट्रपति
जनताको साथ रहेसम्म एमालेलाई कसैले हराउन सक्दैन: ओली
संसद पुनर्स्थापनाको विषयमा सर्वोच्च भाग्न पाउँदैन: महेश बस्नेत
मैले चुनाव हार्नुपर्ने कारण छैन, लमजुङबाट चुनाव जितेरै आउँछु : पृथ्वीसुब्बा गुरुङ
यो पनि पढौँ
कान चुँडाएर सुन लुट्ने गिरोह पक्राउ, मुख्य नाइके जेन-जी आन्दोलनमा हिरासतबाट भागेका तामाङ
सुनकाे मूल्य आज घट्यो
चुनावी तालमेल गर्न प्रचण्ड माधवलाई ओलीको प्रस्ताव
बालेनसँगै चुनावी अभियानमा हिँडेका पत्रकार सिटौला अछाममा बेहोस, सेनाको हेलिकप्टर पठाइयो