गण्डकी प्रदेशलाई सोझो सेटमा पराजित गर्दै विभागीय त्रिभुवन आर्मी क्लब एक खेल बाँकी छँदै ३४औं राष्ट्रिय भलिबल प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेको छ ।
लगातार तीन जित निकाल्दै आर्मी समूह ‘बी’ मा एक खेल बाँकी छँदै अन्तिम चारमा स्थान पक्का गर्न सफल भएको हो । अब आर्मीले मंगलबार मधेश प्रदेशलाई पराजित गरेमा समूह विजेता बन्नेछ । गण्डकीले पनि कर्णाली प्रदेशलाई पराजित गरेमा समूह उपविजेता बनेर सेमिफाइनलमा पुग्नेछ ।
कर्णाली प्रदेशको सुर्खेतस्थित विरेन्द्रनगरमा रहेको खुल्लामञ्चको कोर्टमा सोमबार भएको खेलमा आर्मीले गण्डकीलाई ३–० को सोझो सेटमा पराजित गरेको हो । प्रतिस्पर्धात्मक बनेको पहिलो सेटमा आर्मी ३१–२९ ले विजयी हुन सफल भयो ।
आर्मीले सुरुवातमा सेट प्वाइन्ट नजिक पुगेपनि गण्डकीले सानदार प्रदर्शन गर्दै तीनपल्ट सेट प्वइन्टनजिक पुगेको थियो । त्यसपछि आर्मीले सुधारिएको प्रदर्शन गर्दै सेट आफ्नो पक्षमा पार्न सफल भयो ।
दोस्रो सेटमा स्पाइकर किरण गुरौं घाइते भएपछि गण्डकीको प्रदर्शन सोही अनुरुप हुन नसक्दा पराजित हुन पुग्यो । दोस्रो सेटमा २५–२१ को जित दर्ता गरेको आर्मीले तेस्रो सेट २५–२१ ले आफ्नो पक्षमा पार्दै जित निकाल्न सफल भयो ।
यस जितले अपराजित रहेको आर्मीको तीन खेलबाट ९ अंक पुगेको छ । पहिलो हार बेहोरेको गण्डकीको ३ खेलबाट ६ अंक छ ।
सुर्खेतमा जारी ३४औं राष्ट्रिय पुरुष भलिबल प्रतियोगितामा विभागीय टोली नेपाल पुलिस क्लबलाई पराजित गर्दै साविक विजेता नेपाल एपीएफ क्लव सेमिफाइनलमा प्रवेश गरेको छ ।
सोमबार भएको अर्काे खेलमा एपीएफले पुलिसलाई ३-१ को सेटमा पराजित गरेको हो । एपीएफले २५-१७, २५-१५, २२-२५ र २५-२० सेटमा पुलिस क्लवलाई हराएको हो । एपीएफले ३ खेलबाट ९ अंक जोडेको छ ।
सोमबार नै भएको अर्को खेलमा सुदूरपश्चिम प्रदेशले सान्त्वना जीत पायो । सुदूरपश्चिमले कर्णाली प्रदेशलाई ३-१ को सेटमा हराएको हो । सुदूरपश्चिमले कर्णालीलाई २५-२१, २१-२५, २५-१८ र २५-२३ अंकले हराएको थियो ।
एक खेल जितेको कर्णालीले अन्तिम खेलमा गण्डकी प्रदेशको सामना गर्नेछ । समूह ‘बी’मा गण्डकी र त्रिभुवन आर्मी क्लबको समान ६ अंक छ । सुदूरपश्चिमको ४, कर्णालीको ३ र मधेशको १ अंक छ ।
त्यस्तै समूह ‘ए’ पहिलो खेलमा लुम्बिनीले कोशी प्रदेशलाई ३-१ ले हरायो। लुम्बिनीले कोशीलाई २५-१५, २१-२५, २५-१३ र २५-२१ अंकले पाखा लगाएको हो ।
समूह ‘ए’ मा पुलिस, एपीएफ, लुम्बिनी, बागमती र कोशी छन् । समूह ‘बी’ मा आर्मी, गण्डकी, कर्णाली, सुदूरपश्चिम र मधेश छन् । प्रतियोगितामा हरेक समूहका शीर्ष दुई टोलीले सेमिफाइनल खेल्नेछन् । नेपाल भलिबल संघको आयोजनामा उक्त प्रतियोगिता पुस २६ सम्म सुर्खेतमा चल्नेछ ।
सम्बन्धित खबर
ट्राफिकसँगकाे विवादपछि त्रिपुरेश्वरमा चालकले बसमा आगो लगाए
पत्रकारसँग रिसाए ओली: ‘नियममा बसेर प्रश्न गर्नुस्, बुम ल्याएर थुतुनो नघोच्नुस्’
द ग्रे जोनमा प्रकाशित समाचार फैलाएको उजुरी परेपछि राजनीतिक विश्लेषक भरत दाहाल पक्राउ
अन्ततः ओलीका सामु नेताहरू निरीह, एमालेमा तत्काल नेतृत्व परिवर्तन स्थगित
अमेरिका जान लागेका प्रधानमन्त्री एवं वरिष्ठ नेता बालेनलाई रास्वपाले दियो यस्तो निर्देशन
संविधान कानुनी दस्तावेज मात्र होइन, नेपाली जनताको दशकौँ लामो बलिदान, त्याग र सङ्घर्षको परिणाम होः प्रदेश प्रमुख भट्ट
यो पनि पढौँ
अष्ट्रेलियामा अन्तर्राष्ट्रिय विद्यार्थीलाई थप कडाई, परिवार लैजान रोक !
रवि लामिछानेको मुद्दा फिर्ता गर्न अनुमति दिने न्यायाधीश अवकासको चार दिनअघि बढुवा
सुजल डेरीद्वारा पोखराको लेकसाइडमा ‘लभबर्ड्स प्रिमियम आइसक्रिम’ को चौथो पार्लर सञ्चालन
नुहाउने क्रममा आँधीखोलामा बेपत्ता भएकी महिला मृत फेला