पोखरा । ऐतिहासिक ढुँङ्गेसाँघु मेलाका अवसरमा महानगर स्तरीय कृषि जैविक विविधता मेला तथा कन्दमूल एवं परिकार प्रदर्शनी सम्पन्न भएको छ । पोखरा महानगरपालिका अन्तरगत आर्थिक विकास महाशाखाको आयोजनामा उक्त प्रदर्शनी गरिएको हो ।
सो अवसरमा घरमा उत्पादनमा भएको कन्दमूल प्रदर्शनी प्रतियोगिता, वनमा उत्पादन भएको कन्दमूल प्रदर्शनी प्रतियोगिता, माघी परिकार प्रदर्शनी प्रतियोगिता, जैविक विविधता सम्बन्धी कृषि गीत प्रतियोगिता समेत गरिएको महाशाखा प्रमुख मनहर कडरियाले जानकारी दिए । उनका अनुसार मेलामा स्थानीय जातका लोपोन्मुख उत्पादनका विउबिजनहरु सहित १० थरी तरुल, गिठा, भ्याकुर, पिँडालु तर्फ १० थरी, र ३ थरीका सखरखण्ड प्रदर्शनी गरिएको छ । बागवानी अनुसन्धानका केन्द्रमा तयार गरिएका कन्दमूलहरू समेत प्रदर्शन गरिएको छ ।
यसअघि मेलाको उद्घाटन गर्दै पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्यले स्थानीय उत्पादन वृद्धि र उत्पादनको बजार सुनिश्चितताका लागि आवश्यक व्यवस्थापन गर्ने बताए । कृषकहरूलाई अनुदान तथा साझेदारी कार्यक्रमहरू मार्फत सहुलियत प्रदान गर्दै प्राङ्गारिक उत्पादनमा हौसला प्रदान गरिएको उल्लेख गरे । परम्परागत खेती प्रणालीलाई आधुनिकीकरण तर्फ लैजाँदै यान्त्रीकरणलाई समेत विशेष जोड दिइएको उनले बताए ।
मेलाका अवसरमा गरिएको जैविक विविधता विषयक कृषि गीत प्रतियोगितामा कृषि सञ्जाल ३३ प्रथम भएको छ । यस्तै सफल महिला कृषक समूह, पोखरा २९ दोस्रो, कृषि सञ्जाल २५ तेस्रो र कृषि सञ्जाल ३० सान्त्वना भएका छन् । माघी परिकार केन्द्रित प्रतिस्पर्धामा टङ्कनाथ बस्ताकोटी पोखरा २३, पोखरा २४ प्रथम, रुपा बराल, पोखरा १३ दोस्रो, सङ्गीत सुनार, पोखरा १६ तेस्रो र सोबित अधिकारी, पोखरा २८ सान्त्वना भएका छन् ।
कन्दमूल प्रदर्शनी तथा प्रतियोगितामामा सहभागी १५ समूहले २३ थरी परिकार प्रदर्शनी गरेका छन् । घरमा उत्पादित कन्दमूल तर्फ देवीलाल बराल पोखरा २२ प्रथम, सीता अधिकारी पोखरा ३३ दोस्रो, सीता कुवर पोखरा २५ तेस्रो र रामजी पौडेल पोखरा २२ सान्त्वना भएका छन् । यस्तै बनमा उत्पादित कन्दमूल तर्फ प्रदीप ढकाल पोखरा २२ प्रथम, चमेरेगुफा कृषक समूह पोखरा १६ दोस्रो, टेकनाथ बराल पोखरा १३ तेस्रो, र देवीलाल बराल, पोखरा २२ सान्त्वना भएका छन् ।
विजेताहरूलाई पोखरा महानगरपालिका वडा नं.१७ की वडा अध्यक्ष राधिका कुमारी शाही योगीले नगद पुरस्कार सहित प्रमाणपत्र प्रदान गरिन् । दोस्रो राष्ट्रिय जैविक विविधता संरक्षण दिवसमा अवसरमा उक्त कार्यक्रम गरिएको हो ।
सम्बन्धित खबर
स्याङ्जाका कृषकलाई साढे दुई करोडभन्दा बढी अनुदान
ग्यास कृत्रिम अभाव सिर्जना नगर्न प्रशासनको आग्रह
स्याङ्जामा वर्षभर १७६ व्यवसायको अनुगमन, ९० हजार रुपैयाँ जरिवाना
स्याङ्जामा बाघको आक्रमणबाट १० वटा बाख्रा मरे
१५ वर्षपछि दामाचौर–रामपुर जोड्ने ट्रस पुल निर्माण सम्पन्न
गण्डकीका प्रदेश प्रमुख भट्टले गरे गाँजा विधेयक प्रमाणीकरण
यो पनि पढौँ
प्रतिभाका सबिन देशभरमै तेस्रो, गण्डकीमा पहिलो
दुई किशोरीलाई गेस्ट हाउसमा लगेर सामूहिक बलात्कार गरेको आरोपमा दुई जना पक्राउ
पाकिस्तानमा हिमपहिरोमा हराइरहेका निम्सदाइ सहित अन्य पाँच नेपाली जीवित भेटिने आशा कमजोर, युक्तको शव निकालियो
बसले ठक्कर दिँदा सुनकोशीमा खसेकाे कारभित्र ४ यात्रु रहेको खुल्यो