काठमाण्डौ। राष्ट्रिय स्वतन्त्र पार्टिका सभापति रवि लामिछानेले पत्रकार सम्मेलन गर्दै आफ्नो खातामा १ करोड ८० लाख जम्मा भएको समाचार झुट्टो भएको दाबी गरेका छन्।
सोमबार कान्तिपुर दैनिकले ‘लामिछानेले ग्यालेक्सी छाड्दा उनको खातामा १ करोड ८० लाख जम्मा’ शीर्षकमा समाचार लेखेपछि यसबारे प्रष्ट पार्न भन्दै लामिछानेले पार्टी केन्द्रीय कार्यालय सामाखुसीमा सोमबार अपराह्न पत्रकार सम्मेलन गरेका हुन्।
उनले पत्रकार सम्मेलनमा भने ‘बैंक खातामा पैसा भएर लुकाएर लुक्ने कुरा होइन, खातामा चेक जम्मा भएको डिपोजिट भौचर देखाइपनि चेक फिर्ता भएको छ। उनले अगाडि भने ‘चेक कसले जम्मा गर्यो पनि मलाई थाहा छैन। तर, जम्मा भएको चेक बाउन्स गराएर फिर्ता भएको छ।’

यसबारे पूर्व बैंकर अनिल केशरी शाहले पनि चेक बाउन्स भएको भन्दै स्पष्ट पारेका छन्। उनले भनेका छन् “चेक जम्मा भएको देखिन्छ। तर, चेक जम्मा भएको स्लिप (भौचर) हुँदैमा पैसा खातामा गइसक्यो भन्ने हुँदैन। चेक क्लिरिएङ हाउसबाट पैसा अपर्याप्तको कारण देखाउँदै फिर्ता भएको छ।
शाहले ग्लोबल आईएमई बैंकले पनि अपर्याप्त पैसाका कारण चेक फिर्ता गएको भन्दै बैंकले स्पष्ट पारेको बताएका छन्।
लामिछानेले राति १० बजे समाचारका लागि भन्दै आफूलाई बारम्बार फोन आउने र विस्तृतमा बुझौं भन्दा पनि समय नदिएको गुनासो गरे। उनले भने “मेरो खातामा पैसा गयो कि गएन समाचार लेख्नु अगाडि एकपटक बैंकमा सोधेको भएपनि स्पस्ट भैहाल्थ्यो नी।’ उनी आफूले गल्ती गरेको प्रमाणित भए अझ कडा कानुन बनाएर भएपनि कारवाही गर्न आग्रह गरे।
उनले आफूलाई खेद्ने समयमा सञ्चारमाध्यमहरूले सहकारीपीडितको पक्षमा समाचार लेखे राम्रो हुने बताए।
सम्बन्धित खबर
जंगली कुखुरा मार्न गएका बेनीका युवकको भीरबाट लडेर मृत्यु
टिकटकमार्फत ठगी गर्ने स्याङ्जाका युवक काठमाडौंबाट पक्राउ
पोखरामा मधुमेह दिवस मनाइयो
माडागस्करका सेनाको एक हिस्सा जेनजी प्रदर्शनकारीको पक्षमा लागेपछि राष्ट्रपति देश छाडेर भागे
गण्डकीमा आज कोजाग्रत पूर्णिमामा सार्वजनिक बिदा
पोखरा महानगरपालिका वडा नं १५ को सार्वजनिक सुनुवाइ सम्पन्न
यो पनि पढौँ
उच्चतम् ४ जीपीए ल्याउने २८ जना विद्यार्थीले रोजे प्रतिभा मावि
शान्ति निकेतनमा कक्षा ११ का पहिलो ब्याचका विद्यार्थीलाई स्वागत र अभिमुखीकरण
प्रतिभाले नयाँ विद्यार्थीलाई सपथ खुवाउँदै गर्यो स्वागत
बेगनास तालमा पौडी खेल्ने क्रममा डुबेर युवकको मृत्यु