नेपाली राष्ट्रिय महिला फुटबल टोलीको मुख्य प्रशिक्षकमा राजेन्द्र तामाङ नियुक्त भएका छन्।
अखिल नेपाल फुटबल संघ (एन्फा) ले बुधबार तामाङलाई मुख्य प्रशिक्षकमा नियुक्त गरेको सामाजिक सञ्जालमार्फत जानकारी दिएको हो।
तामाङ यसअघि थ्री स्टार क्लब, नेपाल एपीएफ क्लब र मनाङ मस्र्याङ्दी क्लब हेरिसकेका छन्। तामाङले साउदी अरबमा हुने वाफ महिला च्याम्पियनसिपमा नेपाली टोली सम्हाल्ने छन्।
नेपाली टोलीको सहायक प्रशिक्षकमा कमला रखाल र श्याम मानन्धर तथा गोलकिपिङ प्रशिक्षकमा उज्वल मानन्धर नियुक्त भएका छन्।
वाफ महिला च्याम्पियनसिप आगामी फेब्रुअरी १९ देखि २८ सम्म साउदी अरेबियामा हुनेछ। पश्चिम एशियाली फुटबल महासंघद्वारा आयोजित प्रतियोगितामा नेपालले आमन्त्रित टोलीको रुपमा खेल्नेछ।
प्रतियोगितामा जोर्डन, लेबनान, इराक, प्यालेस्टाइन, साउदी अरेबिया, सिरिया र गुआम सहभागी हुनेछन्। प्रशिक्षकमा नियुक्त भएसँगै तामाङले ४० सदस्यीय प्रारम्भिक टोलीको घोषणा गरेका छन्।
प्रारम्भिक नेपाली टोलीः
एन्जिला तुम्बापो सुब्बा (गोलकिपर), अञ्जना राना मगर (गोलकिपर), उषा नाथ (गोलकिपर्र), सपना राई (गोलकिपर), कविता विक (गोलकिपर), अमृता जैशी, गिता राना, हिरा कुमारी भुजेल, पुजा राना, विमला विक, निशा ठोकर, समिक्षा घिमिरे, अन्चली वाइवा, विमला चौधरी, अनिता बस्नेत, प्रिती राई, दीपा शाही, सावित्रा भण्डारी, अनिता केसी, सविता राना मगर, रश्मी कुमारी घिसिङ, अमिषा कार्की, रेखा पौडेल, चन्द्रा भण्डारी, हेमा चौधरी, गंगा गुरुङ, सरस्वती हमाल, प्रतिक्षा चौधरी, दिपा न्यौपाने, मोनिका पुलामी मगर, अनुष्का शेर्पा, अन्जली मचामसी, सपना थेबे, मनमाया दमाइ, सम्झना लावती, निर्मला उपाध्याय, प्रिया माझी, सरु वाइवा, रेबिका पाण्डे, कुमारी थोकर।
सम्बन्धित खबर
नागरिक उड्डयन प्राधिकरणका महानिर्देशक अधिकारी र पूर्वनिर्देशक भण्डारी पक्राउ
नेपालले पर्यटनबाट लाभ लिन पहिले त राजनीति नै ठीक हुनुपर्छः वीरेन्द्र बहादुर बस्नेत
लाभका पदमा बसेर पार्टीलाई लेबी नतिरे कांग्रेसबाट उम्मेदवार बन्न नपाइने, ३ नाम मात्र सिफारिस गर्न पाइने
हर्क साम्पाङको पार्टीको सिद्धान्त – जेनजी पुस्तालाई हप्तामा तीन दिन मात्र पढ्न दिने
निकट सात भाइलाई देउवाको सन्देश- महाधिवेशन हुन्छ, नेतृत्वका लागि एक जनाको नाम टुंगो लगाउनुस्
‘विदेशमा रहेका नेपालीलाई मतदान र अन्तर–निर्वाचन क्षेत्र मतदानको व्यवस्था गर्न नसकिने’
यो पनि पढौँ
पोखराका मेयरको घरमा आगजनी र लुटपाट गर्ने रास्वपाका वडा सभापतिसहित ४ जना कारागार चलान
कास्कीका प्रमोद ढकाललाई यौन दुरुपयोग गरेको अभियोगमा बेलायतमा २५ वर्षको जेल सजाय
प्रेमीको हत्या गरेपछि २० वर्षीया युवतीले गरिन् शवसँग बिहे
एभरग्रीन एकेडेमीका विद्यार्थीले प्रस्तुत गरे ‘कल्चरल शो’