पोखरा । माउण्ट अन्नपूर्ण मा.वि. नदीपुरका विद्यार्थीका बीच जनचेतनामूलक चलचित्र प्रतिबद्धता प्रदर्शन गरिएको छ ।
एड्स रोग नियन्त्रण संघ कास्कीले जनचेतना जगाऔं एचआइभी एड्स् हटाऊ भन्ने मूल उद्घोषका साथ निर्माण गरेको उक्त फिल्म संघले विभिन्न समय–समयमा प्रदर्शन गरेर पछिल्लो पुस्तामा जनचेतना लगाउँदै आएको संघका अध्यक्ष विश्वमोहन गौचनले जानकारी गराए ।
सामुदायिक सेवा केन्द्र बगरका अध्यक्ष रामप्रसाद अधिकारीले झण्डै तीन दशक अगाडिदेखि क्रियाशील एड्स रोग नियन्त्रण संघले लक्ष्मी र प्रतिबद्धता दुई जनचेतनामूलक फिल्मका साथै सचेतनामूलक गीतसमेत निर्माण गरेर समाजमा उल्लेख्य काम गरेको बताए । उनले संघको आयोजना र केन्द्रको सहआयोजनामा विभिन्न समयमा यसरी नै फिल्म प्रदर्शन हुँदै युवा पुस्तामा सचेतना फैलाउँदै आएकोसमेत जानकारी दिए ।
विद्यालयका प्रधानाध्यापक सइन्द्र श्रेष्ठले विद्यार्थी भाइबहिनीले सामान्य ठानेका घटना तथा विषयवस्तुले कालान्तरमा दुर्घटना निम्त्याउन सक्ने भएकाले त्यसबाट सचेत गराउन फिल्म उपयोगी रहेको धारणा राखे ।
सामुदायिक सेवा केन्द्र एवम् सामुदायिक प्रहरी सेवाका प्रहरी हवल्दार गौतमकुमार हायुले पछिल्लो समय बढ्दै गएको साइबर अपराधबारे विद्यार्थीलाई सचेतना गराएका थिए ।
सम्बन्धित खबर
र्याफ्टिङमा पोखराको अपर सेतीमा पर्यटकको आकर्षण
मुक्तिनाथ मन्दिरमा दशैंको टीका
दसैँमा मुस्ताङ हुँदै ३५ करोड बराबरका भेडा च्याङ्ग्रा निकासी
एमालेको एक्शनः ३० लाख ‘घुस डिल’को आरोप लागेका पूर्व स्वास्थ्यमन्त्री पाण्डेमाथि कारबाही गर्न सिफारिस
स्याङ्जामा ४७ वर्षीय पुरुष मृत फेला
गण्डकी प्रदेश प्रमुख भट्टद्वारा बडादशैंको शुभकामना व्यक्त
यो पनि पढौँ
पोखरामा स्कुल बस दुर्घटनाः थप एक जना विद्यार्थी रहेनन्
पोखराका युवा उद्यमी किरण केसी काँग्रेसको केन्द्रीय सदस्य (खुल्ला) मा निर्वाचित
जीबी राईको अडियो प्रायोजित हुन सक्छ : हर्क साम्पाङ
युरोपभर अस्थिरता : फ्रान्स, बेल्जियम, इटली र पोर्चुगलमा प्रदर्शन