पोखरा । चीनमा दुई बालबालिकालाई झ्यालबाट बाहिर फालेर हत्या गर्ने दम्पतीलाई मृत्युदण्डको सजाय दिइएको छ । बालबालिकाका बुबा झाङ बो र यी चेङचेनलाई सन् २०२० मा दुई वर्षीया बालिका र एक वर्षीय बालकको हत्या गरेको अभियोगमा दोषी ठहर गरिएको थियो।
झाङको यीसँग अफेयर थियो र पछि आफ्नी श्रीमतीसँग सम्बन्धविच्छेद भयो। त्यसपछि उनले छोराछोरीको हत्या गर्ने षड्यन्त्र गर्न थालेको आरोप छ ।
चीनको सर्वोच्च अदालतले आफ्नो आदेशमा यस कार्यलाई ‘बर्बर’ भनेको छ। दुवैलाई बुधबार मृत्युदण्ड दिइएको हो । तर मृत्युदण्ड कसरी दिइयो भन्ने स्पष्ट छैन । चीनमा सामान्यतया विषको सुई लगाएर वा फायरिङ स्क्वाडको अगाडि गोली हानेर मृत्युदण्ड दिइन्छ।
अदालतको सुनुवाइका क्रममा झाङले आफ्नो विवाह र परिचय लुकाएर अफेयर सुरु गरेको खुलासा भएपनि थाहा पाएपछि पनि यीले उनलाई भेट्ने क्रम जारी राखे । झाङले सन् २०२० को फेब्रुअरीमा आफ्नी श्रीमतीसँग सम्बन्धविच्छेद गरे तर यी दुई छोराछोरीलाई विवाहको सबैभन्दा ठूलो बाधक मानेका थिए ।
यसका लागि यीले झाङलाई बच्चाहरूलाई मार्न दबाब दिएकी थिइन् । नोभेम्बर २, २०२० मा, झाङले आफ्ना दुवै बच्चाहरूलाई १५ औँ तलामा रहेको आफ्नो अपार्टमेन्टको झ्यालबाट फ्याँकिदिएको बताइएको छ ।
सम्बन्धित खबर
अष्ट्रेलियामा अन्तर्राष्ट्रिय विद्यार्थीलाई थप कडाई, परिवार लैजान रोक !
के बालेन, रवि, सुदन, सागरलगायत रास्वपाका नेताको उदयमा अमेरिकाको हात छ?
बाढीपीडितका लागि साउदी अरबबाट थापाको पहलमा सहयोग संकलन
बाढीपछि चीनतर्फ युद्धस्तरको उद्धार अभियान
अमेरिकाले नेपालीलाई दिँदै आएको टिपिएस सुविधा खारेज
पाकिस्तानमा हिमपहिरोमा हराइरहेका निम्सदाइ सहित अन्य पाँच नेपाली जीवित भेटिने आशा कमजोर, युक्तको शव निकालियो
यो पनि पढौँ
ट्राफिकसँगकाे विवादपछि त्रिपुरेश्वरमा चालकले बसमा आगो लगाए
पोखराबाट आजदेखि फ्लाई दुबईको नियमित उडान, पानीको फोहराले स्वागत गरिँदै
एलपी ग्यास प्रतिसिलिन्डर २ हजार ६० रुपैयाँ भन्दा बढीमा बेच्न नपाइने
अमेरिका जान लागेका प्रधानमन्त्री एवं वरिष्ठ नेता बालेनलाई रास्वपाले दियो यस्तो निर्देशन