नेपाल प्रहरीका पूर्वडीआईजी छविलाल जोशीको घरमा प्रहरीले छापा हान्दा पोखराको सूर्यदर्शन सहकारीसँग सम्बन्धित दस्ताबेज बरामद गरेको छ ।
उनको शंखमूलस्थित घरमा नेचर हब इन्टरनेसनल प्रालिको कार्यालयसमेत सञ्चालित थियो । त्यहीबाट सहकारी रकम कारोबार भएको सफ्टवेयरको सर्भरसमेत बरामद भएको प्रहरीले जनाएको छ । जिल्ला प्रहरी कार्यालय पोखराको आग्रहमा जिल्ला प्रहरी परिसर काठमाडौंको टोलीले छापा मारेको हो ।
प्रहरी स्रोतका अनुसार उक्त घरबाट चार वटा सर्भर समेत बरामद भएको छ। बरामद भएका सर्भरहरुमा सिजिएस बैंकिङको मुख्य सफ्टवेयर रहेको बताइन्छ ।
बचतकर्ताको रकम हिनामिना गरेको आरोपमा सहकारीका संस्थापक अध्यक्ष जीबी राई, अध्यक्ष थानबहादुर बुढा मगर र पूर्वअध्यक्ष भुपेन्द्र राई फरार छन् । उनीहरु तीनै जनाविरुद्ध इन्टरपोलमा डिफ्युजन नोटिस जारी छ । त्यही सहकारीको रकम ग्यालेक्सी टेलिभिजनमा लगानी गरेको आरोप छ ।
पोखराको सूर्यदर्शन सहकारीका ठगी प्रकरणका रवि लामिछानेविरुद्ध पनि उजुरी परेपछि प्रहरीले गितेन्द्र बाबु राईका मुख्य साझेदारको घरमा छापा मारेर महत्त्वपूर्ण कागजात बरामद गरेको जनाएको छ।
सम्बन्धित खबर
मित्रराष्ट्रहरूसँग सरकारले माग्यो सहयोग
बाढी गएको चार दिनपछि टिमुरे-रसुवागढी क्षेत्रमा सरकारको उपस्थिति, चाउचाउ पुग्यो
अञ्जानमै कैद भएको दृश्य, त्यही पहिरोले ल्याएको थियो भोटेकोशीमा बाढी
बाढी प्रभावित क्षेत्रमा फोटो र भिडियो खिच्न नजानू : प्रहरी
मृत्य हुने पुष्टिको संख्या ६२६ पुग्यो, दुई हजार बढी बेपत्ता
नेपालका रवीन्द्र ढाँट इतिहास रच्दै रोड टु युएफसी सिजन–५ को फाइनलमा
यो पनि पढौँ
पोखराको मुख्यबजार क्षेत्रमै नालीमा बगे आमाछोरी
प्रार्थनाकै समयमा १६ सय ५० विद्यार्थी पढ्ने त्रिभुवन त्रिशुली मावि बगायो
पोखरामा नालीको भेलले बगाएका आमा र छोरीको ज्यान रहेन
गण्डकीमा एमालेका चार मन्त्रीको सामूहिक राजीनामा रोकियो