काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले माधव नेपालले आफैंले बनाएको विशाल घरमा आगो लगाएर गठबन्धनलाई घर भन्दै हिँडेको टिप्पणी गरेका छन् ।
एमाले रौतहटको जिल्ला अधिवेशनलाई सम्बोधन गर्दै उनले भने, ‘पहिला एमालेका नेता भएका, प्रधानमन्त्री समेत भएका । अहिले त काठमाडौंतिरै छन् । गठबन्धन भत्कन दिन्नँ, घरमा आगो लगाउँदिनँ, गठबन्धन त मेरो घर हो भन्दै हिँड्छन् । एमालेले पार्टीको प्रमुख १५ वर्ष बनायौं । हामीले उनलाई प्रधानमन्त्री, उपप्रधानमन्त्री बनायौं ।’
माधव नेपालले आफैंले बनाएको विशाल पार्टी दुई तिहाइ पुगेपछि पार्टी फोड्ने, सरकार ढाल्ने र कांग्रेसको पाउमा लगेर सरकार बुझाउने कामको अगुवाइ गरेको अध्यक्ष ओलीले बताए ।
उनले थपे, ‘यही जिल्लाका मान्छे गठबन्धन घर हो भन्छन् । तीनले त्यतिवेला थाहा पाउनेछन् जब गठबन्धनले लात हान्छ । अहिले पनि तीनको पार्टी राष्ट्रिय पार्टी छैन । अहिले स्वतन्त्र सांसदको हैसियतमा छन् । अर्कोपटक त्यो हैसियत समाप्त हुन्छ । अब अर्कोपल्ट माधव नेपालले चुनाव पनि जित्दैनन् । कुनै कारणले जित्दैनन् । उताका पैसा ल्याएर, कुनै हिसाबले पनि जित्दैनन् । जित्न पनि दिनुहुँदैन ।’
उनले मिसन २०८४ पछि देशमा जनताको सरकार बनाउन लाग्नुपर्ने भएकाले त्यसतर्फ केन्द्रित हुन आग्रह गरे । उनले एमाले सरकारमा हुँदा पैसाको अभावले विकास निर्माणको कुनै काम नरोकिएको उल्लेख गरे ।
सम्बन्धित खबर
गण्डकी र बागमतीका प्रदेश प्रमुखबीच पोखरामा भेटवार्ता
भद्रगोलबीच रास्वपाका १३ सय ५२ प्रतिनिधिले गरेनन् मतदान
विद्यार्थीले आन्दोलन थालेपछि शिक्षामन्त्रीले भने– कक्षा १२ को नतिजामा त्रुटि छैन
‘प्रदेश खारेजको नीति लिएर रास्वपाले समाजमा राजनीतिक द्वन्द्वको बीउ नरोपोस्’
रास्वपाका नेता, कार्यकर्ता महाधिवेशन नसकिँदै चितवन छाड्न थाले, महाधिवेन भद्रगोल
निजी अस्पतालहरूले भन्योः १० प्रतिशत निःशुल्क सेवा दिन सक्दैनौँ
यो पनि पढौँ
रवि लामिछानेसँग सभापति भिड्न आँटेका साहलाई प्रतिनिधिबाट हटाइयो
हिरासतभित्रै छिरेर ज्यान मार्ने धम्की दिएको भन्दै गृहमन्त्री गुरुङविरुद्ध उजुरी
फेवातालमा बेपत्ता युवकको शव फेला
जेठी श्रीमती मार्दा कैद मिनाहा पाएका यामबहादुरले कान्छीलाई पनि बाँकी राखेनन्