काठमाडौं । नेकपा एकीकृत समाजवादीका सम्मानित नेता झलनाथ खनालले १० सीटमात्र भएको पार्टीले प्रधानमन्त्री दाबी गर्दा पार्टी र अध्यक्ष माधव नेपालको छवि थप बिग्रने टिप्पणी गरेका छन् । खनालले माधव नेपाल प्रधानमन्त्री बन्नेमा आफ्नो आपत्ति नरहे पनि त्यसले स्वयं नेपालको छवि थप ‘ड्यामेज’ हुने बताएका छन् ।
पत्रकार ऋषि धमलाको जनता जान्न चाहन्छन् कार्यक्रममा आलोपालो प्रधानमन्त्रीको बारे सोधिएको प्रश्नमा खनालले ३२ सीट भएको माओवादी पार्टीका अध्यक्षले खिचडी सरकार चलाउन नसकेको अवस्थामा १० सीट भएको पार्टीले कसरी चलाउने ? भन्ने प्रश्न गरे ।
पूर्व प्रधानमन्त्री खनालले माधव नेपाल आलोपालो प्रधानमन्त्री बन्नेबारेमा अहिलेसम्म गठबन्धनको बैठक र पार्टीमा समेत कुनै जानकारी नभएको बताए । यो हल्लै हल्लाको देश हो भन्दै खनालले माधव नेपाल प्रधानमन्त्री बन्ने कुरा पनि अहिलेसम्म हल्लामात्र भएको दाबी गरे ।
खनाल भन्छन्ः
‘अहिलेकै प्रधानमन्त्रीले राम्ररी काम गर्न सक्नु भएको छैन । उहाँले आफ्नो पपुलारिटी बढाउन सक्नुभएको छैन । देशका समस्या राम्ररी सम्बोधन गर्न सक्नुभएको छैन, उहाँ आफैं सन्तुष्ट हुनुहुन्न । देश र जनताको पक्षमा काम गर्न नसिकएकोमा उहाँलाई राम्रोसँग निद्रा पनि पक्कै लागेको छैन । यो अवस्थामा, हाम्रो पार्टीको अध्यक्ष प्रधामनन्त्री बन्नुहोला । उहाँ बन्ने कुरामा मलाई केही आपत्ति छैन ।
तर बन्नु भयो गर्न के सक्नुहुन्छ ? यो यो खिचडीको पनि खिचडी, ३२ वटा सिट भएको पार्टीले खिचडी सरकार चलाउँदा यो हालत छ, अब दशवटा सीट भएको पार्टीले खिचडी सरकार चलाउँदा के हालत होला ? मलाई त्यसमा चाहिँ चिन्ता छ । त्यसो गरेर हाम्रो अध्यक्षको इमेज अझै बढ्ता ड्यामेज हुने हो कि ? उहाँको ड्यामेज हुँदा हाम्रो सिंगै पार्टीको इमेज ड्यामेज हुने हो कि ? त्योपट्टि मलाई चिन्ता छ ।
उहाँ बन्ने कुरामा आपत्ति छैन । कुनै व्यक्तिलाई कुर्सीमा लगेर राख्ने मैले चाहने कि नचाहने भन्ने मुख्य कुरा होइन । यो देशलाई सही दिशामा लैजाने पो मुख्य कुरा हो । प्रचण्डपछि माधव शेरवहादुर के भएको होला,मलाई थाहा छैन । गठबन्धनको कुन बैठकमा त्यो सहमति भएको हो ? त्यो कुरा म जान्दिन र मलाई कसैले सुनाएको पनि छैन । भूमि शेरचनले भनेका छन् कि यो हल्लै हल्लाको देश हो ।’
सम्बन्धित खबर
मैले चुनाव हार्नुपर्ने कारण छैन, लमजुङबाट चुनाव जितेरै आउँछु : पृथ्वीसुब्बा गुरुङ
संसद पुनर्स्थापनाको चलखेल भइरहेको रवि लामिछानेको दाबी
सामाजिक सञ्जाल नियमनसम्बन्धी विधेयक संसदबाट फिर्ता लिन सरकारको निर्णय
सिंहदरबार पुग्न होइन, सिंहदरबार बदल्न घण्टीमा भोट माग्दैछुः रवि लामिछाने
मौसमले साथ नदिए हिमाली जिल्लामा दोस्रो चरणमा निर्वाचन : प्रधानमन्त्री
बालेनलाई निर्वाचन आयोगले सोध्यो दोस्रोपटक स्पष्टीकरण
यो पनि पढौँ
स्याङ्जाको बैंकमा सुरक्षा गार्डमाथि चक्कु प्रहार, एक युवक पक्राउ
कान चुँडाएर सुन लुट्ने गिरोह पक्राउ, मुख्य नाइके जेन-जी आन्दोलनमा हिरासतबाट भागेका तामाङ
सुनकाे मूल्य आज घट्यो
बाहिरियो वर्षा र हिमपात गराउने प्रणाली, यस्तो छ आगामी मौसम पूर्वानुमान