पोखरा । पोखरा महानगरपालिकाको १४ औँ नगरसभा जारी छ । पौष २९ गते सुरु भएको नगरसभा पोखरा सभागृहमा शुक्रबार पुनः बसेको हो । शुक्रबारको सभामा विभिन्न विधेयक तथा प्रतिवेदनहरू प्रस्तुत गरिएका छन् । नगरसभामा विधायन समितिको तर्फबाट संयोजक पुष्पेन्द्र पाण्डेले भवन नियमित तथा अभिलेखीकरण सम्बन्धी कार्यविधि २०८०, आर्थिक ऐन २०८० पहिलो संशोधन र बाल अधिकार सम्बन्धी ऐन २०७४ तेस्रो संशोधन विधेयक प्रस्तुत गरेका हुन्।
यस्तै पोखरा महानगरपालिकाकी उपप्रमुख तथा न्यायिक समिति संयोजक मन्जुदेवी गुरुङले समितिको अर्धवार्षिक प्रतिवेदन र सार्वजनिक लेखा समितिका संयोजक झपट बहादुर रानाभाटले सार्वजनिक लेखा समितिको प्रतिवेदन सभामा प्रस्तुत गरेकी थिइन्। महानगरपालिकाको आर्थिक ऐन २०८० अध्ययन गरी सुझाव पेस गर्न गठित समितिले समेत आफ्नो प्रतिवेदन सभासमक्ष प्रस्तुत गरेको छ । समितिका संयोजक समेत रहेका वडा नं. ४ का वडा अध्यक्ष देवकृष्ण पराजुलीले समितिको प्रतिवेदन छलफलका लागि सभामा प्रस्तुत गरेका थिए। आर्थिक ऐन २०८० अध्ययन गरी सुझाव पेस गर्नका लागि २९ पौषको सभाले अध्यक्ष पराजुलीको संयोजकत्वमा १३ सदस्यीय विशेष समिति गठन गरेको थियो ।
आर्थिक ऐनमा भएका व्यवस्थाका सम्बन्धमा समितिले विभिन्न सरोकारवाला निकाय तथा विज्ञहरू समेतसँग छलफल गरी तयार गरेको प्रतिवेदन बिहीबार कार्यपालिकाबाट पास गरी शुक्रबार आवश्यक सुझाव सहित अनुमोदनका लागि नगरसभामा पेस गरेको हो । यसको टुङ्गो भने २८ गते आइतबार बस्ने नगरसभाको अर्को बैठकले लगाउने सभाका अध्यक्ष एवं नगर प्रमुख धनराज आचार्यले बताए । उनका अनुसार सभामा पेस भएका विधेयक तथा प्रतिवेदन माथि आइतबार गहन छलफल हुनेछ ।
विधायन समितिको तर्फबाट पेस गरिएका विधेयकहरू, न्यायिक समितिको प्रतिवेदन, सार्वजनिक लेखा समितिको प्रतिवेदन, आर्थिक ऐन अध्ययन विशेष समितिले पेस गरेको प्रतिवेदन माथि छलफलका लागि ४४ जना नगरसभा सदस्यहरूले नाम टिपाएका छन् । उनीहरूले आइतबारको बैठकमा आ–आफ्नो धारणा राख्नेछन् । शुक्रबारको बैठकमा दलका नेताहरू नेपाली काँग्रेसको तर्फबाट दलका नेता दिवसमान प्रधानाङ्ग र नेकपा एमालेको तर्फबाट दलकी नेतृ राधिका कुमारी शाही योगीले भनाइ राखेका थिए।
सम्बन्धित खबर
सडकबाट ट्रिपर खस्दा एक जनाको मृत्यु, चालक फरार
श्याम स्मृति फुटबल प्रतियोगिता २६ वर्षपछि पुनः सञ्चालनमा
सरकारी विज्ञापन नीतिविरुद्ध स्याङ्जाका पत्रकारको दबाब, प्रधानमन्त्रीलाई हस्ताक्षरसहित मागपत्र
पूर्वविद्यार्थीको पहलमा भीरकोटका दुई विद्यालयमा कम्प्युटर सहयोग
बेगनास तालमा पौडी खेल्ने क्रममा डुबेर युवकको मृत्यु
नेपाल पत्रकार महासंघ स्याङ्जाद्वारा तीन पूर्व अध्यक्षलाई सम्मान
यो पनि पढौँ
उच्चतम् ४ जीपीए ल्याउने २८ जना विद्यार्थीले रोजे प्रतिभा मावि
शान्ति निकेतनमा कक्षा ११ का पहिलो ब्याचका विद्यार्थीलाई स्वागत र अभिमुखीकरण
प्रतिभाले नयाँ विद्यार्थीलाई सपथ खुवाउँदै गर्यो स्वागत
बेगनास तालमा पौडी खेल्ने क्रममा डुबेर युवकको मृत्यु