पोखरा । नेकपा एकीकृत समाजवादीका सम्मानित नेता एवं पूर्वप्रधानमन्त्री झलनाथ खनालले वर्तमान सत्ता गठबन्धन मौसमी भएको टिप्पणी गरेका छन् ।
उनले पोखरामा समाजवादी प्रेस संगठन कास्कीले आयोजना गरेको पत्रकार भेटघाटमा गठबन्धन आवश्यकता अनुसार बन्ने जनाउँदै यसैमा सधैं भर पर्न नसकिने जनाएका हुन् ।
उनले परिस्थिति बदलिएसँगै गठबन्धन पनि परिवर्तन हुन सक्ने संकेत गरे । ‘यो गठबन्धन मौसमी गठबन्धन हो । यसले केही निकास दिन सक्दैन । यो मौसम परिवर्तन भएसँगै नयाँ गठबन्धन पनि सकिन्छ,’ उनले भने ।
उनले पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको सरकारले उल्लेख्य काम गर्न नसकेको टिप्पणी गर्दै उनले अब कोर्ष बदल्नुपर्ने तर्क गरे । ‘मेरो प्रचण्ड कमरेडलाई सुझाव छ । तपाई कोर्ष करेक्सन गर्दै काम गर्नुहोस्,’ उनले भने ।
संघीय लोकतान्त्रिक गणतन्त्र स्थापना भएको १८ वर्षमा पनि जनअपेक्षा अनुरुप काम नहुँदा आक्रोश बढेको उनको ठम्याइ छ । उनले संसद विघटनलाई नेपाली राजनीतिको महाभूकम्पको रूपमा चित्रण गरे । त्यही राजनीतिको परकम्पले अहिले पनि परिस्थिति सही दिशामा गइनसकेको उनको भनाइ छ ।
सरकारले संविधान अनुरूप काम गर्न नसक्दा पुरातनपन्थी शक्ति सल्बलाउन थालेको उनले उल्लेख गरे । उनले अहिलेको नेपालमा रहेको पुँजीवाद दलाल पुँजीवाद भएको तर्क गर्दै नेता खनालले यसले समस्याहरुको समाधान नदिने जनाए । एकीकृत समाजवादीको अबको महाधिवेशनले देशको वर्तमान अवस्था बदल्ने नीति लिने र देशले निकाश पाउने उनको भनाइ छ ।
सम्बन्धित खबर
बाढीपीडितका लागि कर्मचारीको तलबबाट ३६ करोड योगदान गरिने, बिदामा पनि काम गर्नुपर्ने
प्रधानमन्त्री र भौतिकमन्त्री बाढी प्रभावित क्षेत्र नुवाकोट पुगे
गण्डकी सरकारबाट एमाले बाहिरियो, ४ मन्त्रीले बुझाए राजीनामा
सात कारण दिँदै भारतीय मिडियाले लेख्यो– १५० दिनमै जेन–जी नायकबाट ‘खलनायक’ बन्दै बालेन
गण्डकीमा एमालेका चार मन्त्रीको सामूहिक राजीनामा रोकियो
सभामुखको रूलिङ विपरित प्रधानमन्त्री बालेन कालो चस्मा लगाएरै संसद बैठकमा जाने
यो पनि पढौँ
पोखराको मुख्यबजार क्षेत्रमै नालीमा बगे आमाछोरी
प्रार्थनाकै समयमा १६ सय ५० विद्यार्थी पढ्ने त्रिभुवन त्रिशुली मावि बगायो
पोखरामा नालीको भेलले बगाएका आमा र छोरीको ज्यान रहेन
गण्डकीमा एमालेका चार मन्त्रीको सामूहिक राजीनामा रोकियो