कपिलवस्तु — पूर्व-पश्चिम राजमार्ग अन्तर्गत कपिलवस्तुको शिवराज नगरपालिका-१ दोबाटाको घुम्तीबाट बुधबार मध्यरातमा यात्रुवाहक बस खोलामा खस्दा १० यात्रुको मृत्यु भएको छ । मृत्यु हुनेमा ३ महिला र ७ पुरुष रहेका छन् । दुर्घटनामा ३० जना घाइते भएका छन् ।
मृत्यु भएका दशजना मध्ये तीनजनाको पहिचान खुलेको छ । जिल्ला प्रहरी कार्यालय कपिलवस्तुका प्रहरी नायव उपरीक्षक हरि वलीका अनुसार सनाखत भएका मृतकमा रौतहट औराही ३ का ४६ वर्षीय नारायणबहादुर भण्डारी, नेपाली सेना ,कालीजङ्ग गण गोरुसिङ्गेमा कार्यरत सल्यानका अर्जुनकुमार योगी र भारत उत्तरप्रदेश मुरदाबादका सकिल मुसलमान रहेका छन् ।
सनाखत भएको डीएसपी हरिबहादुर वलीले बताए । महेन्द्रनगरबाट काठमाडौं तर्फ जाँदै गरेको यात्रु बस करिब दुईसय मिटर तल खस्दा दुर्घटना भएको हो ।
सुदूरपश्चिमको सुनौलो महाकाली यातायातले सञ्चालन गरेको सुप प्र–०२–००१ ख ००९८ नम्बरको बस सडकबाट करिब २ सय मिटर तल खसेको हो । ३३ जनालाई स्टेचरमा राखेर खोलाबाट रोप रेस्क्यु गरेर उद्धार गरिएको सशस्त्र प्रहरीले जनाएको छ ।
बसमा ३७ जना यात्रु र ३ जना बस कर्मचारी रहेका थिए । तीव्र गतिमा रहेको बस घुम्तीमा अनियन्त्रित भइ दुर्घटना भएको प्रहरीले प्रारम्भिक अनुसन्धान गरेको छ ।
घाइतेहरूको चन्द्रौटास्थित सञ्जीवनी र आधारभूत स्वास्थ्य केन्द्र अस्पताल र बुटवलको चौराहा अस्पतालमा उपचार भइरहेको छ । ६ जना उपचारपछि डिस्चार्ज भएका छन् ।
मङ्गलवार साँझ पाल्पामा जीप दुर्घटना हुँदा १० जनाको मृत्यु भएको थियो ।
सम्बन्धित खबर
प्रधानमन्त्रीमा बालेनको शपथ शीतल निवासमै हुने, राष्ट्रपति कार्यालयले थाल्यो तयारी
‘मुस्लिम समुदायको सशक्तिकरणका लागि थप प्रभावकारी कार्यक्रम आवश्यक’
कांग्रेसमा समानान्तर गतिविधि सुरू, खड्का-कोइराला समूहले पूरानै ‘केन्द्रीय समिति’ बैठक बोलाउने
राष्ट्रिय मान्यता पाउने ६ दलमध्ये श्रम संस्कृति र राप्रपाले प्रमुख सचेतकको सुविधा नपाउने
काँग्रेसका केसीको शपथ भोलि, अन्य सांसदहरूलाई केसीले विहीबार शपथ गराउने
राष्ट्रिय परिचयपत्र बनाउन अब फाराम भर्नु नपर्ने
यो पनि पढौँ
रास्वपाका नवनिर्वाचित दुई सांसदविरुद्ध सर्वोच्चमा रिट
कर्मचारीलाई शहरी विकास मन्त्रीको बिदाइ सम्बोधन– ‘म हारेँ, तपाईंहरूले जित्नुभयो, खुसी मनाउनुस्, भोज खानुस्’
आगामी तीन दिन भारी वर्षा र हुरीको सम्भावना, सचेत रहन आग्रह
यूएईमा इरानी मिसाइल र ड्रोन आक्रमणमा ७ जनाको मृत्यु