काठमाडौँ । नेकपा एमाले निकट विद्यार्थी संगठन अनेरास्ववियुले भौतिक पूर्वाधार तथा यातायात्र मन्त्री प्रकाश ज्वालालाई बर्खास्त गर्न माग गरेको छ । सो संगठनका अध्यक्ष समिक बडालले एक विज्ञप्ति जारी गर्दै मन्त्री ज्वालालाई तत्काल बर्खास्त गर्न माग गरेका हुन् ।
अनेरास्ववियुले पुस १३ गते ललितपुरको बालकुमारीमा भएको घटनाको सत्य तथ्य छानबिन गर्न गठित जाँचबुझ आयोगले बुझाएको प्रतिवेदनले मन्त्री ज्वालाको कमजोरीका कारण घटना भएको निष्कर्ष निकालेकाले उनलाई तत्काल बर्खास्त गर्न प्रधानमन्त्रीसँग माग गरेको हो ।
सो संगठनले यस घटनाका दोषीलाई उन्मुक्ति दिनेगरी प्रतिवेदनलाई मन्त्रालयको दराजमा मात्र नथन्क्याउन तथा यस प्रकारका घटनालाई गम्भीरतापूर्वक लिन गठबन्धन सरकारलाई चेतावनीसमेत दिएको छ । दोषीहरु उपर कारबाही नगरिए सरकारको दण्डहिनतालाई प्रश्रय दिने रबैयाविरुद्ध कडा आन्दोलन गर्न बाध्य हुने समेत विज्ञप्तिमा जनाइएको छ ।
रोजगार अनुमति प्रणाली (इपीएस) मार्फत दक्षिण कोरिया जान चाहेका युवाहरुले बालकुमारी गरेको आन्दोलनका क्रममा प्रहरीको गोली लागेर युवाहरु वीरेन्द्र शाह र सुजन राउतको मृत्यु भएको थियो । सो घटनामा मन्त्री ज्वालाको गाडीमा आगजनी समेत भएको थियो ।
नेकपा एमालेले पनि मन्त्री ज्वालालाई बर्खास्त गरेर कारबाही प्रक्रिया अघि बढाउन माग गरेको छ ।

सम्बन्धित खबर
अर्थमन्त्रीको बोलीमा ‘दुई तिहाइ’ को दम्भ
परराष्ट्रमन्त्री खनाल आइतबार चीन जाँदै, भारत भ्रमणमा जस्तो सीमाबारे चुप नबस्न ओलीको सुझाव
आफूमाथि प्रश्न गर्ने सांसदलाई अर्थमन्त्रीको चेतावनी- तपाईंहरूका काण्ड पनि खुल्नेछन्
एमाले अध्यक्ष ओली अस्पताल भर्ना
बालेननिकट नेतासँग कोशी प्रदेश सभापतिमा हारेपछि सरिनले छाडिन् रास्वपा
घर भत्काइएका सुकुम्बासीसँग गृहमन्त्री सुधनले माफी मागे
यो पनि पढौँ
शान्ति निकेतनमा कक्षा ११ का पहिलो ब्याचका विद्यार्थीलाई स्वागत र अभिमुखीकरण
प्रतिभाले नयाँ विद्यार्थीलाई सपथ खुवाउँदै गर्यो स्वागत
बेगनास तालमा पौडी खेल्ने क्रममा डुबेर युवकको मृत्यु
सचिवको एसएमएसमाथि प्रधानमन्त्री पदमा रहेकाबाट गरिएको ‘मजाक’लाई मन्त्री, सांसदको साथ