काठमाडौं– नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले आफ्नो सांगठनिक प्रस्तावमा भविष्यमा हुने कुनै पनि निर्वाचनमा गठवन्धन नगर्ने बताएका छन्।
महासमिति वैठकमा पेस गरिएको प्रतिवेदनमा अहिले चलिरहेको सत्ता गठवन्धनसँग पनि मिलेर निर्वाचनमा नजाने स्पष्ट पारिएको हो।
‘पार्टीका सदस्यहरु शुभेच्छुक तथा समर्थक र आम नागरिकलाई पूर्ण विश्वास दिलाउँदै, दृढ संकल्प गर्छ। हामी भविष्यमा हुने आवधिक निर्वाचनहरुमा आफ्नै ताकतमा एक्लै निर्वाचन लड्ने छौं,’ थापाको प्रस्तावमा भनिएको छ, ‘हाम्रो मतदातालाई नेपाली कांग्रेसको चुनाव चिह्न रुखमा नै मत हाल्न पाउने अवस्था सुनिश्चित गर्ने छौं।’
थापाको यही प्रस्तावलाई लिएर पार्टीभित्र विवाद भएको थियो। सभापति शेरबहादुर देउवाले उक्त प्रस्ताव सच्चाउन केही दिन कोशिस गरेका थिए। तर महामन्त्री थापाले आफू मतदानमा जान तयार रहेको बताएपछि देउवा प्रतिवेदन पेसका लागि तयार भएका थिए।
महासमिति बैठकमा सत्ता गठवन्धनविरुद्धको प्रस्ताव पेस हुन लागेपछि हिजै साँझ सभापति देउवा र प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले भेट गरेका थिए। प्रधानमन्त्री प्रचण्डसँगको भेटपछि देउवा गगनको प्रस्तावमा लचिलो भएका थिए। ललितपुरको गोदावरीमा चलिरहेको महासमिति बैठकले उक्त प्रस्ताव पास गरेसँगै आउने निर्वाचनमा एक्लै लड्नुपर्ने दबाब हुने छ।
यस्तो छ महामन्त्री गगन थापाको प्रतिवेदनको पूर्णपाठः
NC pratibedan gagan thapa
सम्बन्धित खबर
लोकतान्त्रिक अभ्यासलाई सुदृढ गर्न आगामी निर्वाचन महत्त्वपूर्ण: उपराष्ट्रपति
जनताको साथ रहेसम्म एमालेलाई कसैले हराउन सक्दैन: ओली
संसद पुनर्स्थापनाको विषयमा सर्वोच्च भाग्न पाउँदैन: महेश बस्नेत
मैले चुनाव हार्नुपर्ने कारण छैन, लमजुङबाट चुनाव जितेरै आउँछु : पृथ्वीसुब्बा गुरुङ
संसद पुनर्स्थापनाको चलखेल भइरहेको रवि लामिछानेको दाबी
सामाजिक सञ्जाल नियमनसम्बन्धी विधेयक संसदबाट फिर्ता लिन सरकारको निर्णय
यो पनि पढौँ
कान चुँडाएर सुन लुट्ने गिरोह पक्राउ, मुख्य नाइके जेन-जी आन्दोलनमा हिरासतबाट भागेका तामाङ
सुनकाे मूल्य आज घट्यो
चुनावी तालमेल गर्न प्रचण्ड माधवलाई ओलीको प्रस्ताव
बालेनसँगै चुनावी अभियानमा हिँडेका पत्रकार सिटौला अछाममा बेहोस, सेनाको हेलिकप्टर पठाइयो