पोखरा। मित्र मिलन सहकारी ठगी प्रकरणका प्रतिवादी पोखरा वडा नं. २१ का वडाध्यक्ष दीपकप्रसाद सुवेदी धरौटीमा रिहा भए ।
कास्की जिल्ला अदालतका न्यायाधीश चन्द्रकान्त पौडेलको इजलासले मंगलबार वडाध्यक्ष सुवेदीलाई ८ लाख धरौटीमा रिहा गर्ने आदेश दिएकोमा उनी फेरि पक्राउ परिसकेका छन् ।
लामो समयदेखि फरार उनी मंगलबार आफै अदालत हाजिर भएका थिए । उनले मिटरव्याजी कारोबारी र राजस्व छली गरेको अभियोग छ । सुवेदी धरौटीमा रिहा भए लगत्तै पुनः ठगी मुद्दामा पक्राऊ परेका हुन् ।
धरौटी बुझाएर साँझपख अदालतबाट बाहिरिँदै गर्दा वडाध्यक्ष सुवेदीलाई वडा प्रहरी कार्यालय बैदामको टोलीले पक्राऊ गरेको हो ।
जिल्ला प्रहरी कार्यालय कास्कीका प्रवक्ता डीएसपी श्रवणकुमार विकले पुनः ठगी मुद्दामा वडाध्यक्ष सुवेदी पक्राऊ परेको जानकारी दिए । डीएसपी विकका अनुसार वडाध्यक्ष सुवेदीका विरुद्धमा पोखरा–१० रामबजार बस्ने शान्ति केसीले ठगीको आरोपमा जाहेरी दर्ता गराएकी थिइन् ।
पोखराको नयाँ बजारमा रहेको मित्रमिलन बचत तथा ऋण सहकारी संस्थाका अध्यक्ष रमण पौडेलले ऋणी शान्तिलाई व्यवहार मिलाउनेनाममा सो जग्गा वडाध्यक्ष सुवेदीको नाममा पास गराएका थिए । तर, वडाध्यक्ष सुवेदीले पैसा नदिएपछि सहकारीले फुकुवा दिएर धितोबिक्री भईसकेपनि केसीको नाममा पुनः ऋण कायम गरिएको वित्तिय अनुसन्धानका क्रममा भेट्टिएको थियो । यतिबेला ८० लाख ऋणको १ करोड २० लाख भन्दा बढि पैसा सहकारीमा बुझाउनु पर्ने देखिएको छ ।
चितवनको गर्दी वडा नं. ३ मा रहेको जमिन साविक कित्ता नं. ६८ (०–३–१३–५–० विघा), ८१९(०–३–१२–० विघा) र ८२१ (०–१०–५.५–० विघा) करिब साढे ३२ कठ्ठा जमिन २०७९ भदौं २९ गते वडाध्यक्ष सुवेदीले आफ्नो नाममा पास गराएका थिए ।
आफू ठगिएको थाहा पाएपछि पीडित शान्ति केसीले वडाध्यक्ष सुवेदी लगायत सहकारीका सञ्चालक विरुद्ध ठगी मुद्दामा जिल्ला प्रहरीकार्यालय कास्कीमा जाहेरी दर्ता गराएकी थिइन् ।
मित्र मिलन सहकारी ठगीमा ३३ जना विरुद्ध पक्राउ पुर्जी जारी भएपनि हालसम्म १४ जना मात्र पक्राउ परेका छन् । यसअघि पक्राउ परेका मध्ये ६ जना धरौटीमा छुटिसकेका छन् भने बाँकी ७ जना पुर्पक्षका लागि कारागार चलान भएका छन् ।
कास्की अदालतले यसअघि लेखा समितिका संयोजक सूर्यबहादुर अधिकारी (७ लाख), विष्णुप्रसाद भण्डारी (७ लाख), पूर्वअध्यक्ष कृष्णबहादुर राउत (१२ लाख), हरेराम भण्डारी (७ लाख), सुरेशकुमार श्रेष्ठ (७ लाख), जनकल्याण पराजुली (३ लाख)लाई लाई धरौटीमा रिहा गर्ने आदेश दिएको थियो ।
यसअघि, कारागार चलान हुनेहरुमा सञ्चालक समितिका अध्यक्ष रमण पौडेल, पूर्व रजिष्ट्रार उदयबहादुर पराजुली, सहकारी सञ्चालक सदस्य गोपाल खनाल, कार्यकारी अधिकृत किरण अधिकारी, लेखा सदस्य जनकराज पौडेल, सल्लाहकार र शेयर सदस्य राजु बराल र शेयर सदस्य बुद्धिसागर पौडेल रहेका छन् । बाँकी हालसम्म पनि फरार नै छन् ।
सम्बन्धित समाचारः
कानुन व्यवसायी पराजुली ३ लाख धरौटीमा रिहा
सुरेशकुमार श्रेष्ठ ७ लाख धरौटीमा रिहा, लेखा समिति सदस्य पौडेल भने थुनामा !
आरोपित हरेराम भण्डारी ७ लाख धरौटी बुझाएर रिहा
पूर्वअध्यक्ष कृष्णबहादुर राउत १२ लाख धरौटीमा रिहा
उपप्राध्यापक भण्डारी ७ लाख धरौटीमा छुटे
लेखा संयोजक अधिकारी ७ लाख धरौटीमा रिहा
मित्रमिलन सहकारी ठगी प्रकरणः पूर्व रजिस्ट्रार पराजुलीसहित ४ जना पूर्पक्षका लागि थुनामा
सम्बन्धित खबर
पोखराको फिर्केखोला अतिक्रमण मुक्त बनाउने अभियान बीचमै रोकेपछि महानगरलाई ध्यानाकर्षण
संघीय कानुनसँग बाझिएपछि गण्डकी प्रदेश प्रमुख भट्टले प्रमाणीकरण नगरी फिर्ता गरे गाँजा विधेयक
लोकगीतमै नेपालीपन देख्ने जनकविकेशरी थापाको योगदान अविष्मरणीयः प्रदेश प्रमुख भट्ट
पोखराको पालिखेचोकमा मोटरसाइकल दुर्घटना, पर्वतका २४ वर्षीय सुनारको मृत्यु
पत्रकार केशव पाठकसहित सात जना प्रदेश खेलकुद पदकबाट विभुषित
बाल यौन दुर्व्यवहार आरोपमा पोखरा १२ स्थित सरस्वती आविका प्रअ रानाभाट पक्राउ
यो पनि पढौँ
प्रतिभाका सबिन देशभरमै तेस्रो, गण्डकीमा पहिलो
दुई किशोरीलाई गेस्ट हाउसमा लगेर सामूहिक बलात्कार गरेको आरोपमा दुई जना पक्राउ
पाकिस्तानमा हिमपहिरोमा हराइरहेका निम्सदाइ सहित अन्य पाँच नेपाली जीवित भेटिने आशा कमजोर, युक्तको शव निकालियो
बसले ठक्कर दिँदा सुनकोशीमा खसेकाे कारभित्र ४ यात्रु रहेको खुल्यो