पोखरा । पूर्वी अफगानिस्तानको एउटा फुटबल रङ्गशालामा बिहीबार दुई व्यक्तिलाई सार्वजनिकरूपमा मृत्युदण्ड दिएको छ। तालिबान सत्तामा फर्केपछिको यो तेस्रो र चौथो मृत्युदण्डको सजाय हो ।
गजनी प्रान्तका सूचना तथा संस्कृति विभागले एक सार्वजनिक सूचनामा ‘आँखाको बदला आँखा’ सरहको किसास सजायको मृत्युदण्ड भएको बताएको छ । यद्यपि प्रारम्भमा कैदी वा उनीहरूको अपराधका बारेमा विवरण दिइएको थिएन ।
सन् १९९६ देखि सन् २००१ सम्म तालिबानको पहिलो शासनको समयमा सार्वजनिक मृत्युदण्ड सामान्य थियो । सन् २०२१ अगस्टमा सत्तामा फिर्ता भएपछि तालिबानले अन्य दुई जनालाई मात्र मृत्युदण्ड दिएको छ । दुवै मृत्युदण्ड हत्याको अपराधका लागि थिए ।
चोरी, व्यभिचार र मदिरा सेवनसहित अन्य अपराधहरूका लागि नियमितरूपमा सार्वजनिकरूपमा कोर्रा हान्ने सजाय दिइने गरिएको छ । तालिबानका सर्वोच्च नेता हिबतुल्लाह अखुन्दजादाले गत वर्ष न्यायाधीशहरूलाई शरियाका सबै पक्षहरू पूर्णरूपमा कार्यान्वयन गर्न आदेश दिएका थिए। यसमा किसासको सजाय पनि सामेल छ ।
अन्तिमपटक सन् २०२३ जुनमा मृत्युदण्ड दिइएको थियो । एक दोषी हत्यारालाई करिब दुई हजार मानिसको अगाडि लघमान प्रान्तको मस्जिदको मैदानमा गोली हानी मारिएको थियो ।
सम्बन्धित खबर
अष्ट्रेलियामा अन्तर्राष्ट्रिय विद्यार्थीलाई थप कडाई, परिवार लैजान रोक !
के बालेन, रवि, सुदन, सागरलगायत रास्वपाका नेताको उदयमा अमेरिकाको हात छ?
बाढीपीडितका लागि साउदी अरबबाट थापाको पहलमा सहयोग संकलन
बाढीपछि चीनतर्फ युद्धस्तरको उद्धार अभियान
अमेरिकाले नेपालीलाई दिँदै आएको टिपिएस सुविधा खारेज
पाकिस्तानमा हिमपहिरोमा हराइरहेका निम्सदाइ सहित अन्य पाँच नेपाली जीवित भेटिने आशा कमजोर, युक्तको शव निकालियो
यो पनि पढौँ
ट्राफिकसँगकाे विवादपछि त्रिपुरेश्वरमा चालकले बसमा आगो लगाए
पोखराबाट आजदेखि फ्लाई दुबईको नियमित उडान, पानीको फोहराले स्वागत गरिँदै
एलपी ग्यास प्रतिसिलिन्डर २ हजार ६० रुपैयाँ भन्दा बढीमा बेच्न नपाइने
अमेरिका जान लागेका प्रधानमन्त्री एवं वरिष्ठ नेता बालेनलाई रास्वपाले दियो यस्तो निर्देशन