काठमाडौँ महानगरपालिकाकी वरिष्ठ कानुन अधिकृत (आठौँ तह) सस्मिता घिमिरेले मेयर बालेन्द्र साह (बालेन) ले टर्चर दिएको र विनाकारण जिम्मेवारीविहीन बनाएको भन्दै कानूनी र पेशागत लडाइँ सुरू भएको घोषणा गरेकी छन् ।
प्रशासनमा बिना कारण लामो समयदेखि जिम्मेदारीविहीन बनाएको आरोप लगाएकी छन् । उनले कार्यालय जाँदा बस्ने कुर्सी टेबल समेत नदिई कामै गर्न नदिएर राखिएकोले बाध्य भई कानुनी र पेसागत हक, अधिकारको लागि लडाइँ सुरु गरेको बताएकी छन् ।
उनले आफू क्यान्सर सर्भाइभर रहेको र लोक सेवा पास गरेको राष्ट्रसेवक भएको जानकारी गराउँदै मेयर बालेनले बाहिरका आफू निकट वकिललाई करारमा राखी महानगरका कर्मचारीलाई जिम्मेवारीविहीन बनाएको आरोप लगाएकी छन् ।
सामाजिक सञ्जालमा बुधवार स्टाटस लेख्दै घिमिरेले भनेकी छन्, ‘अहिले कामपामा कानुनमा दरबन्दी खाली राखिएको छ । कानुनमा काम गर्न मोटो रकम दिएर आफ्ना नजिकका वकिलसाबको जम्बो टोली मेयरले करारमा नियुक्ति गर्नु भएको छ। जसको प्रशासनिक खर्च वार्षिक लाखौँ हुन्छ ।
आफ्नो स्थायी कर्मचारीको स्वास्थ्य संबेदनसिलतालाई समेत ध्यान नदिई दिनभर बाहिर राखी मानसिक टर्चर र महिला कर्मचारी भएको नाताले कार्यालयगत हिंसा गर्नुको कारण के होला ??’
यस्तो छ सस्मिताको आरोप :
सम्बन्धित खबर
बाढीपीडितका लागि कर्मचारीको तलबबाट ३६ करोड योगदान गरिने, बिदामा पनि काम गर्नुपर्ने
प्रधानमन्त्री र भौतिकमन्त्री बाढी प्रभावित क्षेत्र नुवाकोट पुगे
गण्डकी सरकारबाट एमाले बाहिरियो, ४ मन्त्रीले बुझाए राजीनामा
सात कारण दिँदै भारतीय मिडियाले लेख्यो– १५० दिनमै जेन–जी नायकबाट ‘खलनायक’ बन्दै बालेन
गण्डकीमा एमालेका चार मन्त्रीको सामूहिक राजीनामा रोकियो
सभामुखको रूलिङ विपरित प्रधानमन्त्री बालेन कालो चस्मा लगाएरै संसद बैठकमा जाने
यो पनि पढौँ
पोखराको मुख्यबजार क्षेत्रमै नालीमा बगे आमाछोरी
प्रार्थनाकै समयमा १६ सय ५० विद्यार्थी पढ्ने त्रिभुवन त्रिशुली मावि बगायो
पोखरामा नालीको भेलले बगाएका आमा र छोरीको ज्यान रहेन
गण्डकीमा एमालेका चार मन्त्रीको सामूहिक राजीनामा रोकियो