पोखरा। मृगौला पीडित पासाङ लिम्बु शेर्पालाई आर्थिक सहयोग हस्तान्तरण गरिएको छ ।
इलाम जिल्ला स्थायी घर भई हाल पोखरा महानगरपालिका ६ बस्दै आएका शेर्पाको उपचारका लागि संकलित १ लाख १० हजार रुपैयाँ बिहीबार पोखरा महानगरपालिकाका उपप्रमुख मञ्जुदेवी गुरुङ मार्फत पीडितलाई हस्तान्तरण गरिएको हो ।
सुवेदार कर्णबहादुर गुरुङले मृगौला पीडित शेर्पाको सहयोगका लागि स्वदेश र विदेशमा रहेका सहयोगीहरुबाट संकलित रकममा पोखरा महानगरपालिकाबाट दश हजार थप गरी रकम हस्तान्तरण गरिएको हो । कर्णबहादुरले सहयोगका लागि निवेदन दिएका थिए।
“उपचारको लागि बेलायत, पोखरा लगायतका व्यक्ति र संस्थाबाट संकलन गरेको र महानगरबाट पनि थप सहयोगका लागि निवेदन दिएको थिए । यहाँबाट दश हजार प्राप्त भयो, सबै गरेर १ लाख १० हजार उपप्रमुख मार्फत हस्तान्तरण गरियो” कर्णबहादुरले भने।
उनको निवेदन अनुसार महानगरले विपन्नलाई प्रमुख र उपप्रमुखले दश हजार सम्म सहयोग गर्न पाउने व्यवस्था अनुसार उपप्रमुख मञ्जुदेवी गुरुङले दश हजार थप गरि एकमुष्ठ रकम हस्तान्तरण गरिएको हो । पीडित शेर्पाका श्रीमान र एक छोरी रहेका छन् । शेर्पा विगत तीन वर्षदेखि मृगौला पीडित रोगको उपचार गराइउदै आएकी छन् ।
सहयोग रकम प्राप्त गरेपछि शेर्पाले आफनो उपचारका लागि सहयोग संकलन गर्ने बुबा कर्णबाहदुर गुरुङ र सहयोग गर्ने सम्पूर्णलाई धन्यवाद ब्यक्त गरे। “यो सहयोगले मेरो उपचारमा राहत पुग्ने छ” भने ।
पोखरा महानगरका उपप्रमुख मञ्जुदेवी गुरुङले मृगौला पीडित शेर्पाको स्वास्थ्य लाभको कामना गर्दै सहयोग संकलन गर्ने कर्णबहादुरप्रति धन्यवाद ब्यक्त गरे।
सम्बन्धित खबर
कृषि एम्बुलेन्स पाएपछि वालिङका किसानलाई राहत
मर्दी हिमाल पदयात्रामा गएका पोखराका तीन युवक बादलडाँडा क्षेत्रबाट सम्पर्कविहीन
बिक्रेतालाई ग्यास सञ्चित गरेर नराख्न आग्रह
स्याङ्जाका कृषकलाई साढे दुई करोडभन्दा बढी अनुदान
ग्यास कृत्रिम अभाव सिर्जना नगर्न प्रशासनको आग्रह
स्याङ्जामा वर्षभर १७६ व्यवसायको अनुगमन, ९० हजार रुपैयाँ जरिवाना
यो पनि पढौँ
प्रतिभाका सबिन देशभरमै तेस्रो, गण्डकीमा पहिलो
मर्दी हिमाल पदयात्रामा गएका पोखराका तीन युवक बादलडाँडा क्षेत्रबाट सम्पर्कविहीन
दुई किशोरीलाई गेस्ट हाउसमा लगेर सामूहिक बलात्कार गरेको आरोपमा दुई जना पक्राउ
पाकिस्तानमा हिमपहिरोमा हराइरहेका निम्सदाइ सहित अन्य पाँच नेपाली जीवित भेटिने आशा कमजोर, युक्तको शव निकालियो