काठमाडौं । सत्ता गठबन्धनमा फेरबदलसँगै नेकपा एमाले, नेकपा माओवादी केन्द्र र राष्ट्रिय स्वतन्त्र पार्टीका तीन सांसदले मन्त्री पदको शपथ लिएका छन्।
नेपाली कांग्रेससँगको गठबन्धन तोडेर प्रधानमन्त्री पुष्पकमल दाहालले एमाले लगायतका दलसँग नयाँ गठबन्धन गरेसँगै पुनर्गठित मन्त्रिपरिषद्का तीन मन्त्रीले पद तथा गोपनीयताको सपथ लिएका हुन्।
सपथ लिनेमा नेकपा (एमाले) बाट पदम गिरी, नेकपा (माओवादी केन्द्र) बाट हितबहादुर तामाङ र राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) बाट डोलप्रसाद अर्याल (डिपी) छन्।
नवनियुक्त मन्त्रीहरूलाई सोमबार अपराह्न राष्ट्रपति रामचन्द्र पौडेलले शपथ गराएका हुन्।
नवनियुक्त मन्त्रीहरूले कुन मन्त्रालय सम्हाल्ने भन्ने तय भइसकेको छैन। उनीहरूलाई बिनाविभागीय मन्त्री नियुक्त गरिएको हो।
सम्बन्धित खबर
आज देशभरको मौसम कस्तो रहन्छ?
सहकारी प्रकरणको छानबिन समिति बनाउन सत्तापक्ष र काँग्रेस सहमत
प्रहरीमा चार एसएसपी डीआईजी बढुवाका लागि सिफारिस
शौचालय जाँदा लडेर एक महिलाको मृत्यु
भारतीय ब्रान्ड एमडिएच र एभरेस्टका ४ प्रकारका मसलाको आयातमा रोक
काठमाडौँमा प्रहरी जवान शंकास्पद अवस्थामा मृत फेला
यो पनि पढौँ
स्याङ्जामा विवाहकै दिन बेहुलाबेहुली पक्राउ
जनकपुरको होटलमा बेहोस भेटिएकी पोखराकी युवतीको मृत्यु, सँगै बसेका २ युवक फरार
आँखामा राख्दा पनि नबिझाउने ‘बिनोद सर’ अब सम्झनामा
बालकुमारीमा मारिएकाका परिवारलाई कोरियाबाट आर्थिक सहयोग